उमाकुण्ड गाउँपालिकामा ह्याण्ड वास पोइन्टको स्थापना
वि.सं.२०७७ पुस १ बुधवार १६:५५
2K
shares
रामेछापः गोरखा वेलफेयर ट्रष्ट पुर्व क्षेत्रीय कार्यालय धरानले रामेछापको उमाकुण्ड गाउँपालिकामा ह्याण्ड वास पोइन्ट (हात धुने ठाउँ) स्थापना गरी दिएको छ ।
ट्रष्ट स्वास्थ्य सामग्रीहरु सहित ह्याण्डवास प्वाइन्ट गाउँपालिका प्रमुख शेरबहादुर सुनुवारलाई बुधबार हस्तान्तरण गरेको हो ।
गाउँकार्यपालिकाको कार्यालय प्रवेश द्वारमा ह्याण्ड वास पोइन्टको स्थापना गर्नुका साथै गाउँपालिकाको लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री गाउँपालिका प्रमुख सुनुवारमार्फत गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण तथा ह्याण्ड वास पोइन्टको स्थापनाको लागि गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले गोरखा वेलफेयर ट्रष्टप्रति विशेष आभार प्रकट गरे ।
र यो पनि पढ्नुहोस्ः
वि.सं.२०७७ पुस १ बुधवार १६:५५


















