YouTube Link

क्राउड वान बारे एक शल्यक्रिया

Facebook Link
vision

क्राउडवानलाई लिएर विभिन्न सञ्चार माध्यमहरूमा मिश्रित समाचारहरू सम्प्रेषित भइरहेको वास्तविकता सर्वविदितै छ । तथापि ती समाचारहरूमा कुन हदसम्म सत्यतथ्य बाहिर आए त ? भन्ने सवालमा हामी घोत्लिर्यौ । कतिपयले विगतकै धरातलमा टेकेर औचित्य पुष्टि हुनै नसक्ने निराधार तर्कहरू समेटेर नयाँ तथा परिवर्तनगामी कुराहरूलाई नकारेर यथास्थितिवादलाई नै पूर्ण प्राथमिकतामा राखेर समाचारहरू तयार पारेको पनि देखियो भने कतिपयले परिवर्तनको पक्षपोषण गर्ने साहस जुटाएको पनि पाइयो । तमाम आदरणीय सरोकारवालाहरू समक्ष हामी सर्वप्रथम एउटा कटुसत्य के निवेदन गर्न चाहन्छौँ भने “परिवर्तन प्रकृतिको नियम हो जो निरन्तर चलीरहेको छ, निरन्तर चलीरहन्छ ।” यहाँनेर आएर थपमा एउटा कुरामा हामी के जोड दिन चाहन्छौँ भने वर्तमान परिप्रेक्ष्यमा नेपाल सन्दर्भमा अस्तीत्वमा रहेका सबै राजनीतिक दलले सैद्धान्तिक रुपमा यथास्थितिवादलाई निरुत्साहित गर्दै परिवर्तनवादको पैरवी गरेको पाइन्छ भने व्यवहारिक रुपमा चाहिँ बजार व्यवस्थापन तथा प्रवर्द्धनका सवालमा भने कहिल्यै उदार र सकारात्मक भएको पाइएन जो कि नेपाल र नेपालीको लागि अभीशापभन्दा अर्को केहि हुनै सक्दैन । यथास्थितिवादलाई थप पक्षपोषण गर्ने हो भने निश्चितरुपमा मुलुक थप पछि धकेलिने दुःखद यथार्थबाट कसैले मुख मोड्न मिल्ने अवस्था छैन ।

विषयवस्तुमा केन्द्रित बनौ, क्राउड वानलाई लिएर आजसम्म सार्वजनिक भएका समाचारहरूमा स्तम्भकार सम्वाददाता बन्धुहरूले पुरै शल्यक्रिया गरेको पाइएन । समाचार तयार पार्नुभन्दा अगावै छुट्टै मानसिकताबाट कलम चाल्नुले निष्पक्ष पत्रकारिताको मूलमर्म तथा पवित्रतालाई पर्याप्त पैरवी नगरेको देखिन्छ । अतः निष्पक्ष पत्रकारिताको मूलमर्म तथा पवित्रतालाई ध्यानमा राखेर क्राउड वानका विषयमा आज एक शल्यक्रिया गर्ने जमर्को गरिएको छ । यो समाचार तयार पार्नुको मुख्य उद्देश्य एक त सर्वसाधारणले यसलाई राम्ररी बुझ्न सकुन् भन्ने हो भने अर्को नियमनकारी सरोकारवाला निकायलाई पनि अगाडि कसरी बढ्ने भन्नेमा सन्दर्भ बनोस् भन्नु हो ।

१) क्राउड वान के हो ?

