महालक्ष्मी विकास बैंकले ऋणीहरुलाई व्याजदरमा सहुलियत दिने
वि.सं.२०७७ पुस १ बुधवार १६:४९
1.6K
shares
काठमाडौं: महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीहरुलाई व्याजदरमा सहुलियत दिएको छ । बैंकले कोरोना भाईरस महामारीका कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यबसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले उक्त सहुलियत दिएको हो ।
बैंकले नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनर कर्जा कार्यविधि अन्तर्गत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम संचालन गरिरहेका १२५० भन्दा बढी ऋणीहरुको ७२ करोड भन्दा बढी कर्जाको ब्याज दर घटाई ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको छ ।
बैंकले यसरी पुनर कर्जा सुबिधाका लागी कोरोना भाईरसको असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका बिपन्न वर्ग, कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको जनाएको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ पुस १ बुधवार १६:४९



















