Texas College
YouTube Link

प्राइम कमर्सियल बैंकको नाफा ५४ दशमलव २४ प्रतिशतले बृद्दि

Facebook Link

काठमाडौं:  प्राइम कमर्सियल बैंकले गत वर्षको भन्दा यस वर्षको पहिलो त्रैमासमा ५४ दशमलव २४ प्रतिशत बढी खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण कात्तिक २० गते सार्वजनिक गरेको हो ।

उक्त विवरण अनुसार बैंकको नाफा  १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ रहेको छ । गत वर्ष पहिलो त्रैमासमा बैंकले ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

 

कोरोना महामारीका विच पनि निरन्तर व्यवसाय सञ्चालन गरेको बैंकले नाफा बृद्धि गर्न सफल भएको हो । यो बर्ष बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी गत वर्षभन्दा बढी भएको छ । गत वर्ष ९४ करोड ४४ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष सोहि अवधिमा १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार रुपैयाँ सञ्चालन नाफा गरेको हो । गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा ५३ दशमलव २७ प्रतिशतले बढेको हो ।

 

त्यस्तै गत वर्ष १ अर्ब ६ करोड ५ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष १ खर्ब ५५ करोड ८ लाख ३६ हजार रुपैयाँ यो आम्दानी गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी ४६ दशमलव २४ प्रतिशत बढी भएको हो । पहिलो त्रैमाससम्ममा बैंकको वितरणयोग्य नाफा ३३ करोड ८४ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

 

हाल यस बैंकको चुक्तापूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार रुपैयाँ छ । बैंकको जगेडा कोष रकम गत वर्षभन्दा १४ प्रतिशत बढी कायम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म ४ अर्ब ७९ करोड ५६ लाख ९३ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोष रकम यस वर्ष सोहि अवधिसम्म  ५ अर्ब ४६ करोड ६५ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।

 

यस वर्ष बैंकले गत वर्षभन्दा ४ दशमलव २४ प्रतिशत बढी १ खर्ब २४ अर्ब ५० करोड ८४ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी गत वर्षभन्दा २ दशमलव ७१ प्रतिशत बढी  १ खर्ब १३ अर्ब ४४ करोड ७२ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव १४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ३७ प्रतिशत पुगेको छ । बैंकको निष्क्रिय कर्जा गत वर्षभन्दा यस वर्ष निष्क्रिय कर्जा भने बढेको छ । बैंकको प्रतिशेयर आम्दानी २९ दशमलव ११ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५४ दशमलव २६ रुपैयाँ रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...