विश्वव्यापी रुपमा सफलतापूर्वक सञ्चालित अमेजन् डट् कम्, अलिबाबा डट् कम् अनि नेपाल सन्दर्भका दराज अन्लाइन्, सस्तोराम्रो डट् कम्, सस्तो डील डट् कम् आदि जस्तै क्राउड वान पनि एउटा “सोशियल कम्युनिटी प्लाटफर्म” हो । “सोशियल कम्युनिटी प्लाटफर्म” वेभसाइटमा आधारित अन्लाइन तकनिक हो जसले सोशियल मेडिया सोलुशन तथा सर्भिसिज्लाई विकसित तुल्याउनुका साथै यसमा आवद्ध व्यक्तिहरूमा सम्बन्धित क्षेत्रको योग्यता तथा सम्पादनमा सशक्तता र सक्रियता प्रदान गर्दछ । यसअर्थमा क्राउड वानले आफ्नो उत्पाद (वस्तु तथा सेवा) मात्र नभएर अरुनै वस्तु तथा सेवा प्रदायक कम्पनी तथा उत्पादकहरूको उत्पादलाई आफ्नो प्लाटफर्ममार्फत प्रवर्द्धन गर्ने गर्दछ । यसो भनीरहँदा यस्तो काम गर्ने कम्पनी क्राउड वान पहिलो कम्पनी होइन, जस्तो कि केहि नामहरू माथि उल्लेख भइसकेका छन् । एकातिर अन्य कम्पनी तथा उत्पादकको उत्पादहरूलाई प्रवर्द्धन गर्ने मामलामा क्राउड वान अरु सोशियल कम्युनिटी प्लाटफर्मसित समान देखिन आउँछ तथापि यसले उत्पादहरुलाई मात्र प्लाटफर्म नदिएर सिधै वस्तु तथा सेवा प्रदायक कम्पनी तथा उत्पादकहरूलाई थर्ड पार्टी पार्टनर्स्का रुपमा ग्रहण गरेर उनीहरूसित सहकार्य गर्ने भएकाले क्राउड वान अरु सोसियल कम्युनिटी प्लाटफर्मभन्दा फरक देखिन आउँछ । अर्कोतिर क्राउड वानले उपभोक्ता अधिग्रहण (Customer Acquisition) गर्ने भएकोले यसको प्लाटफर्ममा उपलब्ध उत्पादहरू तुलनात्मक रुपमा होलो तथा कम मूल्यमा उपलब्ध हुने भएकाले यहाँ उपभोक्ता हकको पूर्णतः संरक्षण गरिएको पाइन्छ ।

२) के क्राउड वान नेटवर्क मार्केटिङ कम्पनी हो ?

यहाँ नियमनकारी सरोकारवाला निकायहरूको ध्यान आकृष्ट हुन जरुरी छ कि अद्यावधि अपरिपक्व ढंगले नेटवर्क शब्दप्रति भइरहेको अनावश्यक प्रहारकै भरमा जनता र राष्ट्रको समूल हीत हुने कुरामा हचुवामा निर्णय गरेर गलत नीति तर्जुमा गर्नुभन्दा केहि समय लिएर अन्तर्राष्ट्रिय सन्दर्भ समेतको गहिरो अध्ययन गर्नुका साथै वर्तमान विश्वको भावी दिशा कतातिर निर्देशित छ भन्ने समेत बुझेर जनता र राष्ट्रका पक्षमा नीति तर्जुमा गर्न अत्यावश्यक छ ।

