YouTube Link

राज्य र नागरिकबीचको दुरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ: मन्त्री गौत्तम

Facebook Link

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई बलियो बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् । सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आयोजना गरेको ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ लाई सम्बोधन गर्दै मन्त्री गौत्तमले राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा प्राप्त गर्न पाउने अवस्था लोकतन्त्रका लागि आवश्यक रहेको बताइन् । उनले नेपालको परिचय इतिहासका दस्तावेजमा मात्र नभई यहाँका संस्कार, संस्कृति, चाडपर्व, भाषा र लवजशैलीमा समेत देखिने उल्लेख गरिन् ।

 

‘नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक मुलुक हो । यसमा मातृभाषा पत्रकारहरूको भूमिका महत्वपूर्ण छ । मातृभाषा पत्रकारिताको महत्व बुझेर तपाईंहरूले यसलाई अभियानका रूपमा चलाइरहनुभएको छ,’ उनले भनिन् । मन्त्री गौत्तमले राज्यका कामकारबाही र सूचनाबारे प्रत्येक नागरिकले आफूले बुझ्ने तथा आमाले सिकाएको भाषामा जानकारी पाउने अवस्था भए मात्रै लोकतन्त्र बलियो हुने बताइन् । ‘लोकतन्त्र त्यतिबेला मात्र बाँच्छ, जतिबेला राज्यका हरेक नागरिकले आफ्नै भाषामा आफूले जाने–बुझेको, आफ्नै आमाले सिकाएको भाषामा राज्यले गरेका कामकारबाहीबारे सुसूचित हुने मौका पाउँछ,’ उनले भनिन् ।

 

 

नेपालका विभिन्न कुनाकाप्चामा पुग्दा नागरिकले राज्यका सबै सूचना प्राप्त गर्न नसकेको अवस्था अझै रहेको भन्दै उनले राज्य र नागरिकबीचको सूचना दूरी मेटाउन सरकारका तर्फबाट पहल भइरहेको बताइन् । ‘त्यो दूरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ,’ मन्त्री गौत्तमले भनिन् । कार्यक्रममा नेपाली कांग्रेसका सांसद निश्कल राई, नेकपा एमालेका सांसद क्षितिज थवे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले शुभ-कामना मन्तव्य राखेका थिए ।

 

तीनदिनसम्म चल्ने सम्मेलनमा विश्वभर आदिवासी मातृभाषा पत्रकारिताको वर्तमान अवस्था, अवसर र चुनौती, पत्रकारहरूको पेसागत, व्यावसायिक तथा भौतिक सुरक्षा, डिजिटल युगमा मातृभाषा सञ्चारको भविष्य, सञ्चार नीतिमा समावेशिता तथा भाषिक अधिकारका विषयमा गम्भीर छलफल हुनेछ । साथै आदिवासी समुदायको जल, जमिन, जङ्गल, जैविक विविधता, जडीबुटी तथा प्राकृतिक स्रोतसँगको सम्बन्ध, जलवायु परिवर्तनले आदिवासी समुदायमा पारेको प्रभाव तथा जलवायु न्यायमा सञ्चारमाध्यमको भूमिकामाथि पनि विभिन्न सत्रहरू सञ्चालन गरिनेछन् । सम्मेलनमा विज्ञहरूसहित २७ देशका करिब ६० जना अन्तरराष्ट्रिय मातृभाषी पत्रकार, फोनिजका देशभरका शाखाबाट करिब ३०० प्रतिनिधि तथा नेवाः पत्रकार राष्ट्रिय दबुबाट करिब ४० जना प्रतिनिधि, जातीय पत्रकार सङ्गठनहरूबाट करिब १०० जना सहित ५०० जनाभन्दा बढी मातृभाषी पत्रकार तथा सञ्चारकर्मीको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ ।

 

 

नेपाल बहुभाषिक, बहुसांस्कृतिक तथा बहुजातीय मुलुक भए पनि धेरै मातृभाषा लोपोन्मुख अवस्थामा पुगेका छन् । सूचना र सञ्चारको मूलधारमा मातृभाषाको प्रयोग सीमित हुँदै गएको तथा आदिवासी समुदायका आवाज पर्याप्त रूपमा प्रतिनिधित्व हुन नसकेको वर्तमान अवस्थामा मातृभाषा पत्रकारिताको संरक्षण, सुदृढीकरण र व्यावसायिक विकासका लागि साझा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बहस आवश्यक रहेको आयोजकको भनाइ छ । फोनिजले सदस्यता विस्तार र पत्रकारहरूलाई प्रोत्साहनका लागि मधेस र लुम्बिनी प्रदेशमा फेलोसिप (शोधवृत्ति) कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...