मानसिक समस्याका बारेमा खुलेर कुरा गरौं


के हो मनोरोग ?

मनोरोग भनेको मनको रोग हो । यदि कसैलाई कुनै कुराले धेरै तनाव दिन्छ र त्यो तनाव दुई साता भन्दा बढि रहन्छ र त्यसले दैनिकीमा समेत असर पुर्याउँछ भने त्यो मानसिक समस्या अर्थात डिप्रेसन हो । समान्यत तनाव सबैलाई हुन्छ तर त्यो तनाव लामो समय सम्म रहनु तथा बढ्दै जादाँ निराशापन छाउन्न थाल्दछ भने सम्झनु होस् त्यो डिप्रेसन अर्थात मनोरोग हो । मन दुःखी, उदास भयो भने केही समयमा सामान्य अवस्थामा फर्किहाल्छ । तर मन सामान्य रुपमा फर्किएन अनि दुई हप्तासम्म उदासी कायम रह्यो र अरु लक्ष्यण पनि देखिए भने त्यो डिप्रेसन भएको हुन सक्छ ।

मानसिक समस्या फरक फरक मानिसकलाई फरक फरक कारणबाट हुन सक्छ । आर्थिक, समाजिक, राजनैतिक, आफन्तको देहवास लगाएतका कारणबाट डिप्रेसन हुन सक्छन् । साथै हालै विश्वभर देखा परेको कोरोना संक्रमणका कारण पनि डिप्रेसनका रोगी बढ्न थालेको विभिन्न तथ्यांकहरुले देखाउछ । कोरोना भाइसर फैलन नदिन विश्वका अधिकांस देशले लकडाउन गरेसंगै उद्योगधन्दा, कलकारखारना, कार्यलय, होटल व्यवसाय, शैक्षिक संस्था लगाएत बन्द रहदाँ समग्र विश्वको अर्थतन्त्रमा समेत नकारात्मक असर परेका छ । जसका कारण कोरोना संक्रमणको त्राससंगै अर्थतन्त्रमा परेको असर, बेरोज्गारी लगाएतका विभिन्न समस्याका कारण मानिसमा मानसिक समस्या उत्पन्न भएका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययनहरुले देखाउँछ ।

मानसिक समस्याको अवस्था

मानसिक रोगीलाई हाम्रो समाजमा हेर्ने दृष्टिकोण सकारात्म भन्दा बढि नकारात्मक रहेको पाइन्छ । मानसिक रोग भन्ने वित्तिकै आम मानिसको सोचाइमा पागलपन भन्ने धारणा धेरै पाइन्छ । जसका कारण यदि कसैलाई मानसिक समस्या भएको खण्डमा कसैसंग खुलेर कुरा गर्न सक्ने अवस्था अझै छैन । जसका कारण माससिक समस्यामा भएका व्यतिm थप पिडामा बस्नु पर्ने बाध्यता छ । कसैलाई मानसिक समस्या छ भने त्यो पागलपनको मात्र समस्या होइन । यो त विभिन्न रसायनको गडबडीले गर्दा मष्तिस्कमा आउने एक समस्या हो ।

विश्व स्वास्थ्य संगठन डब्लु एचओका अनुसार विश्वमा करिब २६ करोड ४० लाख भन्दा बढि मानिस कुनै न कुनै मानसिक समस्याबाट ग्रसीत छन् । मानशीक समस्याकै कारण विश्वमा झन्डै ८ लाख व्यक्तिले आत्महत्या गरेको डब्लुएचओका तथ्यांकमा उलेख्छ । डब्लु एचओका अनुसार अफ्रिकी क्षेत्रमा २५.९१ प्रतिशत पूर्वीय भूमध्य क्षेत्रमा ३१.३६ प्रतिशत युरोपियन क्षेत्रमा ३६.१७ प्रतिशत तथा अमेरिकन क्षेत्रमा ५७.२२ प्रतिशत मानसिक समस्या रहेको छ । त्यस्तै दक्षिण पूर्व एशियामा ६०.५ प्रतिशत र पश्चिम प्रशान्त क्षेत्रमा ५४.०८ प्रतिशत मानशिक समया देखिएको छ । विश्वभर मानसिक समस्या पुरुषको तुलनमा महिलामा बढि देखिन्छ । जसमा अमेरिकामा पुरुषको तुलनमा महिलामा बढी मानसिक समस्या धेरै देखिन्छ ।

