YouTube Link

रामेछापको शैलुङ्ग क्षेत्रमा पर्यटकको चहलपहल शुरु

Facebook Link

रामेछाप : रामेछापको पर्यटकिय स्थल शैलुङ्ग क्षेत्रमा अहिले पर्यटकको चहलपहल शुरु भएको छ ।

​सूर्योदयको मनोरम दृश्यावलोकन तथा वरिपरिका हिमश्रृखलालाई नजिकैबाट नियाल्नका लागि प्रख्याल शैलुङ्गको अन्य मनोरम दृश्यावलोकनका लागि समेत आन्तरीक तथा बाह्य पर्यटकको घुँइचो लाग्न थालेको हो ।

शैलुङ्गको सय थुम्का, सूर्योदय अवलोकन, प्रसिद्ध पर्यटकीय केन्द्र, प्रथम साङ्गे म्हार्मोचे, पाँचौ पद्म सम्भव र सातौ गौतम बुद्धले तपस्या गरेको पवित्र भूमीले परिचित शैलुङ्गमा यतिवेला पर्यटकको घुइचो लागेको हो ।

गत बर्षको शैलुङ्ग महोत्सवपछि यस क्षेत्रमा भ्रमण गर्ने आन्तरीक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।​शैलुङ्गमा एक सय भन्दा बढी प्राकृतिक चुचुरा र थुम्काहरु मुख्य आकर्षकको रुपमा रहेका छ ।

नेपालको उत्तरी क्षेत्रमा रहेका हिमालको अवलोकन, रमणीय हिमश्रृखलाहरुको अवलोकन संग संगै यहाँको अन्य मनोरम दृश्यावलोकनका लागि विभिन्न जिल्लाबाट पर्यटकहरु आउने गरेको दोरम्बा गाउँपालिकाकी उपाध्यक्ष कृषला घिसिङ्गले बताउनु भयो ।

शैलुङ्ग पुग्न सिन्धुपाल्चोकको मुडे हुदै ढुंगे खोला खर्क सम्म तथा मन्थली, खिम्ती, फुलासी दोरम्बा हुंदै शैलुङ्ग सम्म र अर्को पदमार्ग मन्थली, खाँडादेवी हुंदै शैलुङ्गसम्मको सडक मार्ग मार्फत पर्यटकहरु यस क्षेत्रमा आउने गरेका छन् ।

पर्यटकीय मात्र नभएर धार्मीक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको शैलुङ्ग क्षेत्रमा अहिले नेपालका आन्तरीक पर्यटक मात्र नभएर भारत तथा अन्य देशबाट पनि पर्यटकहरु आउने गरेका छन् ।

रामेछापको शैलुङ्ग क्षेत्रमा अहिले दैनिक जसो ३ सय भन्दा बढी पर्यटकहरु आउने गरेका छन् । जंगलबाट निकै माथि उचाइमा रहेको सो स्थानमा यस भन्दा अगाडि जिल्ला भित्रकै केहि व्यक्तिहरु मात्र घुमफिरका लागि पुग्ने गरेका भएपनि अहिले भने अन्य जिल्लाबाट पनि पर्यटकहरु आउन थालेका छन् ।

करिव ३ हजार १ सय मिटर भन्दा अग्लो उक्त स्थानमा केहि दिन यतादेखी पर्यटकको घुइचो लाग्न थालेको हो । शैलुङ्गको पर्यटन प्रर्वधनका लागि जिल्लाका सवैजना लाग्नु पर्ने उक्त क्षेत्रमा पुग्नु भएका जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख दिपा पाख्रीनले बताउनु भयो ।

यो पनी पढ्नुहोस् :https://www.akhabarnepal.com/%e0%a4%85%e0%a4%a7%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b6-%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%ad%e0%a4%8f%e0%a4%b8%e0%a4%81%e0%a4%97%e0%a5%88-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

विदेशी पर्यटकको सुरक्षाका लागि ट्र्याकिङ प्रणाली प्रभावकारी बनाउन अभिमुखीकरण

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:३६

काठमाडौं । अध्यागमन विभागले विदेशी पर्यटकको सुरक्षा, सेवा प्रवाहको गुणस्तर...

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

पर्यटन मन्त्रालयका ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न, १४ वटा अझै बाँकी

वि.सं.२०८३ जेठ ५ मंगलवार ०९:१८

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२...

पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’

पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’

वि.सं.२०८२ मंसिर २१ आइतवार १४:४६

काठमाडौं: नेपालको पर्यटन क्षेत्रमा क्रियाशील महिलाको साझा संस्था ‘टुरिज्म सिस्टरहुड...

हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिए

हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिए

वि.सं.२०८२ वैशाख २० शनिवार १२:०९

काठमाडौं: सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी...