YouTube Link

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

Facebook Link

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला गरेको छ । इजरायल-अमेरिका तथा इरानबीचको युद्धका कारण स्थगति पुन: श्रम स्वीकृति खुला गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ३१ चैत २०८२ मा बसेको मन्त्रीस्तरीय निर्णयबाट इजरायल, कुवेत, बहराइन र लेबनानको पुन: श्रम स्वीकृति खुला गरिएको हो ।

 

इराकका हकमा भने ११ पुस २०८२ को निर्णय बमोजिम हुने गरी श्रम स्वीकृति प्रदान हुने वैदेशिक रोजगार विभागले जनाएको छ । श्रम मन्त्रालयले १७ फागुन २०८२ को मन्त्रीस्तरीय निर्णय गर्दै पश्चिम एसिया तथा खाडी मुलुक साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकको श्रम स्वीकृति तथा पुन: श्रम स्वीकृति स्थगन गरेको थियो ।

 

इरानले खाडीमा रहेका अमेरिकी सैन्य बेस क्याम्प निसाना बनाएर ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दै आएको थियो । जसले गर्दा ती देशमा रहेका नेपालीको सुरक्षा चुनौती बढ्न थालेपछि सरकारले श्रम स्वीकृति र पुन: श्रम स्वीकृति स्थगन गरेको थियो । ३ चैत २०८२ मा साउदी, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुन: श्रम स्वीकृति खुला गरिएको थियो ।

 

परराष्ट्र मन्त्रालय अन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ (ईआरटी) को सिफारिसका आधारमा श्रम मन्त्रालयले बाँकी देशको समेत पुन: श्रम स्वीकृति खुला गरेको हो । श्रम स्वीकृतिका हकमा भने ती देशको परिस्थिति सामान्य बनेपछि मात्रै निर्णय गरिने श्रम मन्त्रालयले जनाएको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...