सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ज्याकेट हस्तान्तरण
वि.सं.२०७७ पुस ३ शुक्रवार १३:०६
1.4K
shares
काठमाडौं: सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अंतर्गत प्रदेश ३, भक्तपुर स्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको छ ।
उक्त सहयोगले नेपाल स्काउट मध्यपुर थिमिका स्वयंम सेवकहरुलाई यस जाडो याममा आफ्नो दैनिक कार्य सम्पादनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त हरि बहादुर श्रेष्ठलाई ज्याकेट हस्तान्त्तरण गरेका हुन् ।
यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ् सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ पुस ३ शुक्रवार १३:०६




