क्राउड वान वर्तमान अवस्थामा अपव्याख्या भइरहेको नेटवर्क मार्केटिङ कम्पनी जस्तो भने पटक्कै होइन तथापि यो इन्टरनेटको माध्यमबाट अन्लाइन् सञ्चालित हुने भएकाले कम्प्युटरको भाषामा प्रयुक्त हुने शब्द “नेटवर्क” सित सम्बद्ध भइ सम्पादन गर्ने भएकाले यो कम्प्युटर नेटवर्क मार्केटिङ कम्पनी हो । कम्प्युटर नेटवर्कको असीमित शक्तिको प्रयोगबाट कम्पनीमा आवद्ध उपभोक्ता सदस्यहरूलाई बढीभन्दा बढी लाभ शतप्रतिशत व्यवस्थित तथा पारदर्शी प्रणाली मुताविक वितरण गर्नका लागि कम्प्युटर नेटवर्कको प्रयोग भएको देखिन्छ जब कि अधिक लाभ ग्रहण गर्नका लागि अन्य विभिन्न क्षेत्रमा पनि यसको प्रयोग भएको हुन्छ । यहाँ नियमनकारी सरोकारवाला निकायहरूको ध्यान आकृष्ट हुन जरुरी छ कि अद्यावधि अपरिपक्व ढंगले नेटवर्क शब्दप्रति भइरहेको अनावश्यक प्रहारकै भरमा जनता र राष्ट्रको समूल हीत हुने कुरामा हचुवामा निर्णय गरेर गलत नीति तर्जुमा गर्नुभन्दा केहि समय लिएर अन्तर्राष्ट्रिय सन्दर्भ समेतको गहिरो अध्ययन गर्नुका साथै वर्तमान विश्वको भावी दिशा कतातिर निर्देशित छ भन्ने समेत बुझेर जनता र राष्ट्रका पक्षमा नीति तर्जुमा गर्न अत्यावश्यक छ । बरु यसक्रममा संसारकै पहिलो राष्ट्रको खिताव पाउने सम्भावना छ भने त्यो पनि गुमाउनु हुन्न । थपमा विश्वका विभिन्न देशमा प्रभावकारी रहेका कानूनी व्यवस्थाको दुहाई दिएर निरुत्साहको शिकार हुनुभन्दा केही नयाँ गरेर संसारका अन्य देशहरूमा उदाहरणको रुपमा प्रस्तुत हुने सुअवसर यदि छ भने त्यसलाई पनि आत्मसात् गर्नु पर्ने कुरामा हामी जोड दिन चाहन्छौँ ।

३) के क्राउड वान एम्. एल्. एम्. कम्पनी हो ?

क्राउड वान एम्.एल्.एम्. कम्पनी हो पनि अनि होइन पनि । क्राउड वान एम्.एल्.एम्. कम्पनी यसअर्थमा हो कि यसले आफ्नै शैक्षिक उत्पादको प्रवर्द्धनका हकमा भने बहुतहमा बोनस् वितरण गरेको पाइन्छ । तथापि यतिकै भरमा यसलाई एम्. एल्. एम्. कम्पनी भनेर अस्वीकार गर्नुपर्ने सम्मको अवस्था भने देखिँदैन किनकि कम्पनीको आफ्नै उत्पाद शैक्षिक प्याकेज बाहेक अन्य थर्ड पार्टी पार्टनर्स् कम्पनीबाट उपलब्ध उत्पादमा भने एक तह माथिको स्पोन्सर्लाई मात्रै कस्टमर रिफेरल बोनस् वितरण हुने व्यवस्था रहेको छ र यो एक तहका लागि बोनस् प्रदान गर्ने व्यवस्था संसारभर यहाँसम्मकि परम्परागत बजार प्रणालीमा समेत पाइएकोले यसलाई अवैधानिक करार गर्न उचित होइन । रह्यो सवाल कम्पनीको आफ्नै उत्पाद शैक्षिक प्याकेजको सन्दर्भमा वितरित बहुतहको बोनसका बारेमा भने यदि कम्पनीले यसलाई प्रदान गर्न सकीरहेको छ र आवद्ध उपभोक्ता सदस्यहरूलाई टेवा पुगेको छ भने यसमा पनि सवाल औचित्यपूर्ण ठहर्दैन तथापि यदि कुनै व्यक्तिले कम्पनीको शैक्षिक प्याकेज खरिद गर्दा आफू ठगिएको भन्नेसम्मको शिकायत पर्न आएमा नीजलाई क्षतिपूर्ति दिलाउने तर्फ भने सरोकारवाला निकायले पहल गर्नै पर्ने हुन्छ ।

४) के क्राउड वान प्रत्यक्ष व्यापार गर्ने कम्पनी हो ?

