भारतीय विदेशसचिव हर्षवर्द्धन काठमाडौं आइपुगे
वि.सं.२०७७ मंसिर ११ बिहीवार १४:१८
1.6K
shares
काठमाडौं: भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।
परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका विदेशसचिव श्रृंगलाले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी भरत पौड्यालसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।
श्रृंगलाले आगामी छलफल दुई देशबीचको सम्बन्धलाई अझै राम्रो कसरी बनाउने भन्नेमै केन्द्रित हुने बताए । भारत र नेपाल निकटतम मित्र हुन् यो सम्बन्धलाई कसरी अघि बढाउने भन्नेमा विषयमा कुरा हुन्छ र नेपाल-भारतबीचको मित्रता अझै प्रगाढ बनाउन आफू काठमाडौं आएको बताएका छन् ।
श्रृंगलाको पहिलो मिटिङ परराष्ट सचिवसँग, त्यसपछि परराष्ट्रमन्त्री हुँदै उच्च नेतृत्वसँग हुनेछ’, उनले नेपालीमै बोले, ‘हाम्रो प्रयासले दुई देशबीचको सम्बन्धलाई अझ कसरी अगाडि लैजान्छौं भन्ने देखाउने साथै न्यानो सत्कारका लागि नेपाल सरकार र परराष्ट्र सचिवलाई धन्यवा ब्यक्त गरे ।
त्यस्तै उनले भूकम्प पछिको पूर्ननिर्माणमा भारतको प्रतिवद्धता अनुसार गोरखामा ५० हजार मध्ये ४० हजार घर बनिसकेको जानकारीसमेत दिए। उनले शिक्षा क्षेत्रमा सहयोग गर्ने भारतीय प्रतिवद्धता अनुसार गोरखा जिल्लामा पुर्ननिर्माण भएका तीन वटा विद्यालय भवन र मनाङमा पुर्ननिर्माण गरिएको गुम्बाको उद्घाटन गर्ने छन् ।
भोलि उनी काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गर्ने केही कार्यक्रममा सहभागी हुनेछन्। भोलि उनको स्वदेश फर्कने कार्यक्रम रहेको छ।
यो पनि पढ्नुहोस् :
https://www.akhabarnepal.com/2020/11/19542/
वि.सं.२०७७ मंसिर ११ बिहीवार १४:१८




















