सिराह जिल्ला कराँते खेलकालागि उर्वरभुमिको रुपमा उदयिमान
वि.सं.२०७७ मंसिर १२ शुक्रवार १४:४१
1.6K
shares
काठमाडौं: प्रदेश नं. २ को सिराह जिल्ला खेलकुद क्षेत्रका लागि उर्वर भुमिको रुपमा उदयिमान हुदैछ । जहाँ स्थानिय माझमा कराँते खेल निकै लोकप्रिय बन्दै गईरहेको छ ।
पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी साथै एसियन कराँते फेडरेशनका (ए.के.एफ) निर्णायक समेत रहेका प्रशिक्षक कसम लामा व्यावसायिक खेलबाट अवकाश लिई २०६५ साल देखि सिराह क्षेत्रमा निरन्तर गोलबाजरमा कराँते खेलको विकासका लागि केन्द्रित हुनुहुन्छ ।
सिराहको गोलबजार स्थित प्रशिक्षक लामाको गोलबजार डोजोमा दैनिक बिहान तीन घण्टा तालिम संचालन हुने गर्दछ । लामा आफै प्रशिक्षण गराउन व्यस्त रहनु हुन्छ । विश्व भरि महामारीको रुपमा फैलिएको कोरोनाले बन्द रहेको खेलकुद क्षेत्र सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै अभ्यास संचालन गर्ने अनुमति सँगै यहाँका खेलाडीहरु उत्साहका साथ खेल प्रशिक्षणमा जुटेका छन् ।
लामो समय खेलाडीको रुपमा कराँते खेल मर्फत राष्ट्र र खेललाई ठुलो योग्दान दिएका लामा निस्वार्थ खेलकुदमा लागि परेका छन् । लामा कराँते खेलबाट आफूले उत्पादन गरेको खेलाडीहरुले देशका लागि पदक जितेको हेर्न चाहन्छन् । स्थानिय तहको निति अनुरुप लामालाई हाल गोलबजार नगरपालिकाको करार प्रशिक्षकका रुपमा नियुक्त गरिएको छ ।
यो पनि पढ्नु होस्:
वि.सं.२०७७ मंसिर १२ शुक्रवार १४:४१




















