दिन मध्यम छ, मेष राशी वालाहरुले आफना महत्वपूर्ण कार्यहरु बेलुकी ६ बजेसम्म सम्पन्न गरिसक्नुहोला, भोलिलाइ केही पनि थाँती नराख्नुहोला, ६ बजेपछि परिस्थिती प्रतिकुल हुनेछ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बेलुकी ६ बजेसम्म समय त्यति राम्रो नहुन सक्छ । हानीनोक्सानी हुन सक्ने भएकोले विशेष सावधानी राख्नुपर्ने बेला । मानसिक अशान्ति बढनसक्छ, कष्ट पर्न सक्ने । राति ढिलो सुत्ने समस्या छ भने त्याग्नुहोला, स्वास्थ यस्थिति बेलुकीसम्ममा सुधारोन्मुख हुनेछ, भाइबहिनी, घरायसी कामदार वा कम उमेरको व्यक्तिहरुबाट भने सचेत रहनुहोला, बेलुकी ६ बजेपछि परिस्थिती अनुकुल बन्नेछ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बेलुकीसम्म दिन राम्रै छ गरिएका प्रयासहरुले विविध लाभ दिनेछ । मित्र भेटको सम्भावना वा मित्रबाट फाइदा पाइने । उत्तम भोजनमा समय बित्न सक्छ । परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । कुनैपनि नयाँ कार्य वा महत्वपूर्ण कार्य आज बेलुकी ६ बजेसम्ममा टुंगोमा पुर्याउनुहोला ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन शुभ रहनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोजिरहनुभएको छ भने समय राम्रो छ । कर्म क्षेत्रमा मानसम्मान, कदर वा प्रशंसा प्राप्त हुने योग छ । ईच्छित समाचार आउन सक्नेछ । परिवारभित्रका जेष्ठ नागरिकको स्वास्थ्यको ख्याल गर्नुहोला । पिता लगायत आफुले मान्नुपर्नेहरुको सहयोग प्राप्त हुने, तथा सरकारी कामकाजमा सहयोग मिल्ने वा काम बन्ने योग छ । चोटपटकको विशेष ख्याल राख्नुहोला । विद्यार्थीहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा राम्रो उपलब्धि प्राप्त हुने योग छ ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बेलुकी ६ बजेसम्म समय अनूकूल छैन । प्रतिष्ठा हानी हुने सम्भावना । नजिकका मान्छे वा आफन्तहरुसँग बिनाकारण मनमुटाव हुने भएकोले सचेत रहनुपर्नेछ । स्वास्थयको विषेश ख्याल राख्नुहोला । अचल सम्पत्ति वा महँगो सामान आदि लिने विचार गर्नुभएको छभने आज नलिनु भएमा राम्रो । विदेश यात्रा, अध्ययन सम्बन्धि कार्यको लागि भने आजको दिन शुभ छ, निरर्थक भ्रमणबाट बच्नुहोला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सावधानी अपनाउनुपर्ने समय छ । अप्रत्यासित प्रतिकूल घटनाहरु हुन सक्छन । धनमाल सामान आदि बिग्रने, हराउने वा चोरी हुने सम्भावना छ । बनिसकेको काम बिग्रने, शारिरिक कष्ट हुने, चोट लाग्ने, रोगले सताउने, चिन्तापर्ने, खर्चबढने, मनमा केही कुराको डरले सताइरहनेछ । विवाद, कलह र झगडा आदिबाट आज बच्नुहोला ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बेलुकी ६ बजेसम्मलाई समय उत्तम रहनेछ । भौतिक सुख, वैवाहिक तथा प्रेम सम्बन्धमा सुखद अनुभूति हुने, प्रशंसा, सम्मान, सत्कार, उत्तम भोजनको योग, व्यापारिक फाइदा, पार्टनरशीपमा व्यवसायमा लाभको स्थिती बन्ने, शत्रुहरु निसहाय हुनेछन । व्यापा रव्यवसायमा निवेश हुने योग छ । नशा सम्बन्धी समस्यालाइ बेवास्ता नगर्नुहोला ।
