जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आफ्नै कभर्ड बन्ने
वि.सं.२०७७ पुस १ बुधवार १८:०४
1.9K
shares
काठमाडौं : भलिबल खेलाडी उत्पादनका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको अब आफ्नै कभर्डहल हुने भएको छ । जावलाखेल कभर्डहलको मंगलबार सिलान्यास गरिएको छ । ललित महानगरका वडा अध्यक्षद्वय १३ का गणेश केसी, ४ का नारायण केसी र प्रशिक्षक केन्द्रका संस्थापक अध्यक्ष माधव खड्काले संयुक्त रूपमा जावलाखेल कभर्ड हलको सिलान्यास गरेका थिए ।
शिलान्यासका समयमा राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला, राष्ट्रिय भलिबल टोलीका पूर्व प्रशिक्षक कपिलकिशोर श्रेष्ठलगायत क्लब पदाधिकारीको उपस्थिति थियो । कभर्ड हल निर्माणका लागि बागमती प्रदेश सरकारले २ करोड ४७ लाख रुपैयाँ बजेट छुट्याएको केन्द्रका अध्यक्ष खड्काले जानकारी दिए । वैशाख मध्यसम्ममा कभर्ड हल निर्माण सम्पन्न हुने लक्ष्य रहेको पनि उनले जानकारी दिए ।
यो पनि पढ्नुहोस
https://www.akhabarnepal.com/category/sports/
वि.सं.२०७७ पुस १ बुधवार १८:०४



















