प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेड शीर्ष तीनमा
वि.सं.२०७७ पुस ६ सोमवार ०८:५०
1.6K
shares
एजेन्सीः प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले लिड्सलाई ६–२ गोलको फराकिलो अन्तरले हराएको छ ।
गएराति घरेलु मैदान ओल्डट्राफोर्डमा खेलको दोस्रो मिनेटमै स्कट म्याकतोमिने म्यानचेष्टर युनाईटेडलाई सुरुवाती अग्रता दिलाए । ब्रुनो फर्नान्डेजले उपलब्ध गराएको पासमा उनले घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
लगत्तै तेस्रो मिनेटमा ब्यक्तिगत दोस्रो गर्दै युनाईटेडको अग्रता दोब्बर बनाए । एन्टोनी मार्टियलको पासलाई सदुपयोग गर्दै उनले सुरुवाती तीन मिनेटमै म्यान युनाईटेडलाई २–० ले अघि बढाए ।
ब्रुनो फर्कान्डेसले २० औं मिनेटमा म्यान युनाईटेडको अग्रता ३–० मा पुर्याए । मार्टियलकै पासलाई सदुपयोग गर्दै विक्टर निल्सन लिन्डेलोफले ३७ औं मिनेटमा म्यान युनाईटेडका लागि चौथो गोल गरे ।
पहिलो हाफ सकिन तीन मिनेट अघि लिड्सका लियान कुपरले गोल गर्दै गोल अन्तर घटाउने काम गरे ।
दोस्रो हाफमा समेत म्यान युनाईटेड रोकिएन । ६६ औं मिनेटमा ड्यानियल जेम्सले म्यान युनाईटेडलाई ५–१ को अग्रता दिलाए । ७० औं मिनेटमा ब्रुनोले पेनाल्टीमा घरेलु टोलीका लागि छैटौं गोल गरे ।
जित सहित म्यान युनाईटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । १४ औं स्थानको लिड्स रेलिगेशन जोन भन्दा ४ अंकले मात्र माथि छ ।
वि.सं.२०७७ पुस ६ सोमवार ०८:५०



















