मेगा बैंकले सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो कर्जा दिने
वि.सं.२०७७ पुस ९ बिहीवार १४:४२
2.3K
shares
काठमाडौं: मेगा बैंकले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ ।
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र संघका अध्यक्ष रमेशबहादुर शाक्यले संघमा आबद्ध महिला उद्यमीहरुलाई ऋण दिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले १५ लाख रुपैयाँसम्म बिनोधितो ब्याज अनुदान कर्जा पाउने छन्। यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह र उर्जा मिल्ने प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले बताउनु भयो ।
बैंकले आधार दरमा २ प्रतिशत बिन्दु थपेर ऋणको ब्याज कायम गर्छ। यसमा सरकारको ब्याज अनुदान ६ प्रतिशत हुन्छ। यसो हुँदा ऋणीले ३.८ प्रतिशत ब्याजमै ऋण पाउने छन्।
कात्तिकको तथ्याङ्क अनुसार मेगा बैंकको आधार दर ७.८ प्रतिशत छ। यसमा २ प्रतिशत बिन्दु जोड्दा ९.८ हुन्छ। सरकारले महिला उद्यमीका लागि ६ प्रतिशतसम्म ब्याज अनुदान दिन्छ। यसो हुँदा ऋणीलाई ब्याज ३.८ प्रतिशत मात्रै पर्ने भएको बैंकले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
नबिल बैंकले स्थानिय निकायसँग सम्झौता
वि.सं.२०७७ पुस ९ बिहीवार १४:४२



















