छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु
वि.सं.२०७७ मंसिर १० बुधवार १५:३३
1.7K
shares
काठमाडौं: बैतडी, काठमाडौं, ललितपुर, झापा, मोरङ, पाल्पा र कैलालीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ ।
चन्द्रागिरी नगरपालिका-२ पिपलामोड ढलानस्थित सडकमा बा।६ ख ९७४८ नम्बरको गुडिरहेको ट्रकबाट ओर्लने क्रममा ३४ वर्षीय योगेन्द्र बिष्टको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका-१७ ग्वार्को चोकमा बा।२ क ८७५८ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री तनहुँ घर भएका ४२ वर्षीय भेष बहादुर बिश्वकर्माको मृत्यु भएको छ ।
ललितपुर महानरगपालिका-८ बालकुमारी नमस्ते पेट्रोल पम्प नजिक ना।१ ज ३६७७ नम्बरको टाटासुमो गाडीले साईकललाई ठक्कर दिँदा साइकलयात्री करिब ३४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
बैतडी, दशरथचन्द नगरपालिका-१० बुड्डास्थित सडकमा ना।१ ज २१९६ नम्बरको जिप सडकबाट तल खसेर दुर्घटनामा सुर्नया गाउँपालिका-४ बस्ने ७५ वर्षीया कलावती चन्द लगायत ५ जनाको मृत्यु भएको छ ।
झापा, कन्काई नगरपालिका-१ जुके कल्भर्ट चोकमा प्र।१/०१/०१२ प ५८७६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ७२ वर्षीय जगत बहादुर पाण्डेको मृत्यु भएको छ ।
मोरङ, कानेपोखरी गाउँपालिका-६ नर्सरी डाँडास्थित सडकमा को।२ त ८५६ नम्बरको ट्याक्टरले को।२८ प ८९६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २८ वर्षीय हेम कुमार चेम्जोङको मृत्यु भएको छ ।
कहटरी गाउँपालिका-१ स्थित भित्रि सडकमा को।२ ह ५४९२ नम्बरको अटोबाट लडेर अटो चालक ३५ वर्षीय सुनिल मण्डलको मृत्यु भएको छ ।
विराटनगर महानरगपालिका-१३ कोशी प्रोजेक्टस्थित सडकमा को।३९ प ९९९३ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिँदा साईकलयात्री विराटनगर महानरगपालिका-१५ बस्ने ६५ वर्षीय रतन साहको मृत्यु भएको छ ।
सुन्दर हरैचा नगरपालिका-६ दुलारीस्थित सडकमा को।३६ प ४४२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री २५ वर्षीया कल्पना यादबको १५ दिनको छोरा देब यादवको मृत्यु भएको छ ।
पाल्पा, रैनादेबी छहरा गाउँपालिका-६ चहला सिमलस्थित सडकमा लु।३ त ७१५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरका सहचालक १९ वर्षीय रमन भट्टराईको मृत्यु भएको छ ।
कैलाली, गौरीगंगा नगरपालिका-३ झिलस्थित सडकमा सुदूर पश्चिम प्रदेश०१००९ प ९७६ नम्बरको मोटरसाइकललाई सवारी साधनले ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका-४ बस्ने २२ वर्षीय अर्जुन चौधरीको मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस्:
वि.सं.२०७७ मंसिर १० बुधवार १५:३३




















