भाग्यको सहयोग रहनेछ, पारिवारिक सुख वा धनलाभ हुने, कार्यसिद्धि तथा सुख प्राप्ति हुने, मिठो भोजनमा सरिक भइने, शारिरिक आरोग्य प्राप्ति, आर्थिक लाभ, शत्रुहरु पराजित हुनेछन, वस्त्र वा उपहार आदिको लाभ, कार्यस्थलमा मानिसहरुले सहयोग गर्नेछन, दाम्पत्य जीवन तथा व्यापारव्यवसायको लागि भने दिन सहजन हुनसक्छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मानसिक रुपमा बलियो हुनुपर्ने दिन छ, गरेका कार्यहरुमा विध्न बाधाहरु आउने, मानसिक खिन्नता, शारिरिक अस्वस्थता र कष्ट हुनसक्छ, मानसम्मानमा हानी हुन सक्ने योग छ, चिसाजन्य बिमारीबाट सचेत हुनुपर्नेछ, कोही महिलाको कारणले तनाव उत्पन्न हुनसक्छ, यात्रा गर्दा सावधानी अपनाउनुहोला, मन अशान्त रहने र गरेका निर्णयहरु पनि गलत हुनसक्नेछन्, कामुकतामा नियन्त्रण जरुरी छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यको ख्यालग र्नुपर्ने दिनछ । तामसिक भोजन तर्फ मन जाने, खानपानको गडबडीले समस्या निम्त्याउन सक्ने, निरर्थक चिन्ता र बेचैनीबाट मुक्त रहनुहोला, मन अस्थिर भइ निद्रा बाधित हुनसक्छ, छातिको समस्या हुनेहरुले सावधानी अपनाउनुहोला, कार्यस्थलमा सचेत रहनुहोला, घर बाहिर समय बिताउनुपर्ने हुनसक्छ, व्यवसाय र लगानीलाइ भने आज दिन राम्रो छैन । आत्मविश्वासमा कमि आउनन दिएको खन्डमा दिन सुखद बित्नेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्यको साथसहयोग पाइनेछ । धनलाभ, बस्त्र लाभ एवं मिष्ठान्न भोजन प्राप्तिको योग छ, स्वास्थयमा प्रगति शत्रुहरुमाथि विजय प्राप्ति, मन प्रसन्न रहनेछ, बन्धुबान्धवहरुबाट सहयोग पाइने, विद्याथीहरुलाई समय राम्रो छ, प्रेमप्रसगंको लागि गरिएका प्रयास सफल हुने छन । कार्यस्थलमा विवाद नगर्नुहोला, धैर्यको फल मिठो पाइनेछ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय अनुकुल रहने छैन, मानसिक तनाव र चिन्ता दिने खालको समय छ, स्वास्थ्यको ख्याल राख्नुहोला, ग्रहले मानसिक असन्तोष, नेत्रपिडा, पाइल्स, मूत्ररोग जस्ता समस्याको साथै अन्य शारिरिक पीडा दिनसक्नेछ, उचित भोजन नहुने र पारिवारिक सुखमा कमि आउने, गरेका कार्यहरुमा जस नपाउने, खर्च वृद्धि हुनसक्ने योग छ, व्यवसायमा घाटा लाग्ने सम्भावना बढेको छ, कर्म गर्दा आरोप तथा अपमान पनि सहनुपर्ने अवस्था आउन सक्छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
