YouTube Link

युरोपा लिग : आर्सनल, लेस्टर, रोमा र होफेनहेइम अन्तिम ३२ मा प्रवेश

World Cup 2026
Facebook Link

काठमाडौं । इंग्लिस क्लबद्वय आर्सलन र लेस्टर सिटी युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेका छन् । यस्तै इटालियन क्लब रोमा र जर्मन क्लब होफेनहेइम पनि राउण्ड अफ ३२ मा पुगेका छन् ।

चारै टोली समूह चरणमा दुई खेल खेल्न बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।समूह बी अन्तर्गत आर्सनलले अपराजित यात्रा कायम राख्ने क्रममा गएराति मोल्डेलाई ३-० ले हरायो । आर्सनलका लागि निकोलस पेपले ५०औं, रेइस नेल्सनले ५५औं र फ्लारिन बालोगुनले ८३औं मिनेटमा गोल गरे ।

जितपछि ४ खेलबाट शतप्रतिशत नजितासहित १२ अंक जोडेको लण्डन क्लब आर्सनल शीर्ष स्थानमा छ । पराजित मोल्डे ४ खेलबा६ ६ अंकसहित दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा डुनडकलाई ३-१ ले पराजित गरेको रापिड विएनको पनि ६ अंक छ र गोलअन्तरमा तेस्रो स्थानमा छ ।

उता लेस्टर सिटी भने समूह जी को खेलमा ब्रागासँग ३-३ को बराबरी खेल्दै अन्तिम ३२ मा पुगेको छ । तीन पटक पछि परेको अवस्थामा पनि लेस्टरले पुनरागमन गर्दै बराबरी गरेको हो । जेमी भार्डीले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै लेस्टरलाई हारबाट बचाएका थिए ।

त्यसअघि फ्रान्सर्जियोले खेलको अन्तिम समयमा गोल गर्दै ब्रागालाई ३-२ को अग्रता दिलाउदै जित नजिक पुर्‍याएका थिए । त्यसअघि ब्रागाका लागि अल मुसराती र पाउलिन्होले गोल गरेका थिए भने लेस्टरका लागि हार्भे बार्न्स र लुक थोमसले बराबरी गरेका थिए ।

बराबरीपछि समूह जी मा लेस्टरको ४ खेलबाट १० अंक भएको छ र शीर्ष स्थानमा छ । ब्रागा ७ अंकसहित दोस्रो स्थानमा छ । जोयासंग ३-० ले पाजित भएको एइके एथेन्स ३ अंकसहित तेस्रोमा छ भने पहिलो ३ अंक जोडेको जोया अन्तिम स्थानमा छ ।

यस्तै समूह ए अन्तर्गत खेलमा सिएफआर क्लुजलाई २-० ले पराजित गर्दे रोमा पनि अन्तिम ३२ मा प्रवेश गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा रोमाले दुई गोल गर्‍यो । ४९औं मिनेटमा क्लजुका गाब्रिएल डेबेजुहले आत्मघाती गोल गरे भने ६७औं मिनेटमा रोमाका जोर्डन भेरेटोटले पेनाल्टीमा गोल गरेका थिए ।

जितपछि ४ खेलबाट १० अंक जोड्दै रोमा शीर्ष स्थानमा छ । क्लुज भने ४ अंकसहित तेस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा पिएफसी सिएसकेए सोफियालाई १-० ले पराजित गरेको योङ व्बाइज ७ अंकसहित दोस्रो स्थानमा छ र नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

यस्तै समूह एलमा होफेनहेइमले अपराजित यात्रा कायम राखेको छ । सल्भान लिबेरेकलाई २-० ले पराजित गर्दै होफेनहेइमले शतप्रतिशत नतिजाका साथ १२ अंक जोडेको छ । होफेनहेइमका लागि क्रिस्टोफ बाउमगाटनर र आन्द्रे क्रामारिकले गोल गरे ।

स्लोभान लिबेरेक भने ३ अंकसहित तेस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा नेज्टलाई २-० ले पराजित गर्दै एफके क्रेना जेज्दा ९ अंक जोड्दै दोस्रो स्थानमा छ ।

युरोपा लिगकै अन्य खेलहरुमा इंग्लिस क्लब टोटनहम इटालियन क्लब नापोली विजयी भएका छन् । ब्राजिलियन खेलाडी भिनिसियसले दुई गोल गरेपछि टोटनहमले लुडोगोरेट्स राजगार्डलाई ४-० ले हरायो । ह्यारी विङ्क्स र लुकास माउराले टोटनहमका लागि बाँकी गोल गरे । जितपछि  टोटनहम ४ खेलबाट ९ अंकसहित समूह एममा दोस्रो स्थानमा छ । एलएएसकेलाई २-० ले पराजित गर्दै ९ अंक नै जोडेको रोउल एन्टवर्प भने शीर्ष स्थानमा छ ।

यस्तै समूह एफमा नापोलीले रिजिकालाई २-० ले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।अर्को खेलमा रियल सोसिडाड र एजेड खल्कमारले गोलरहित बराबरी खेलेपछि नापोलीलाई फाइदा पुगेको हो । नापोली ४ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा छ । समान ७ अंक जोडेका सोसिडाड र अल्कमार क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

आर्सनललाई हराउँदै पीएसजी बन्यो पुनः युरोपेली च्याम्पियन

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४३

काठमाडौ‌: पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्ध फाइनल खेलमा पेनाल्टी...