पुस्तकको ज्ञानभन्दा साक्षात्कारीताको ज्ञान अनुभवबाट प्राप्त हुन्छ

२०७७, १६ श्रावण शुक्रबार ११:००


आर्थिक दृष्टिकोणबाट नेपाल घोषित रुपमै विकासोन्मुख मुलुकहरुको सूचीमा पर्दछ । जहाँसम्म कुनै पनि देश आर्थिक रुपमा कुन स्तरमा रहन्छ सवाल आउँछ, यदि मैले कुनै अभिव्यक्ति राख्दा त्यसको अन्यार्थ नलाग्ने हो भने पक्कै पनि राष्ट्रको आर्थिक तथा मौद्रिक नीतिमा गएर यो सवालको जवाफ पूर्णविराममा दम तोड्छ । हुन त म यहि कुरालाई पूर्णविराम लाग्छ पनि भनेर अभिव्यक्त गर्न सक्थेँ तर पूर्णविराम लागेको श्रृङ्खला एउटा निश्चित अवधिमा पुगेर पुनः सक्रिय हुन सक्छ भने विकासोन्मुख मुलुकमा भने त्यो पुनः बौरिने सम्भावना रहँदैन किनकि आजसम्म बौरिएको बिरलै देखिएको छ ।

प्रस्तुत स्तम्भमा मैले यो विषयमा व्याख्या गरीरहँदा प्रारम्भमै यो कबुल गर्न चाहन्छु कि न त मैले आर्थिक तथा मौद्रिक नीतिमा सैद्धान्तिक रुपमा कुनै डिग्री नै हाँसिल गरेको छु न त मलाई औपचारिक रुपमा यो क्षेत्रमा अनुभव बटुल्ने सौभाग्य नै प्राप्त भयो तथापि अनौपचारिक रुपमा यो पाटोमा थोरै साक्षात्कारीताको सौभाग्य भने झुक्किएरै भए पनि जिन्दगीले मलाई प्रदान गरेकै छ । म पुस्तकको ज्ञानभन्दा साक्षात्कारीताको ज्ञान, जो अनुभवबाट प्राप्त हुन्छ, म विश्वास राख्ने पटमूर्खमा भने पक्कै पर्छु । यो स्तम्भमा म जे आदान–प्रदान गर्दैछु त्यो विषय निश्चितरुपमा मुलुकको आर्थिक तथा मौद्रिक नीतिसित परोक्ष सम्बन्ध राख्दछ ।

मुलुकको आर्थिक तथा मौद्रिक सम्मृद्धता तथा विकासमा राष्ट्रले अवलम्बन गरेको आर्थिक तथा मौद्रिक नीतिले अहम् भूमिका निर्वाह गर्ने यथार्थबाट शायदै कसैले फरक मत राख्ला । विकसित मुलुकहरुले आर्थिक तथा मौद्रिक नीतिमा विश्वव्यापी रुपमा एकल साम्राज्य निर्माण गर्नका लागि विभिन्न प्रयोग सरकारी तवरबाट पनि गर्ने गर्दछन् र व्यक्तिगत तवरबाट भयो भने पनि प्रचलित कानूनको दायरामा राखेर सो व्यक्तिको सम्भावनालाई निरुत्साहित पार्ने कार्य गर्दैनन् । यहाँनेर आएर म के निवेदन गर्न चाहन्छु भने बिल गेट्स्ले प्रारम्भिक आर्थिक तथा मौद्रिक नीति प्रयोग गर्दा, मार्क जुकरबर्गले प्रारम्भिक आर्थिक तथा मौद्रिक नीति प्रयोग गरिरहँदा, जेफ बेजोसले प्रारम्भिक आर्थिक तथा मौद्रिक नीति प्रयोग गरिरहँदा अनि ज्याक माले प्रारम्भिक आर्थिक तथा मौद्रिक नीति प्रयोग गरिरहँदा सम्भवतः सम्बन्धित मुलुकका कानूनहरुले उनीहरुलाई अनुमति दिइरहेको नहुन सक्छ तथापि तत्कालीन सरकारले उनीहरुलाई कहिल्यै निरुत्साहित गरेन किनकि उनीहरुलाई एउटा अन्दाज थियो कि प्रचलित आर्थिक तथा मौद्रिक नीतिभन्दा पृथक रहेका वहाँहरुको प्रयासले कतै विश्वव्यापी लोकप्रियता पायो भने वहाँहरुको मुलुकलाई आर्थिक सम्मृद्धता तथा मौद्रिक सबलता प्रदान गर्दछ र समयान्तरमा वास्तवमै त्यसो भएरै छाड्यो, आज माइक्रोसफ्ट, फेसबूक, अमेजन डट् कम्, अलिबाबा डट्कम्ले संसारको सिंगो अर्थतन्त्रलाई निर्देशित गर्ने मोडमा पुगेका छन् ।