राम्रो समय छ । आजको दिन सुख र आनन्दमय रहनेछ । पारिवारिक तथा भौतिक सुख पाइने, उत्तम खानपानमा हुने, धन लाभ हुने तथा उपहार आदि प्राप्त हुने, शरीरमा आरोग्यता प्राप्ति, स्त्रि सुख तथा दाम्पत्य सुख प्राप्त हुने, लाभकारी घटनाहरु घटनसक्ने दिन भएकोले प्रयास चाँही अवश्य गर्नुहोला ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय प्रतिकुल हुनसक्छ । रिस गर्नेहरुले गोप्य रुपमा कुरा काटने छन्, अपमानबाट जोगिनुहोला, कार्यमा बाधा आउनसक्ने भएकोले ध्यानदिनुपर्नेछ, शोक तथा कष्टको पनि योग चलिरहेको छ । खर्चमाथि नियन्त्रण गर्नुहोला, शारिरिक पीडा तथा मानसिक व्यथाले सताउनसक्छ । आफन्त साथीभाइ वा नजीककाहरुले तँपाइलाइ नबुझिदिँदा समस्या उत्पन्न हुनसक्छ, अरुको डाहाको शिकार हुनुपर्ने अवस्था आउनसक्ने भएकोले अलि सचेत रहनुहोला । नयाँ सामान खरीद वा लगानीको लागि आज राम्रो छैन । विवादबाट आज टाढा रहनुभएमा तथा सकारात्मक सोचले नै तँपाइको दिन सुखद हुनेछ ।
दिन राम्रो छ, मन प्रफुल्लित रहनेछ, धनलाभ, आयस्रोतमा बृद्धि, पाहुनाहरुसँग सामाजिक रमाइलोमा समय बित्नेछ, उत्तम तथा मिठो खानपानमा सहभागि भइने, भाइबहिनी, मित्रहरुको सहयोग पाइने, पारिवारिक सुख तथा महिलाहरुसँगको सम्पर्कले लाभ दिनेछ, दाम्पत्य जीवन सुखमय रहनेछ, सन्तान पक्षबाट सुख पाइनेछ, व्यापारव्यवसायमा लाभको स्थिति बनिरहेको छ, लगानीको लागि आज दिन राम्रो छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिन राम्रो छ । चिताएको कार्य पूरा हुने योग छ । सरकारी कामकारवाहीमा सहयोग पाइनेछ, वा तँपाइको कार्यको प्रशंसा अरुले गर्नेछन । मानसम्मान र पदोन्नतिको समय पनि चलेको छ प्रयास गर्नुहोला, पारिवारिक सुख र दाम्पत्य सुख राम्रो रहनेछ, शत्रुहरु पराजित हुने छन । विद्यार्थीहरुलाइ आज समय राम्रो रहनेछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यर्थको काममामा अलमलिनुपर्ने योग छ, स्वास्थ्यका ख्याल गर्नुहोला, छातीको समस्या हुनेहरुले विशेष ध्यानदिनुपर्नेछ, सरकारी कामकारवाही, दन्ड जरिवाना आदिबाट गुज्रिनुपर्ने सम्भावना प्रवल छ, सन्तानसँग मतभेद अथवा सन्तान पक्षबाट चिन्ता पर्नसक्छ, व्यवसाय गर्नेहरुलाई आज दिन उपयक्त छैन, लगानीलाइ आज थाँती राख्नुहोला, विद्यार्थीहरुले पढाइमा मेहनत गर्नैपर्ने अवस्था छ ।
स्वास्थयको ख्याल राख्नुपर्ने दिन छ । यात्रामा असुविधा, पाचनमा गडबडी, श्वासप्रश्वास, रुघाखोकि, निमोनिया आदि छातीजन्य रोगहरुबाट सावधान रहनुहोला । झगडा, विवादबाट बच्नुपर्ने दिन छ, मन अशान्त रहनसक्छ, टाइममा खानपान नहुने अथवा जथाभावीको भोजनले हानी गर्नसक्छ, धनहानी र अचानक पीडा कष्ट पर्ने योग पनि छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन राम्रो छ । धनलाभ भइ आर्थिक पक्षबलियो हुनेछ, सानोसानो लाभदायक भ्रमण हुनसक्छ, स्वास्थ्य राम्रो रहनेछ, उत्तम खानपान, दाम्पत्य सुख, रति सुख, भोगबिलासमा मन जाने वा समय बित्नेछ । वाहन सुख अथवा अन्य भौतिक संशाधनको खरीद हुने सम्भावना छ, मानसम्मान र ख्यातिमा पनि बृद्धि हुने योग आएको छ । मुद्दामामिला लगायत अन्य कुराहरुमा विजय प्राप्ति हुनसक्छ । व्यापार व्यवसायमा लाभ, लगानीलाई समय उत्तम रहनेछ ।