YouTube Link

इएफएल कप : म्यानचेष्टर युनाइटेड र टोटनहम सेमिफाइनलमा

Facebook Link

काठमाडौं : म्यानचेष्टर युनाइटेड र टोटनहम हट्सपर इएफएल (काराबाओ) कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा युनाइटेडले एभरटनलाई र टोटनहमले दोस्रो श्रेणीको स्टोक सिटीलाई पराजित गरेको हो ।

 

एभरटनको मैदानमा भएको खेलमा युनाइटेडले दुवै गोल अन्तिम समयमा गरेको हो । ८८ मिनेटसम्म खेल गोलरहित बराबरी भए पनि त्यसपछि युनाइटेडले दुई गोल गर्‍यो । ८८औं मिनेटमा एडिसन कभानीको गोलमा युनाइटेडले अग्रता बनाएको थियो भने इन्जुरी टाइममा एन्टोनी मार्सिएलले दोस्रो गोल गरे ।

 

यस्तै टोटनहमले पनि अवे मैदानमै जित हात पार्‍यो । स्टोकलाई टोटनहमले उसैको मैदानमा ३-१ ले पराजित गरेको हो । खेलको २२औं मिनेटमा गारेथ बेलको गोलबाट टद्दहमले अग्रता लिएको थियो । ५३औं मिनेटमा जोर्डन थोमपसनले स्टोकका लागि बराबरी गोल गरे । तर अन्तिम २० मिनेटमा टोटनहमले दुई गोल थप्यो । ७०औं मिनेटमा बेन डेभिस र ८१औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनहमको जित पक्का गरे ।

 

दुई म्यानचेष्टर भिड्ने

 

इएफएल कपको सेमिफाइनलमा दुई म्यानचेष्टर क्लब भिड्ने भएका छन् । पहिलो सेमिफाइनलमा युनाइटेड र सिटी भिड्ने भएका हुन् । खेल युनाइटेडको मैदान ओल्डट्रफोर्डमा हुनेछ । यस्तै टोटनहमले दोस्रो सेमिफाइनलमा दोस्रो डिभिजनको ब्रेन्टफोर्डसंग प्रतिस्पर्धा गर्नेछ

 

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%b0-%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%87%e0%a4%9f%e0%a5%87%e0%a4%a1-%e0%a4%95%e0%a4%be%e0%a4%b0/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...