YouTube Link

३ बर्ष पछि लाप्चाने इलाका प्रशासन संचालनमा

World Cup 2026
Facebook Link

रामेछाप:  अधिकृत स्तरको कर्मचारी नभएकाले वितग ३ बर्षदेखि वन्द भएको रामेछापको उमाकुण्ड गाउंपालिकामा पर्ने लाप्चाने इलाका प्रशासन कार्यालय संचालनमा आएको छ ।

सरकारले अहिले उक्त कार्यालयमा अधिकृत स्तरको कर्मचारी पठाएपछि कार्य संचालन हुन थालेको हो । जिल्लाको सवै भन्दा दुर्गम मानिने उक्त क्षेत्रमा ५ बर्ष अगाडि इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो । अधिकृत स्तरका कर्मचारी नभएपछि बन्द भएको इलाका प्रशासन कार्यालय अहिले संचालनमा आएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले बताउनु भयो ।
इलाका प्रशासनले मुद्धा, शान्तिसुरक्षा, संघसंस्था, हातहतियार, वजार अनुगमन बाहेक अन्य काम संपादन गर्ने गर्छ । नागरिकता प्रमाण पत्र, राहदानी सिफारीस र जनजाति प्रमाणीतको काम स्थानीय स्तरमानै गर्नका लागि सरकारले इलाका प्रशासनको व्यवस्था गरेको थियो ।

कार्यालय संचालनमा आएपछि उमाकुण्ड गाउंपालिका र गोकुलगंगा गाउंपालिकाको केहि भागका नागरिकले सोहि कार्यालयबाटै सेवा लिन थालेका छन । ०७३ साल साउनमा जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी सहितको राजनैतिक दलका नेता, पत्रकार तथा नागरीक अगुवाहरु गएर उक्त स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गरेका थिए ।

अधिकृत सहित ५ जना कर्मचारीको दरबन्दि रहेको उक्त कार्यालयमा एक जना पनि कर्मचारी नभएपछि कार्यालय बन्द भएको थियो । तिन बर्ष अगाडि ताला लगाएर मन्थली झरेका कर्मचारी अहिले गएर ढोका खोलेर सेवा दिन थालेको स्थानीय श्याम श्रेष्ठले बताउनु भयो ।

सेवा बन्द भएको तिन बर्ष सम्म लाप्चानेबाट न कार्यालय हटाइएको थियो न त्यहाँ सेवा संचालनका लागि कर्मचारी नै पठाईएको थियो । कार्यालय बन्द भएको लामो समयपछि सेवा पाएकोमा स्थानीयहरुले खुशी व्यक्त गरेका छन् । खुल्ने बित्तिक्कै बन्द भएको उक्त कार्यालय अव भने नियमित खुल्नु पर्नेमा उनिहरुको जोड छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...