कुमारी बैंकका ग्राहकहरुलाई मिठाई किन्दा छुट
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १०:३४
1.3K
shares
काठमाडौं: कुमारी बैंक लिमिटेड र बुटवलस्थित उच्च गुणस्तरीय पेडा तथा मिठाई पवन मिस्ठान भण्डार बीच सम्झौता भएको छ । बैंक र मिस्ठान भण्डार बीच छुट प्रर्दान गर्ने गरी सम्झौता भएको हो ।
उक्त्त सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रदेश प्रमुख राम मणि अधिकारी र पवन मिस्ठान भण्डारका प्रो प्राइटर पवनकुमार हलवाईले हस्ताक्षर गर्नु भएको छ ।
उक्त सम्झौता अनुसार कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहकहरुले पवन मिस्ठान अन्तर्गतका मिठाई पसल र रेस्टुरेन्टमा पेडा, मिठाई लगायात अन्य खाद्यवस्तुहरुको खरिदमा ५ प्रतिशत छुट प्राप्तगर्ने भएका छन् ।
बैंकले आफ्ना ग्राहकवर्गले गुणस्तरीय मिठाईका परिकारमा आकर्षक छुट दिने उद्देश्यले सम्झौता गरिएको बैंकका पदाधिकारीले जानकारी दिएका छन् ।
हाल बैंकले १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंङ इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आइरहेको छ ।
वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १०:३४



















