YouTube Link

उत्कृष्ट कर कार्यालयमा आन्तरिक राजस्व कार्यालय बागलुङ घोषित

Facebook Link

काठमाडौं:  आन्तरिक राजस्व विभागले देशभरका कार्य सम्पादन सम्झौता, राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा उत्कृष्ट कर कार्यालयको घोषणा गरेको हो । आन्तरिक राजस्व कार्यालय बागलुङ आर्थिक वर्ष २०७६/७७ को उत्कृष्ट कर कार्यालय घोषित भएको छ ।

 

आन्तरिक राजस्व विभागका अनुसार पहिलो स्थानमा आन्तरिक राजस्व कार्यालय बागलुङ, दोस्रो स्थानमा आन्तरिक राजस्व कार्यालय सिमरा र तेस्रो स्थानमा आन्तरिक राजस्व कार्यालय धुलिखेल रहेको छ । यी कार्यालयले ए ग्रेड प्राप्त गरेका छन् ।

 

विभागले  कर दिवसको अवसरमा उत्कृष्ट १० कर्मचारी घोषणा गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा उत्कष्ट कार्यसम्पादन गर्ने विभागका निर्देशक शालिकराम आचार्य, आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत हेमराज सुवेदी, आन्तरिक राजस्व विभागका शाखा अधिकृत आनन्दराम श्रेष्ठ, ठूला करदाता कार्यालयका कर अधिकृत सुरेन्द्रराज घिमिरेलाई पुरस्कृत गरेको छ ।

 

यसैगरी ठूला करदाता कार्यालयका कम्प्यूटर अधिकृत ललितप्रसाद श्रेष्ठ, मध्यमस्तरीय करदाता कार्यालयका कर अधिकृत कुमारी सैंजु, आन्तरिक राजस्व कार्यालय सिमराका कर अधिकृत यादव खड्का, आन्तरिक राजस्व कार्यालय धुलिखेलका कर अधिकृत रामकुमार श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका कर अधिकृत टंक भुसाल र आन्तरिक राजस्व कार्यालय भैरहवाका नासु कुमुस श्रेष्ठलाई उत्कृष्ट कर्मचारी घोषणा गरिएको छ ।

यो पनि पढ्नुहोस् :

https://www.akhabarnepal.com/2020/11/19422/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...