Texas College
YouTube Link

गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) विप्लपसँग एकता हुने

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको छैठौं बैठक यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौंमा सम्पन्न भएको छ ।

बैंठकको आधिकारीक निर्णयहरु राजधानीमा एक कार्यक्रमको आयोजना गरी पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो । बैठकले “मुख्यतः रुपान्तरणमा जोड एवं महाध्रुवीकरण पहल” को निर्णय गरेको छ ।

माओवादी केन्द्रले देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रिय सहभागी हुने पनि निर्णय गरिएको जनाएको छ । पार्टीद्धारा जारी विज्ञप्तीमा भनिएको छ– ‘देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो ।’

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष गोपाल किराँतीले अब व्यापक ध्रुवीकरणमा जाने समेत बताए । उनले एकताको लागि नेत्रविक्रम चन्द ‘विप्लवसँग’ छलफल भैरहेको समेत जानकारी दिए । उनले भने, ‘आगामी बैशाखमा राष्ट्रिय सम्मेलन हुँदैछ, त्यतिवेलासम्म वातावरण बन्छ ।’ त्यस लगत्तै विप्लप नेकपा र नेकपा (माओवादी केन्द्र)को एकता हुने दुई पक्षबीच छलफलका साथ तयारी भईरहेको किरातीले बताए ।

त्यस्तै, कार्यक्रममा पार्टीका उपाध्यक्ष विनोदकुमार उपाध्यायले धन्यवाद मन्तव्य राखेका थिए । उनले नयाँ ढंगको विचारको विकास गरिराखेको बताउँदै एकजुट भएर क्रान्तिकारी विचारको विकास गर्नुपर्नेमा जोड दिए । पार्टीका महासचिव राजन तिमल्सिनाले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रेस विज्ञप्ति पूर्ण अंश

मितिः ११/०८/०७७

पत्रकार साथीहरु,
“मुख्यतः रुपान्तरणमा जोड एवं महाधू्रवीकरण पहल” को निर्णय गर्दै नेकपा (माओवादी केन्द्र), केन्द्रीय समितिको छैठौं बैठक ०७७ मंसिर ८–१० गते काठमाडौमा बस्यो । बैठकका निर्णयहरु सार्वजानिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।

१) देशभक्तिपूर्ण राष्ट्रिय स्वाधीनता, पहिचान आधारित जनवाद र समाजवादी सुविधाको जनजीविका सुनिश्चित गर्न, एमसीसी र भूमि अतिक्रमण जस्ता इण्डो–अमेरिकन आतंक विरुद्ध जनप्रतिरोध आन्दोलन सशक्त बनाउन, डवल नेकपा सरकारका भ्रष्टाचारी, फासिवादी, राष्ट्रघाती हर्कतको विरोध गर्न, एकल रुपमा देशभक्त समाजवादी आन्दोलनको तयारी गर्दै साझा कार्यसूचीमा संयुक्त आन्दोलनबारे सक्रीय सहभागी हुने निर्णय गरियो ।

२) पार्टीको आन्तरिक कामतर्फ माओ दिवस पुस ११ गते समाजवादी निर्वाचन प्रणालीको संयुक्त राज्यसत्ता निर्माणबारे काठमाडौमा छलफल गोष्ठी गर्ने, जनयुद्ध दिवस फागुन १ गते देशव्यापी अन्तरक्रिया भेलाहरु गर्ने, आठ मार्च कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी)लाई सहयोग गर्ने, चैत्र २४ गते जनआन्दोन दिवसमा सशक्त जनप्रदर्शन तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ०७८ बैशाखमा पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरियो ।

३) संगठन र कार्यविभाजन सम्बन्धी निर्णयहरु

षडयन्त्रद्वारा नेतृत्व हत्याउने लिनप्याओवादी प्रवृत्ति र दुई बर्षमा एक पैसा लेवी नतिरी नेता पल्टने लम्पट चरित्रका संसदवादी भाईरसहरु विगत अन्तरपार्टी संघर्षबाट स्वयं निश्काशित भएकाछन् । त्यस उप्रान्त छैठौं बैठकले निम्नअनुसार पदपूर्ति र कार्यविभाजन गरेको छ ।

क) अध्यक्ष क. गोपाल किराती, उपाध्यक्ष क. विनोद उपाध्याय, महासचिव क. राजन तिमल्सिना, सचिवद्वय क. आलोक रायमाझी र क. विमल निरौला रहनु भएको छ । साथै, केन्दीय समिति र राजनितिक परिषदमा सदस्यहरु थप गरी ११ सदस्सीय स्थायी समिति गठन गरिएको छ ।

ख) पूर्वी कामाण्डको इन्चार्ज क. विमल निरौला र त्यस अन्तर्गत प्रदेश १ मा क. नरेन्द्र कटुवाल तथा प्रदेश २ मा क. बब्लु ठाकुरलाई इन्चार्ज/संयोजक तोकिएको छ । मध्ये कमाण्डमा क. राजन तिमल्सिना इन्चार्ज र प्रदेश ३ मा क. मेघबहादुर खत्री तथा प्रदेश ४ कमाण्ड कार्यलयले हेर्ने । पश्चिम कमाण्ड क. आलोक इन्चार्ज हुनेगरी प्रदेश ५ क. अवीन गोतामे तथा प्रदेश ७ क. कैलाश आउजी र प्रदेश ६ कमाण्ड कार्यलयले हेर्ने ।

ग) जनवर्गीय संगठनतर्फ राष्ट्रिय पहिचान मोर्चा इन्चार्ज क. पासाङ मोक्तान, अनेमसंघ (क्रान्तिकारी) संयोजक क बन्दना तामाङ, देजसा परिवार क. शाहस राई, प्रेस सेन्टर क. सुमन वाङदेल र किसान संघ क. आनन्दराम फुयाललाई जिम्मा तोकिएको छ । अन्य जवस र वाइसिएलको नेतृत्व यथावत कायम छ ।

घ) केन्द्रीय कार्यलयले जारी गर्ने समय तालिका अनुसार पार्टी सदस्यता एकीन, नविकरण र वितरण गरी जिल्ला भेला र प्रदेश सम्मेलन हुदै राष्ट्रिय सम्मेलन प्रतिनिधि निर्वाचित गर्ने ।

अन्त्यमा, आम रुपमा माओवादी कम्युनिष्टहरु र विशेष रुपमा वैज्ञानिक समाजवादका लागि महाध्रूवीकरण अभियान संचालन गर्दै अघि बढ्ने निर्णयलाई जनसमुदायमाझ अवगत गराइदिनु हुन पत्रकार साथीहरुमा हार्दिक अनुरोध गर्दछौं ।

 

 

(गोपाल किराती, अध्यक्ष)                               (राजन तिमल्सिना, महासचिव)

 

{भिडियो}

https://www.youtube.com/watch?v=AIcKMQuNPjE&feature=emb_logo

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...