यो स्तम्भमा मैले आफ्ना बिचारहरुलाई प्रस्तुत गरिरहँदा मेरो एक्लो मनोभावनालाई ओकली रहेको नभएर सम्भावनालाई सबै सामू, विशेष गरेर आर्थिक तथा मौद्रिक नीति निर्माण तहप्रस्तुत गर्ने दुस्साहस नभएर सत्प्रयास गरेको छु । भनाई पनि छ, अभ्यासले मानिसलाई पूर्ण बनाउँछ (Practice makes a man perfect) । पछिल्लो विश्वव्यापी आर्थिक क्रियाकलापका विषयमा सुक्ष्म विश्लेषण गर्ने हो भने बेरोजगारितालाई एक हदसम्म न्यूनीकरण गर्ने अभियानमा हालसम्म पहिलो नम्बरमा नेट्वर्क इण्डष्ट्रि नै रहेको छ भने त्यसपछि चाँडै पहिलो नम्बरमा पुग्ने द्रुततर गतिमा डिजिटल प्लेटफर्म अगाडि आइरहेको यथार्थबाट कसैले पनि मुख मोेड्ने हिम्मत जुटाउनै सक्दैन । विकासोन्मूख मुलुकमा यी २ क्षेत्रमा पहल गर्ने व्यक्तित्व सहजतापूर्वक प्राप्त गर्नु भनेको बालुवामा पानी हालेर महल ठडाउने बालक्रीडा जस्तै हो भनियो भने अत्युक्ति नठहर्ला किनकि यो क्षेत्रबाट जीवनयापनार्थ गरिने व्यक्तिगत प्रयास सम्मलाई भलै नजरअन्दाज गरिएला तर व्यापकता लिन थाल्यो भने विद्यमान प्रचलित कानूनको दुहाई दिएर साँझबिहानको छाक टार्न तल्लीन रहने अनि दीर्घकालीन सोच नभएका केही ब्युरोक्रेट्स् (सबै होइनन्) तथा रचनात्मक सोच पाल्ने हिम्मतै नभएका राजनैतिक पार्टीका केही नेता भनाउँदाहरु (वास्तविक नेता होइनन्) को पेलाहा प्रवृत्तिको शिकार हुन पुगेको तिक्त यथार्थ जगजाहेर छ ।

यो स्तम्भमा म जे अभिव्यक्त गर्दैछु, यसमा कुनै व्यक्तिविशेषसित मेरो कुण्ठा नभएर राष्ट्रले गम्भीरतापूर्वक लोचकता अपनाउनु पर्ने आर्थिक तथा मौद्रिक नीतिका विषयमा उदार बन्नु आवश्यक छ भन्ने अभिप्राय हो । जस्तो कि मैले विषय उठान गरीरहँदा माथि उल्लेख गरेको दुईवटा विषय छन्, त्यसैमा म स्पष्ट पार्ने सत्प्रयास गर्नेछु र यसमा म कतैकहिँ चुकेँ भने जानकार पक्षबाट स्वस्थ सुझाव तथा साथको म अपेक्षा गर्दछु ताकि हाम्रो सानो प्रयासले आगामी पुस्ताका लागि मार्ग प्रशस्त बनोस् ।

(१) नेटवर्क इण्डष्ट्रिः

यस विषयमा चर्चिँदा विभिन्न कालखण्डमा अनेक सञ्चार माध्यमबाट आएका अत्यन्त अपरिपक्व बिचारबाट अभिप्रेरित भइ नीतिनिर्माण तहले सस्तो लोकप्रियता लगायत सीमित स्वार्थसिद्धिका लागि बिना कुनै पर्याप्त अनुसन्धान तथा प्रमाण नेटवर्क ईण्डष्ट्रीलाई नेटवर्क व्यवसाय भनेर अन्यार्थ लगाइएको पाइन्छ र यो निरन्तरता हालै राष्ट्रमा सम्मानित रहेको प्रिन्ट मेडियाबाट पनि सरोकारवाला निकायको बहाला दिएर समाचार सम्प्रेषण गरेको पाइएको ताजै छ ।