समय सुखमय बित्ने छ । दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, रोग नाश, शत्रुनाश, आर्थिक लाभ, धनलाभ, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति । सन्तान पक्षको विशेष ख्याल गर्नुपर्नेछ । व्यापार व्यवसायमा जन्मस्थानभन्दा बाहिरको व्यक्तिको सहयोग वा साथ लिनुभएको खन्डमाला भमिल्नेछ, निवेशको लागि ६ बजेसम्म समय राम्रो छ । गलत व्यक्ति र सम्बन्धबाट भने टाढै बस्नुहोला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सचेत हुने समय छ । कर्म गतिरोध र विध्न बाधा व्यवधानहरुको सम्भावना छ । एकाग्रतामा कमी, मन चन्चल र अस्थी रहुनेछ । मानसिक अशान्तिले व्याकुल बनाउन सक्छ । धनहानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा ध्यान पुर्याउनुहोला । पेट सम्बन्धि समस्या छ भने ध्यान दिनुहोला । सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्न सक्नेछ । प्रेम सम्बन्धमा सजगता अपनाउनुपर्ने बेला छ । विद्यार्थीहरुले बिशेष मेहनत गर्नुपर्नेछ अन्यथा पढाइमा समस्या आउनेछ । विदेशमा उच्चशिक्षाको लागि प्रयासरत हुनुहुन्छ भने समय शुभ छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बेलुकासम्म सावधानी अपनाउनुपर्ने समय छ । घरायसी विवादको योग चलिरहेकोले कलहबाट बच्ने प्रयास गर्नुहोला, शारिरिक तथा मानसिक पीडा, धनहानी, स्थाई सम्पत्ति सम्बन्धि विवाद, स्वास्थ्यमा समस्या, मनमा डरको भावना पलाउने । । खर्चमा वृद्धि । व्यवसाय गतिरोधको सामना गर्नुपर्नेछ । आज कुनै लगानी नगर्दा नै राम्रो । महँगो वस्तु खरीदको लागि दिन अनुकुल छैन ।
बेलुकासम्म समय शुभरहनेछ । गरेको कार्यहरुमा सफलता प्राप्त हुने, नयाँ विचार र नयाँ कुराको थालनी हुने सम्भावना छ, साहसमा बृद्धि, सानो तथा छोटो दुरीको भ्रमण हुनसक्ने, बस्त्र लाभ, धन लाभ तथा उत्तम भोजनको प्राप्ति, दाम्पत्य जीवनमा सुमधुर रहने, शत्रुहरु परास्त हुने छन् । विद्यार्थीहरुको लागि समय उत्तम छ, व्यवसायीहरुलाइ पनि दिन शुभ रहनेछ भाइबहिनी वा आफूभन्दा कम उमेरकासँग विवाद नगर्नुहोला तथा गुप्त शत्रुबाट सावधान रहनु भएमा दिन उत्तम रहनेछ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेलुका ६ बजेसम्म समय अनूकूल छैन । धपेडि तथा धनहानीको योग भएकोले विशेष सावधानी राख्नुपर्ने छ । अनावश्यक खर्चमाथि नियन्त्रण राख्नुहोला । आजपरिवारको लागि खर्च हुनेछ, कतैबाट पैसा लिनु छ भने निकै प्रयास गर्नुपर्नेछ । आफन्त बन्धुबान्धव बिच वैमनस्यता आउनसक्छ । पारिवारिक सुखमा कमि आउनेछ । मनमा गलत विचारहरु सलबलाउन सक्नेभएकोले नैतिक मूल्य र गुणलाइ नछाडनुहोला । बोल्दा होश पुर्याउनुहोला नत्र काम बिग्रन सक्छ । खानपान नमिले स्वास्थ्यमा गडबडी आउनसक्छ । विशेष गरि सुगर रोगीहरुले ध्यान दिने । विदेशमा रहेकाहरुसँग कुराकानी हुने सम्भावना पनि छ ।