क्राउड वान निश्चित रुपमा प्रत्यक्ष व्यापार गर्ने कम्पनी हो । एकातिर यसले आफ्ना उत्पादहरूलाई सोझै आवद्ध उपभोक्ता सदस्यहरूसम्म पुर्याउने कार्य गर्दछ भने अर्कोतिर आवद्ध थर्ड पार्टी पार्टनर्स् कम्पनीहरूका उत्पादलाई पनि बिचौलियाका रुपमा आफू मात्र रहेर आवद्ध उपभोक्ता सदस्यहरूसम्म उपलब्ध गराउने कार्य गर्दछ ।

५) के क्राउड वान मार्फत लगानी पलायन भएको छ ?

क्राउड वान मार्फत लगानी पलायन भएको आरोप पनि लाग्ने गरेको छ तथापि जब यो कम्पनी नै लगानी गरिने कम्पनी नभएर सोशियल कम्युनिटी प्लाटफर्म हो भने लगानी पलायनताको त सवालै भएन । यदि यसले प्रवर्द्धन गरेको शैक्षिक प्याकेज खरिद गर्दा भुक्तानी गरिएको रकमलाई लिएर लगानी पलायन भएको मान्ने हो भने के विदेशका उत्पादहरू खरिद गर्दा गरिएको भुक्तानी लगानी पलायनता हो त ? यदि त्यसो हो भने जापानमा बनेको साइको घडि खरिद गर्दा, अमेरिकामा बनेको आईफोन खरिद गर्दा, अष्ट्रेलियामा बनेको रुस जुत्ता खरिद गर्दा, अमेरिकास्थित माइक्रोसफ्टको कम्प्युटर प्रोग्राम खरिद गर्दा, चेक रिपब्लिकमा बनेको अभास्ट एन्टीभाइरस खरिद गर्दा गरिएका भुक्तानी पनि त लगानी पलायनता भयो नि । यदि विदेशका उत्पादहरू खरिद गर्दा गरिएको भुक्तानी लगानी पलायनता होइन भने निर्विवाद रुपमा क्राउड वानको शैक्षिक प्याकेज खरिद गर्दा गरिएको भुक्तानी पनि लगानी पलायनता होइन ।

पुनः एउटा सवाल आउन सक्छ कि अन्य उत्पादहरू मूर्त (Tangible) छन् तर क्राउड वानको अमूर्त (Intangible) भएकोले यसलाई उत्पाद मान्न मिल्दैन । यदि त्यसो हो भने अस्पतालमा डाक्टर तथा नर्सबाट पाइने उपचार तथा स्याहार, यातायातका साधनबाट पाइने यात्रा सुविधा, स्कुल कलेजबाट पाइने शिक्षा, बीमा कम्पनीहरूबाट पाइने जोखिम न्यूनीकरणको सुविधा आदि पनि त अमूर्त (Intangible) हुन्, के यिनीहरूलाई उत्पाद नमान्ने ? यहाँ पनि नियमनकारी सरोकारवाला निकायको ध्यान आकृष्ट हुन जरुरी छ कि उत्पादहरू वस्तु तथा सेवा दुवै हुन्छन्, प्रचलनमा आइरहेकै छ र उपभोग भइरहेकै छ ।

६) के क्राउड वान शेयर बिक्री गने कम्पनी हो ?

