YouTube Link

भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाड्ने

Facebook Link

काठमाडौं : सरकारले भूमि सम्बन्धी निमावली जारी  गरेपछि आवास र कृषि प्रयोजनका लागि  जग्गा वितरण सहज भएको छ । भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाड्ने बाटो खुलेको हो ।

मन्त्रिपरिषद्बाट भूमि सम्बन्धि नियमावली स्विकृत भएसंगै नियमावलीले दलित र सुकुम्बासीलाई बढिमा ५.९३  कठ्ठा (२ हजार वर्गमिटर) जग्गा उपलब्ध गराउने व्यवस्था गरेको छ । आवास प्रयोजनका लागि काठमाडौं उपत्यका र शहरी क्षेत्रमा १३० वर्गमिटर तथा अन्य  क्षेत्रमा ३४० वर्गमिटर जग्गा उपलब्ध गराइनेछ ।

शहरी क्षेत्रमा कृषि प्रयोगका लागि जमिन उपलब्ध नगराइने निवयमालीमा व्यवस्था गरिएको छ । कृषि प्रयोजनका लाति तराई र भित्री मधेशमा २ हजार  वर्गमिटर र हिमाल तथा पहाडमा ३ हजार वर्गमिटर जग्गा वितरण गरिनेछ ।

वर्षौदेखि सरकारी सार्वजनिक जग्गामा बसोबास गर्दै आएका अव्यवस्थित बसोबासीलाई कृषि प्रयोजनका लागि बढिमा डेढ विघा (१० हजार वर्गमिटर) सम्म जग्गा उपलब्ध गराउने व्यवस्था छ।

अनौपचारिक क्षेत्रलाई विभिन्न  वर्गमा विभाजन गर्दै ८ देखि २ सय प्रतिशतसम्म दस्तुर लिएर जग्गा वितरण गर्ने व्यवस्था नियमावलीले गरेको छ। नियमावलीले जग्गा वितरणको जिम्मा भूमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोबासीलाई जग्गा बाड्न बनेको भूमि सम्बन्धी समस्या समाधन आयोगलाई दिएको छ। यसरी सरकारले उपलब्ध गराएको जग्गा दश वर्षसम्म बेचविखन गर्न पाइनेछैन्।

अव्यवस्थित बसोबासीको बर्गीकरणको आधारमा आयोगले दस्तुर निर्धारण गर्नेछ। अव्यवस्थित बसोबासीलाई  बसोबासीको आर्थिक अवस्था,बसोबास स्थिति,जग्गाको प्रकृति, जग्गाको क्षेत्रफल,बसोवासको मूल्याङ्कन,आबाद कमोतको  अबधि,अन्यत्र जग्गा भए  नभएको लगायतको वर्गिकरण गरिएको छ।

नियामावलीमा स्थानीय तह, प्रदेश र संघको सहकार्यमा सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्य राखिएको छ। अव्यवस्थित बसोबासीले आफूलाई उपलब्ध गराउन माग गरेको जग्गामा निजले दश वर्ष अघिबाट आवाद कमोत आएका हुनुपर्छ। उनीहरुले  निश्चित दस्तुर तिरेर जग्गा पाउने छन्।

यससँगै जोखिमयुक्त ठाउँमा बसेकालाई अन्यत्र पुर्नस्थापना गर्ने व्यवस्था पनि गरिएको छ।  त्यसका लागि सरकारले बनाएको आयोगले काम समेत थालिसकेको छ। स्थानीय तहसँग कार्यसम्पादन सम्झौता गरिरहेको छ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%87%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a4%a1%e0%a4%be%e0%a4%81%e0%a4%a1%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%9a%e0%a4%a3%e0%a5%8d%e0%a4%a1-%e0%a4%a8%e0%a5%87%e0%a4%aa/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...