नेपालमा प्रत्येक ४ जनामध्ये १ जनामा मानसिक समस्या रहेको विभिन्न अध्ययनले देखाएको छ । त्यस्तै प्रत्येक ५ जना बालबालिका तथा किशोरकिशोरीहरु मध्ये १ जनामा मानसिक समस्या छ । त्यस्तै आत्महत्या गर्ने महिलाहरुमध्ये प्रजननसँग सम्बन्धित १२ प्रतिशत रहेका छन् भने १६ प्रतिशत मानसिक समस्या रहेको विभिन्न अध्ययनहरुले देखाउँछ ।

कोरोना भाइरससंगै मानसिक समस्या र आत्महत्या

विश्वका १९५ देशका दुई लाख ८० हजार भन्दा बढीमा देखिएको कोरोनाका कारण मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । कोरोना संक्रमणका विश्वभर नै मानसिक समस्या अझै बढेर जाने समेत विश्व स्वास्थ्य संगठन (डब्लु एचओ) ले बताएको छ ।

नेपालको आर्थिक वर्ष ०७५/०७६ मा पाँच हजार सात सय ५४ वटा आत्महत्याका घटना भएको प्रहरीको तथ्यांक छ । त्यस्तै चालु आर्थिक वर्षका सुरुवाती दिनमा आत्महत्याका घटना औसत भए पनि कोरोना महामारीपछिको लकडाउनका बेलामा यो संख्या ह्वात्तै बढेको छ । गत वर्ष अथवा लकडाउन हुनुपूर्वको अवधिमा ३ हजार ५ सय २४ जनाले आत्महत्या गरेको पाइएको छ भने लकडाउनको अवधिमा मात्रै १५ सय भन्दा बढीले आत्महत्या गरिसकेका छन् । यसले सामान्य अवस्थामा भन्दा लकडाउन अवधिमा आत्महत्या गर्नेको संख्या बढेको देखाउँछ ।

कोभिड–१९ का कारण नेपालमा लकडाउनको पहिलो महिना ४ सय ८७ जनाले आत्महत्या गरेका थिए । जुन अघिल्लो महिनाको तुलनामा २० प्रतिशतले बढी हो । लकडाउनको ७४ दिनको यो अवधिसम्म करिब १ हजार २ सय २७ जनाले आत्महत्या गरेका थिए । अर्थात प्रतिदिन औसत १६.५ जनाले आत्महत्या गरिरहेको तथ्यांक छ । आत्महत्याको दर नेपालमा मात्र नभएर विश्वभर अझै बढ्ने क्रममा देखिन्छ ।

आत्महत्याका घटनामा वृद्धि कोरोना महामारीको सन्त्रास तथा कुनै न कुनै रूपमा लकडाउनसँग जोडिएको छ । यदि कसैलाई कोरोना संक्रमण लागेमा समाजले हेर्ने दुष्टिकोणका कारण पनि कतिपय व्यतिmलाई संक्रमणसंगै मानसिक तनाव उत्पन्न हुने र मानसिक समस्याका कारण आत्महत्याको संख्या बढेको विभिन्न अध्ययनहरुले देखाउँछ । साथै क्वारेन्टीनमा बस्दाको समयमा उत्पन्न तनावका कारण समते कतिपयले क्वारेन्टीनमा नै आत्महत्या गरेका घटना समेत बाहिर आएका छन् ।

मानसिक तनावमा भएमा के हुन्छ ?