क्राउड वान शेयर बिक्री गर्ने कम्पनी होइन । कताकहिँ पर्याप्त सही जानकारीका अभावमा कम्पनीबाट आवद्ध उपभोक्ता सदस्यहरूका लागि निःशुल्क वितरण गरिएको क्राउड वान रिवार्ड्स् (Crowd1 Rewards) लाई भ्रमपूर्वक शेयर भनेर गलत बुझिएको पाइएको छ । यो रिवाड्र्रस्को प्रयोजन के त भन्दा रिवाडर्स् होल्डर्स्लाई कम्पनीले हरेक तीन–तीन महिनामा कम्पनीको मुनाफाको ४० प्रतिशत रकम वितरण गर्ने गर्दछ र यो सुविधा आफ्नो हकवालालाई हस्तान्तरण गर्न मिल्ने व्यवस्था पनि कम्पनीले गरेको छ अर्थात् आफ्नो शेषपछि आपूmले इच्छाएको व्यक्तिको नाममा नामसारी पनि गर्न मिल्ने व्यवस्था छ । यसरी वितरण गरिने मुनाफाबाट आवद्ध उपभोक्ता सदस्यहरूले भविष्यमा निकै आकर्षक गर्ने कुरा भने निश्चित प्रायः छ किनकि कम्पनीसित अहिलेसम्म आवद्ध थर्ड पार्टी पार्टनर्स्को क्षेत्रलाई अध्ययन गर्दा ई–ट्राभलमा ट्रिलियन डलरको, ई–गेमिङमा बिलियन डलरको, ग्याम्लिङर तथा बेटिङ्मा बिलियन डलरको टर्नओभर आइरहेको विश्वव्यापी तथ्यांकले देखाइरहेको छ । यो रिवार्ड्स् पनि कम्पनी स्टक एक्स्चेञ्जमा सूचीकृत हुनभन्दा अगाडि आवद्ध हुने उपभोक्ता सदस्यलाई मात्रै वितरण गरिने व्यवस्था कम्पनीले गरेकाले यो सीमित रहने भएबाट पनि यसको महत्व बढ्ने देखिन्छ ।

क्राउड वानमा करीब २ लाख नेपाली आवद्ध हुँदा ३ अरबभन्दा बढी लगानी पलायन भएको आरोपका बारेमा पनि यहाँ स्पष्ट हुन जरुरी छ । यतिखेर क्राउड वानमा विश्वव्यापी रुपमा १ करोड २० लाखभन्दा बढी सदस्यहरू आवद्ध भइसक्दा नेपाली बाहेक १ करोड १८ लाखभन्दा बढी सदस्यहरूबाट कम्पनीले पाउने फाइदामा नेपालीले हरेक तीन–तीन महिनामा पाउने कम्पनीको मुनाफाको ४० प्रतिशत बोनसको पनि हिसाब लगाउने हो भने नेपालीले रकम भित्राएको नै देखिन्छ । त्यसमा पनि आजीवन अनि हस्तान्तरण पछि आगामी पुस्ताले पाउने लाभको अनुमानसम्म पनि हामीले लगाउने हो भने यसको सकारात्मक पक्ष नै सबल देखिन्छ ।

७) के क्राउड वान पिरामिड कम्पनी हो ?

क्राउड वानको सम्पूर्ण प्रणाली कम्प्युटरबाट अपरेट हुने हुन्छ र कम्प्युटरले आफ्नै कम्प्युटरको बाइनरी भाषा बाहेक अन्य भाषा नबुझ्ने भएकाले बाइनरी योजना अवलम्बन हुनु निश्चित रुपमा निर्विकल्प हो । यद्यपि विगतमा अभ्यास गरिँदै आइएका विभिन्न नेटवर्क मार्केटिङ् कम्पनीको इतिहासलाई हेर्दा ती कम्पनीहरूले अवलम्बन गरेका योजनामा सबैभन्दा अगाडि आवद्ध हुने व्यक्तिले नै बढी लाभ लिन सक्ने गरी तयार पारिएका पिरामीड योजनाका कारण अहिले पनि बाइनरी शब्दप्रति सर्वसाधारणको धारणा पिरामीड नै रहेको पाइन्छ । तथापि कम्पनीको यो योजना कुनै पनि अवस्थामा पिरामीड छैन अर्थात् अगाडि आवद्ध उपभोक्ता सदस्यले यदि कम्पनीले निर्धारण गरेको प्रक्रिया पूरा गर्न नसकेको खण्डमा उसले लाभ प्राप्त गर्न सक्दैन भने पछाडि आवद्ध भएका उपभोक्ता सदस्यले ती प्रक्रिया पूरा गरेको खण्डमा उसले बढी लाभ प्राप्त गर्न सक्षम हुन्छ ।

८) के क्राउड वान पोञ्जीबिजिनेस हो ?