पत्रकार जगत राज्यको चौथो अंग भनेर स्वयम् पत्रकार जगतले पैरवी गरिरहेको यथार्थ सर्वविदितै छ, त्यसो त राज्यका निर्णयात्मक तहका तीन अंगले कहिँ कतै चुक्ने अवस्थामा पत्रकार जगतले खवरदारी गरी सुव्यवस्थालाई स्थापित गर्नमा अहम् भूमिका निर्वाह गर्नु पत्रकार जगतको मूल धर्म हो । तर केहि स्वार्थलिप्त पत्रकारहरुको हलुको पत्रकारिताले सिंगो पत्रकार जगतले पाउनु पर्ने सम्मान नपाइरहेको तिक्त यथार्थका बारेमा मैले यहाँ ओकल्नु व्यर्थ शायद छ । अन्य देशहरुमा अपराध भएको हो वा होइन भनेर अनेक अनुसन्धान पश्चात् सम्बन्धित निकायले पत्रकार सम्मेलन गरेर मात्रै अपराधका बारेमा सार्वजनिक जानकारी गराइने प्रथा छ तर नेपालमा भने पहिला पत्रकार जगतले आ–आफ्नै पाराले अतिरञ्जित गरेर अपराध नभएको भएपनि सम्बन्धित निकायले धरपकड गरेर अपराध सावित गर्नै पर्ने सम्मको अवस्था विद्यमान छ, अचम्मको हाम्रो मुलुक ।

यसो भनिरहँदा मैले पाठक वर्गको ध्यानाकर्षण गर्नचाहेको कुरो के हो भने नेटवर्क इण्डष्ट्रीलाई नेटवर्क मार्केटिङ भनेर अवमूल्यन गर्दै सस्तो लोकप्रियताको पृष्ठपोषण गर्ने विद्यमान परिस्थितिबाट हामीले बाहिर निस्कनु अपरिहार्य छ । म यहाँ सवाल गर्छु, नेटवर्क इण्डष्ट्रीलाई नेटवर्क मार्केटिङ भनेर कलम चलाउने आदरणीय पत्रकार बन्धुहरुले नेपाल सन्दर्भका कतिवटा नेटवर्क कम्पनीमा आवद्धता ग्रहण गर्नुभएको अनुभव छ र ती कम्पनीले अवलम्बन गरेको बोनस अनि कमिशन प्रवाहको प्रणाली के के थिए ? यदि गर्नुभएको छ भने अन्यथा गूगलमा, युट्युवमा जोकोहिले एउटा कोठामा बसेर तैयार पारेको सामग्रीका भरमा त्यस्ता अर्थहीन कुरालाई बढावा दिनु कहाँसम्म न्यायसंगत हो ? ड्राइभिङ लाइसेन्स सम्बन्धि पुस्तक पढेकै भरमा गाडी हाँक्न सकिन्छ वा प्रयोगात्मक रुपमा ड्राइभिङको प्रशिक्षण लिनु आवश्यक छ ? यो सवालको जवाफ यदि खुट्याउन सक्नुभयो भने आजसम्म नेटवर्क इण्डष्ट्रीका बारेमा भ्रमपूर्ण पैरवी गर्ने साथीहरुको सुबिहानी हुने थियो कि ?

