ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुस्ताङ् जिल्लाको घरपझोङमा
वि.सं.२०७७ मंसिर ७ आइतवार २१:१४
4K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ् जिल्लाको घरपझोङ गाउँपालिकामा आइतबारदेखि नयाँ शाखा संचालनमा ल्याएको छ । मुस्ताङ् जिल्लामा नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई बैंकको ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ मंसिर ७ आइतवार २१:१४




