पोञ्जी बिजिनेस् भन्नाले रकमको खेल मात्रै भएको बिजिनेस बुझिन्छ । तर क्राउड वान नितान्त उत्पाद प्रवद्र्धन गर्ने कम्पनी भएकाले यसलाई पोञ्जी बिजिनेस भन्न मिल्दैन । फेरि कुरा आउँछ कि मूर्त (Tangible) उत्पाद छैन भन्ने । माथि प्रकरण ५ मा उल्लेख भएअनुसार नै यदि अमूर्त (Intangible) उत्पादलाई उत्पाद नै नमानेर क्राउड वानलाई जबर्जस्ती पोञ्जी बिजिनेस नै हो भन्ने हो भने क्राउड वान मात्रै किन ? अस्पताल, यातायात, पर्यटन, स्कुल–कलेज, बीमा कम्पनी आदि सबै पोञ्जी बिजिनेस नै त भए किनकि यी कम्पनीहरूले पनि त अमूर्त (Intangible) उत्पाद अर्थात् सेवा नै त उपलब्ध गराएका हुन्छन् जस्तो कि क्राउड वानले उपलब्ध गराई आएको छ । यदि सेवा उपलब्ध गराई रहँदा बाँकि कम्पनीहरूलाई पोञ्जी बिजिनेस भन्न मिल्दैन भने क्राउड वानलाई पनि निश्चित रुपमा भन्न मिल्दैन अर्थात् कानूनअनुसार कसैलाई काख कसैलाई पाखा गर्न मिल्दैन ।

९) के क्राउड वान नेपाल सन्दर्भको कानूनअनुसार अवैधानिक ठहरिने कम्पनी हो ?

क्राउड वानले वर्तमान परिप्रेक्ष्यमा पूर्ण रुपले वैधानिकता पाएको अवस्था भने छैन र यसमा बिलम्ब हुनुको कारण एकातिर लक्डाउन हो भने अर्कोतिर निश्चित रुपमा नियमनकारी सरोकारवाला निकायहरूले किनारामा पुग्न ढिलाई गर्नु नै हो भनेर अभिव्यक्त गर्नु पर्दा हामीलाई धेरै दुःख लाग्छ । कम्पनीको प्रकृतिलाई गहन अध्ययन गरेर हेर्दा यो कम्पनी नेपालको विद्यमान प्रचलित कानून प्रतिकुल छँदै छैन । नेपाल सन्दर्भमा नेटवर्क मार्केटिङ् कम्पनी, एम्. एल्. एम्. कम्पनी, क्रिप्टो करेन्सी कारोबार गर्ने कम्पनी आदिलाई क्रियाकलाप सञ्चालन गर्ने अनुमति छैन र क्राउड वानलाई यिनै आरोप लाग्ने गरेको छ । नेटवर्क मार्केटिङ् कम्पनी र एम्. एल्. एम्. कम्पनीका सन्दर्भमा माथि प्रकरण १ र २ मा उल्लेख भइसकेको नै छ । अब कुरा रह्यो, क्रिप्टोकरेन्सी कारोबार गर्ने कम्पनीका रुपमा यसलाई बुझ्ने । संसारभर ६९५५ भन्दा बढी क्रिप्टो करेन्सीहरू सक्रिय रहेको पाइन्छ तथापि क्राउड वानले बिट्क्वाइन् र इथेरियम् गरी २ वटामात्रै क्रिप्टो करेन्सीहरूलाई वैकल्पिक भुक्तानीको माध्यमका रुपमा स्वीकार गरेको छ । यहाँ ध्यान दिनु पर्ने कुरा क्रिप्टो करेन्सीको कारोवार भन्ने वाक्यांशमा केन्द्रित बनौ । कारोबार भन्नाले खरिद तथा बिक्रि भन्ने बुझिन्छ तर क्राउड वानले न त खरिद गर्छ, न त बिक्रि नै । वैकल्पिक भुक्तानीको माध्यमका रुपमा यदि कसैले क्रिप्टो करेन्सीबाट भुक्तानी दिन अनि लिन चाहन्छ भने त्यो त सम्बन्धित व्यक्तिको नितान्त व्यक्तिगत निर्णयको कुरा रह्यो, कम्पनीले यसलाई बाध्यकारी रुपमा लागू गरेको छैन ।

