प्रभु बैंकको २११ औं शाखा प्रगतिनगरमा सञ्चालन
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १०:१८
1.9K
shares
काठमाडौं: प्रभु बैंक लिमिटेडले नवलपुर (नवलपरासीपुर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आफ्नो २११ औं शाखा सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको प्रगतिनगर शाखाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ् सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २११ वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ् सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ् सेवा प्रवाह गरिरहेको छ ।
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १०:१८




