प्रत्यक्ष व्यापार प्रणालीका विषयलाई लिएर नेपाल सन्दर्भमा बनेको मस्यौदा कानूनका सन्दर्भमा पनि थोरै चर्चौं यहाँ । सिंगो विश्वमा प्रत्यक्ष व्यापार प्रणालीको विश्वव्यापी महासंघ (WFDSA) ले “वस्तु तथा सेवा” भनेर प्रत्यक्ष व्यापारको क्षेत्रलाई विस्तृत बनाएको छ भने नेपाल सन्दर्भको मस्यौदा कानूनमा “वस्तु” मात्र समेटेर “सेवा” लाई स्पष्ट अलग्याएको छ । यसमा कुनै द्वीमत छैन कि प्रत्यक्ष व्यापार प्रणालीमा उपभोक्ताको हकहितको प्रत्याभूति दिइएको हुन्छ । नेपालको सन्दर्भलाई नियालेर हेर्ने हो भने विश्वव्यापी बजार प्रदान गरिनु पर्ने क्षेत्रमा जडिबुटीबाट उत्पादित वस्तुलाई विश्वबजार दिन आवश्यक छ तथापि वस्तुका बारेमा मात्र संकुचित भएर नीति निर्माण गर्नुभन्दा पर्यटन व्यवसायलाई समेत यसमा समेटेर क्षेत्र प्रशस्त गर्ने हो भने नेपाल र नेपालीलाई भावी दिनहरुमा यसले निश्चित रुपमा अत्याधिक फाइदा पु¥याउने कुरामा कुनै शंका छैन तर हाम्रो दुर्भाग्य, प्रत्यक्ष व्यापारको मूलमर्मलाई नै आत्मसात् गर्न नसकेको अपांग नीति अन्तर्गत प्रत्यक्ष व्यापारले समयान्तरमा यसक्षेत्रमा सक्रिय रहेका महानुभावलाई पटक पटक घात पुग्ने कुरामा कुनै शंका छैन यसअर्थमा कि नीति स्पष्ट छैन ।

अर्कोतिर नेटवर्क व्यवसाय भनेर यो इण्डष्ट्रीलाई उत्पादक तथा सहजकर्ताका बारेमा मात्र पैरवी गरिएको पाइन्छ किनकि नेटवर्क व्यवसाय त उनीहरुको लागि मात्र हो । सो व्यवसायमा उद्यमीका हैसियतले आवद्ध सदस्यहरुका लागि त यो व्यवसाय नभएर मार्केटिङ हुन आउँछ । यसरी हेर्दा नेपालमा नेटवर्क व्यवसाय सञ्चालन गर्न चाहने सीमित व्यक्तिहरुको पक्षमा मात्र यो कानून मस्यौदा गराइएको स्पष्ट हुन आउँछ । अर्कोतिर नेटवर्कमा सदस्यहरुको लगानी भन्ने शब्दले पनि नेटवर्क मार्केटिङको मूल मर्मलाई समेटेको पाइँदैन किनकि यदि कुनै व्यक्तिले कुनै प्रत्यक्ष व्यापार गर्ने कम्पनीको सदस्यता ग्रहण गरीरहँदा सम्बन्धित कम्पनीमा लगानी गरीरहेको हुँदैन बरु सम्बन्धित कम्पनीले बजारीकरण गरिरहेको वस्तु तथा सेवाको निरन्तर उपभोग तथा प्रवद्र्धन गर्ने हैसियत प्राप्त गर्दछ । यहाँ प्रश्न आउन सक्छ कि त्यसोभए शुरुमा कम्पनीलाई बुझाइने एकमुष्ट रकम कता गयो त ? हजुर, सो रकमवापत कम्पनीले उत्नीखेरै एउटा प्याकेज (वस्तु वा सेवा) प्रदान गरेकै हुन्छ अर्थात् कुनै व्यक्तिले कुनै प्रत्यक्ष व्यापार गर्ने कम्पनीको सदस्यता ग्रहण गरीरहँदा एक हातले रकम दिँदा अर्को हातले वस्तु तथा सेवा लिइरहेको हुन्छ, हिसाबकिताब बराबर, कम्पनीसित सदस्यको लिनुदिनु केहि रहँदैन । यो फरक कुरा हो कि कम्पनीको प्रवद्र्धन नीतिलाई कम्पनीका तर्पmबाट पैरवी गरीरहने लिडरहरुले नयाँ सदस्यलाई “हामीले शुरुमा दिएको रकम कम्पनीमा हाम्रो लगानी नभएर कम्पनीले प्रवद्र्धन गरेको वस्तु तथा सेवाको मूल्य हो” भनेर स्पष्टाउन नसकेकाले नै आजसम्म विभिन्न समस्याहरु झेलिरहन परेको छ । कम्पनीका लिडर भनाउँदाहरुले नै “सानो अथवा थोरै लगानीबाट” भनेर पैरवी गरिरहेको हामी पाउछौँ र नयाँ सदस्यको दिमागमा यहि “सानो अथवा थोरै लगानी” भन्ने वाक्यांशले जरा गाडेको हुन्छ अनि लगानीकर्ता भएकोले आपूmलाई कम्पनीको मालिक सम्झन्छ र कम्पनीले निर्दिष्ट गरेको दायित्वबोाध भने नगर्दा समायान्तरमा उसलाई कुनै फाइदा नभएको अवस्थामा शुरुमै वास्तविकता नबुझेर “सानो अथवा थोरै लगानी” गरेको भ्रम पाल्नेहरुले फलाना कम्पनीले हामीलाई ठग्यो, झुक्यायो, हाम्रो लगानी डुब्यो भनेर मुद्दामामिला गर्दछन् भने ठीक त्यहिबेला न्यायिक पक्षले पनि नीतिको मूलमर्मलाई नजरअन्दाज गर्दै अभियोगलाई नै पृष्ठपोषण गरेर पैmसला सुनाउँदै आएको हामी पाउछौँ । एकछिन सोचौँ त, के सबै अभियोग सत्य होलान्, कोहि व्यक्ति मेरो घरमा डेरावाला भएर बसीरहँदा मेरो घर नै उसको भनेर दावी गर्छ भने त्यो कति उचित ? नेटवर्क कम्पनीका विषयमा अनर्गल आरोप–प्रत्यारोप लागीरहँदा कम्पनीलाई कारवाही गर्नुको सट्टा कम्पनीका बारेमा गलत विवरण सम्प्रेषण गर्ने लिडरलाई नसीहत दिएर सुशिक्षित गर्नुका साथै त्यस्तो गलत भ्रममा परेका फिरादीलाई कम्पनीले प्रारम्भमै वैधानिकता ग्रहण गर्दा तयार पारेर अनुमति लिँदाको शर्त तथा प्रक्रियाका बारेमा स्पष्ट पारेर शुरुमा दिइएको रकम लगानी होइन भनेर स्पष्टाएर पठाउनु न्यायिक निकायको दायित्व हुन आउँछ जसले गर्दा नेटवर्क इण्डष्ट्रिले स्वस्थ भएर विस्तृत हुने मौका पाउँछ र प्रत्यक्ष व्यापारको वास्तविक WIN WIN नीतिबाट सबैले फाइदा लिन पाउनेछन् ।