१०) क्राउड वानको प्लाटफर्मबाट को–कसले लाभ लिन सक्छन् ?

क्राउड वानको प्लाटफर्मबाट व्यक्ति, व्यापारिक कम्पनी तथा सिंगो राज्य सबैले लाभ लिन सक्छन् । कम्पनीमा आवद्ध उपभोक्ता सदस्यले व्यक्तिका रुपमा लिन सक्ने लाभ भनेको कम्पनीको प्लाटफर्मबाट प्रवद्र्धित वस्तु तथा सेवा उपभोग गरीरहँदा एकातिर प्रारम्भमै कम्पनीको मुनाफाको २० प्रतिशत छुट पाइन्छ भने अर्कोतिर खरिद गरेको ३ महिने अवधिमा कम्पनीको मुनाफाको २५ प्रतिशत एक्टीभ युजर् पूलमा वितरण हुँदा आफ्नो हिस्सामा दामासाहीले पर्न आउने लाभ लिन पाइन्छ जसले गर्दा उपभोक्ताको हक तथा हितको स्पष्ट संरक्षण भएको देखिन्छ ।

व्यापारिक कम्पनीले लिन सक्ने लाभका बारेमा कुरा गर्नु पर्दा परम्परागत रुपमा बजार प्रवद्र्धन गर्र्दै आइरहेका चौधरी ग्रूप, गोल्छा अर्गनाइजेशन्, डाबर इण्डिया लिमिटेड्, हिन्दुस्तान युनिलिवर, माइक्रोसफ्ट, एप्पल, सामसुङ आदि जुनसुकै कम्पनीले पनि थर्ड पार्टी पार्टनर्स्का रुपमा क्राउड वानसित आवद्ध हुँदा ती कम्पनीको व्यापार निश्चित रुपमा बढ्दछ किनकि क्राउड वानले करोडौँको संख्यामा अहिले नै विश्वव्यापी रुपमा नियमित उपभोक्ताहरू अधिग्रहण गरिसकेकाले ती अधिग्रहित उपभोक्ताले क्राउड वानको प्लाटफर्ममा उपलब्ध वस्तु तथा सेवा उनीहरूको व्यक्तिगत लाभका लागि पनि यहिँबाटै खरिद गर्ने हुँदा ठूलो मात्रामा बिक्रि हुने हुन्छ । बरु थर्ड पार्टी पार्टनर्सका रुपमा आवद्ध हुने चाहने कम्पनीले ग्लोबल अथवा रेजिनल कुन अवस्थाबाट आवद्ध हुने भन्नेमा स्पष्ट हुन जरुरी छ । अझ परम्परागत प्रणालीमा डिष्ट्रीब्युटर, डिलर, थोक बिक्रेता अनि खुद्रा बिक्रेता गरेर चार तहको बिचौलियाले लिने लाभ उपभोक्ताबाटै असुल गरिने तथ्यसित तुलना गर्दा क्राउड वान त एकमात्र बिचौलिया रहँदा उपभोक्तालाई निश्चित रुपमा राहत मिल्छ ।