मानसिक तनावका कारण मानिसलाई थुप्रै किसीमका समस्याहरु देखापर्न सक्छ । डिप्रेसन, निराशापन, एन्जाइटिक डिसअर्डर, छटपटीको समस्या, त्यस्तै गरेर अनिन्द्राको समस्या देखापर्न सक्दछ । त्यस्तै दिक्क लाग्ने नरमाइलो लाग्ने, निराश हुने, छटपटी हुने, अत्यास लाग्ने ढुकढुकी बढ्ने हुन्छ भने कतिपय अवस्थामा मान्छेलाई मुटुकै समस्या भयो कि मलाई भन्ने पनि हुन्छ । साथै हातखुट्टा झमझमाउने, पोल्ने, कहिले यता दुखे जस्तो कहिले उता दुखेजस्तो लाग्न डर लाग्ने, पेट पोलेको जस्तो हुने समेत हुन्छ भने कतिपयलाई तनावका कारणले ग्याष्ट्रिकको समस्या समेत उत्पन्न हुन्छ ।

मानसिक रोगीलाई घर परिवार र समानजमा हेर्ने दृष्टिकोण तथा परिवार समाजको दायित्व

मानसिक रोगीलाई हाम्रो समाजमा हेर्ने दृष्टिकोण सकारात्म भन्दा बढि नकारात्मक रहेको पाइन्छ । मानसिक रोग भन्ने वित्तिकै आम मानिसको सोचाइमा पागलपन भन्ने धारणा धेरै पाइन्छ । जसका कारण यदि कसैलाई मानसिक समस्या भएको खण्डमा कसैसंग खुलेर कुरा गर्न सक्ने अवस्था अझै छैन । जसका कारण माससिक समस्यामा भएका व्यतिm थप पिडामा बस्नु पर्ने बाध्यता छ । कसैलाई मानसिक समस्या छ भने त्यो पागलपनको मात्र समस्या होइन । यो त विभिन्न रसायनको गडबडीले गर्दा मष्तिस्कमा आउने एक समस्या हो । सरुवाती अवस्थामै मानसिक समस्याका बारेमा कुराकानी गरेर विना औषधी यो समस्या समाधान गर्न सकिन्छ । तर यो समस्या लुकाएर अझै बढ्दै गएको अवस्थामा भने यसले ठूला ठूला दुर्घटना समेत निम्तीन सक्छ । त्यसैले घर परिवार तथा समाजमाले मानसिक रोगीलाई हेर्ने दृष्टिकोणमा परिर्वनका गर्नुका साथै आफ्नो समस्या बारे खुलेर कुराकानी गर्ने वातावरण सृजना गर्न परिवार तथा समाज अहम भूमिका खेल्नु पर्ने देखिन्छ ।

मानसिक समस्या न लुकाउ, बरु खुलेर कुरा गरौ

घर परिवार तथा समाजमा मानसिक रोगलाई हेर्ने नकारात्म दृष्टिकोणका कारण यो समस्यालाई लुकाउने तथा दबाएर राख्ने चलन छ । तर आफुलाई मानसिक समस्या छ भने त्यसलाई लुकाउनु तथा दबार राख्ने भन्दा पनि आफुलाई सहज हुने व्यतिmसंग आफुलाई परेको सस्याका बारेमा खुलेर कुराकानी गर्नु पर्ने पर्छ । यदि आफन्त साथीभाई संग खुलेर कुराकानी गर्न नसकेको अवस्थामा मनोचिकित्सकसंग गएर आफ्ना समस्याका बारेमा छलफल गर्न सकिन्छ । यसो गर्दा धेरै हद् सम्म मानसिक समस्याका कारण उत्पन्न हुने दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने मनोचिकित्सकहरु समेत बताउँछन् ।

डिप्रेसनको अवस्थामा मनमा एउटै कुरा घुमाइरहनु हुँदैन । बरु मन परिवर्तन गर्नुपर्छ । कुनै नराम्रो अनुभव मनमा लिइरहँदा मस्तिष्कमा समेत असर पुग्दछ । त्यसैले अनावश्यक कुरामा मनमा आएमा आफुलाई मनपर्ने क्रियाकलापमा आफुलाई व्यक्त राख्नु पर्दछ । कति पयलाई तनावका कारण निन्द्रा नलाग्ने समस्या समेत हुन सक्छ जसका लागि नियमित व्ययाम, स्वस्थ्यकर खाना, तथा सकारात्मक सोचलाई ल्याउन जरुरी छ ।

र याे पनि पढ्नुहाेस्: बालबालिका लागि पोषणयुक्त आहारको भूमिका

र याे पनि पढ्नुहाेस्: स्तनपान गराउँदा सौन्दर्यमा ह्रास होइन, स्तन क्यासर, स्वास्थ्य समस्यालाई कम गर्दछ



Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: