काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने
वि.सं.२०७७ पुस २ बिहीवार १५:३५
2.8K
shares
काठमाडौं: काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको छ । काठमाडौं उपत्यकामा भोलि शुक्रबारदेखि जोर-बिजोर प्रणाली हट्ने भएको छ ।
जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बिहीबार बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।
शहरमा बढेको यात्रुको चापलाई ध्यानमा राखेर शुक्रबारबाट लागू हुनेगरी जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको र तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने जिल्ला प्राशसन कार्यालय काठमाडौंले जनाएको छ ।
कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ । सार्वजनिक सवारीमा अहिले कार्यालय समयमा ठूलो भीडभाड हुन थालेकोले जोर बिजार हट्नु सकारात्मक भएको र अहिले अरु कुनै खालका प्रतिवन्धहरु नभएकाले अब जोर-बिजोर मात्रै लगाएर राख्दा सार्वजनिक सवारीमा जोखिम बढ्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको भनाइ छ ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ पुस २ बिहीवार १५:३५




















