Texas College
YouTube Link

कुमारी बैंकले बोनस दर बढाएर लाभांश संशोधन

Facebook Link

काठमाडौं:  कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को लागि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । बैंकले कुल लाभांश १४ प्रतिशत नै हुने गरी बोनसको दर बढाएर लाभांश संशोधन गरेको हो । बैंकको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

 

नेपाल राष्ट्र बैंकले उक्त लाभांश संशोधनका लागि निर्देशन दिएसँगै बैंकले १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको कात्तिक २१ गतेको सञ्चालक समितिले संशोधन गर्ने निर्णय गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

 

देवः विकास बैंकलाई प्राप्ती गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गरेको यस बैंकका शेयरधनीहरुले यो वर्ष करमा छुट पाउनेछन् । प्राप्ती प्रकृया पुरा गरेको यस बैंकले यस वर्ष बोनस शेयरमा लाग्ने कर वापतको रकममा छुट पाउनेछ । यसर्थ कुमारी बैंकका शेयरधनीहरुले १४ प्रतिशतनै लाभांश हात पार्नेछन् ।

 

हाल बैंकको चुक्तापूँजी १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको छ । गत असार मसान्तसम्म बैंकले  १ अर्ब २२ करोड ६५ लाख ५९ हजार  रुपैयाँ खुद नाफा गरेको छ । सो अवधिसम्म बैंकको वितरणयोग्य नाफा ७१ करोड २८ लाख ८३ हजार रुपैयाँ थियो । गत वर्ष भन्दा यो वर्ष कुमारी बैंकको लाभांशमा भने बृद्धि भएको छ । गत वर्ष यस बैंकले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...