करिब ६५ केजी अवैध चाँदीका गहनाहरू बरामद
वि.सं.२०७७ पुस १ बुधवार १७:३१
2.1K
shares
पर्सा: भन्सार छली ल्याएर लुकाईछिपाई राखेको करिब ५२ लाख रुपैयाँ मूल्य बराबरको करिब ६५ केजी चाँदीका गहनाहरू मंगलबार प्रहरीले बरामद गरेको छ ।
बीरगंज महानगरपालिका-६ स्थित सुनिता कुमारी सरार्फको में जय नरसिंह ज्वेलर्समा चाँदीका गहनाहरु लुकाइ राखेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले तलासी गर्दा भन्सार छली ल्याइ उक्त ज्वेलर्सको पछाडीको कोठा र कोठाको फल्स वालभित्र लुकाई राखेको अवस्थामा चाँदीको जस्तो देखिने सेतो धातुबाट बनेका उक्त गहनाहरू फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ पुस १ बुधवार १७:३१



