राज्यले लिन सक्ने लाभका बारेमा कुरा गर्नु पर्दा क्राउड वान डिजिटल कम्पनी भएकाले राज्यले प्रचलित कानून बमोजिम आफ्ना नागरिकबाट कर असुली गर्नमा पूर्णपारदर्शी ढंगबाट लाभ लिन सक्ने अवस्था एकातिर छ जसका लागि सोसम्बन्धि व्यवस्था कम्पनीको ब्याकअफिसमा गराउन सरकारी तवरबाटै पहल आवश्यक छ भने नेपाल जस्तो देशले त अझ पर्यटन लगायत जडिबुटीजन्य उत्पादलाई विश्वव्यापी बजारमा प्रवद्र्धन गर्दा विश्वव्यापी रुपमा कम्पनीमा अधिग्रहित उपभोक्ताहरू ठूलो संख्यामा पाउने हुन्छ । अर्कोतर्फ स्वरोजगारिताको सिर्जना भइ हाल मुलुकले कटुतापूर्वक भोगीरहेको बौद्धिक पलायनतामा पनि निस्सन्देह कमी आउने कुरा द्वीमत छैन ।

११) के प्रत्यक्ष व्यापार गर्ने अन्य कम्पनीलाई क्राउड वानबाट कुनै नोक्सानी पुग्न सक्छ ?

अन्य प्रत्यक्ष व्यापार गर्ने कम्पनीहरूलाई क्राउड वानबाट कुनै पनि प्रकारले नोक्सानी पुग्दैन किनकि क्राउड वानले अमूर्त (Intangible) उत्पादलाई मात्रै प्राथमिकतामा राखेर बजार प्रवद्र्धन गरेको छ । हामी उपभोक्तालाई अन्य कम्पनीहरूले बजार प्रवद्र्धन गरीरहेका मूर्त (Tangible) उत्पादहरू जस्तैः दाल, चामल, नून, तेल, चिया, चिनी, दन्तमञ्जन, साबुन, कस्मेटिक सामान आदि सबै चाहिन्छ र हामी उपभोग गर्छौँ जुनकि क्राउड वानमा उपलब्ध छैनन् । बरु वस्तु तथा सेवा प्रदायक सबै कम्पनीहरूले एकार्का विरुद्ध अनर्गल बर्खिलाप नगरेर आफ्नो गुणस्तर सुधार तथा उपभोक्ता अधिग्रहण नीतिका बारेमा ध्यान पु¥याएर सुधार गर्दै जाने हो भने हामी उपभोक्ताले एकातिर गुणस्तरीय उत्पाद पाउने छौँ भने अर्कोतिर बैकल्पिक बजार पनि जुन कि हामी उपभोक्ताको अधिकार हो । सम्पूर्ण वस्तु तथा सेवा प्रदायक कम्पनीहरूलाई हाम्रो शुभकामना कि तपाईँहरू आफूले बजारीकरण गरीरहेको उत्पादको गुणस्तर यति माथि लैजानुहोस् कि हामी उपभोक्ताले तपार्इँको उत्पादको विकल्प खोज्नै नपरोस् अनि तपाईँको उपभोक्ता अधिग्रहण नीति यति आकर्षक होस् कि हामीलाई तपार्इँको उपभोक्ता भनेर चिनाउँदा गर्व होस्, सकल शुभम् ।

 

र यो पनि पढ्नुहोस्

नेटवर्कः एक जानकारी तथा भ्रम र यथार्थ

पुस्तकको ज्ञानभन्दा साक्षात्कारीताको ज्ञान अनुभवबाट प्राप्त हुन्छ

खिम्ती जलबिद्युत आयोजना र एमसिसि खतरनाक मिसाइल

मानसिक समस्याका बारेमा खुलेर कुरा गरौं

कोरोना महामरीसँग जोगिएर बाँच्ने शिक्षा आवश्यक

महान् सहायक अथवा सर्वहारा उत्तराधिकारको अपील

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...