YouTube Link

डोरमणीपछि अब शेरधनको पालो, अझ कता- कता फैलिने हो यसको जालो

World Cup 2026
Facebook Link

काठमाडौ : प्रचण्ड- नेपाल समूहले आज प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको बिरुद्ध अबिस्वास प्रस्ताव दर्ता गरेसँगै अन्य प्रदेशमा पनि यो रोग फैलिने खतरा बढेको छ ।

मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड -नेपाल समूहले अब फेरी एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध पनि अविस्वासको प्रस्ताव दर्ता गर्न लागेका हुन ।

मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड -नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले हस्ताक्षर गरी अविस्वासको प्रस्ताव दर्ता गरेका थिए भने तीन जना मन्त्रीहरुले राजिनामा नै दिएका थिए ।

यसरी राजिनामा दिने मन्त्रीहरुमा आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन वनमन्त्री अरुण नेपाल रहेका छन् ।

एक नम्बर प्रदेशमा प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन्। जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन्।यसरी एकपछि अर्को प्रदेशमा अविस्वासको प्रस्ताव दर्ता गर्दैै जाने हो भने सबै प्रदेशमा यसको राग नसर्ला भन्न सकिने अवस्था छैन ।

यता आजै साँझ मन्त्रीपरिषद विस्तारको तयारी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । अहिले ६ बजे मन्त्रीपरिषदको वैठक डाकेका प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्दै आजै साँझ ७ बजे सपथग्रहणको कार्यक्रम पनि तय गरेका छन् ।

यसपटक मन्त्रीपरिषदमा पूर्व माओवादी समूहबाट प्रधानमन्त्री ओलीलाई साथ दिएका टोपबहादुर रायमाझी, मणि थापा मन्त्री बन्ने पक्काजस्तै देखिएको छ । अन्य थप हुने मन्त्रीहरुमा राजेन्द्र गौतम, विशाल भट्टराई, महेश बस्नेत, दावा तामाङलगायतको नाम चर्चामा रहेको छ ।

नयाँ बन्ने मन्त्रीमा टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रीमा नियुक्त गर्न लागिएको  स्रोतले जनाएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...