उत्कृष्ट कर कार्यालयमा आन्तरिक राजस्व कार्यालय बागलुङ घोषित
वि.सं.२०७७ मंसिर ७ आइतवार २२:१६
2.3K
shares
काठमाडौं: आन्तरिक राजस्व विभागले देशभरका कार्य सम्पादन सम्झौता, राजस्व लक्ष्य तथा कार्य सम्पादन परिसूचकका आधारमा उत्कृष्ट कर कार्यालयको घोषणा गरेको हो । आन्तरिक राजस्व कार्यालय बागलुङ आर्थिक वर्ष २०७६/७७ को उत्कृष्ट कर कार्यालय घोषित भएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार पहिलो स्थानमा आन्तरिक राजस्व कार्यालय बागलुङ, दोस्रो स्थानमा आन्तरिक राजस्व कार्यालय सिमरा र तेस्रो स्थानमा आन्तरिक राजस्व कार्यालय धुलिखेल रहेको छ । यी कार्यालयले ए ग्रेड प्राप्त गरेका छन् ।
विभागले कर दिवसको अवसरमा उत्कृष्ट १० कर्मचारी घोषणा गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा उत्कष्ट कार्यसम्पादन गर्ने विभागका निर्देशक शालिकराम आचार्य, आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत हेमराज सुवेदी, आन्तरिक राजस्व विभागका शाखा अधिकृत आनन्दराम श्रेष्ठ, ठूला करदाता कार्यालयका कर अधिकृत सुरेन्द्रराज घिमिरेलाई पुरस्कृत गरेको छ ।
यसैगरी ठूला करदाता कार्यालयका कम्प्यूटर अधिकृत ललितप्रसाद श्रेष्ठ, मध्यमस्तरीय करदाता कार्यालयका कर अधिकृत कुमारी सैंजु, आन्तरिक राजस्व कार्यालय सिमराका कर अधिकृत यादव खड्का, आन्तरिक राजस्व कार्यालय धुलिखेलका कर अधिकृत रामकुमार श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका कर अधिकृत टंक भुसाल र आन्तरिक राजस्व कार्यालय भैरहवाका नासु कुमुस श्रेष्ठलाई उत्कृष्ट कर्मचारी घोषणा गरिएको छ ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ मंसिर ७ आइतवार २२:१६




