प्रस्तुत साइटले प्रत्यक्ष व्यापार प्रणालीको विश्वव्यापी महासंघ (WFDSA) बाट मान्यता प्राप्त नेटवर्क कम्पनीका बारेमा मात्रै जानकारी प्रवाह गर्दछ ती कम्पनीबाट हुने बोनस् तथा कमीशन प्रवाहको तथ्यांक प्रदान गर्दछ ।

विश्वव्यापी अर्थनीतिको प्रवाहमा एकतिहाइभन्दा पनि बढी क्षेत्र ओगटीरहेको नेटवर्क इण्डष्ट्रीलाई निरुत्साहित गर्ने कि अनुकुल वातावरण बनाएर क्षेत्र प्रशस्त गर्ने ? यो जिम्मा नेतृत्व तथा नीति निर्माण तहको हो ।

(२) डिजिटल प्लेटफर्म र लगानीः

डिजिटल प्लेटफर्मले मात्र एक दशकमा सावित गरिसकेको छ कि अबको दुनियामा डिजिटल इण्डष्ट्रीको जबर्दस्त पकड रहनेछ । सन् २०१० मा संसारका शीर्ष १० जना धनी व्यक्तिहरुको सूची हेर्ने हो भने प्रविधिका क्षेत्रबाट मात्र २ जना व्यक्तिहरु सूचीकृत हुनुहुन्थ्यो भने त्यसको ठीक १० बर्षपछि आज सन् २०२० मा आइपुग्दा शीर्ष १० जना धनी व्यक्तिहरुको सूचीमा ७ जना सूचीकृत हुनुहुन्छ । यो तथ्यांकबाट जोकोहिले पनि सहजै अन्दाज गर्नसक्छ कि अबको वित्तीय दुनिया कता कोल्टो फेर्दैछ । सरकारमा गहन जिम्मेवारी सम्हाली रहनु भएका एक सम्मानित व्यक्तित्वले पनि यस विषयमा पैरवी गर्ने श्रीगणेश गनुभएको छ । सबैभन्दा पहिला राज्यले मौद्रिक नीतिलाई परिमार्जन गरी मुद्रालाई डिजिटल बनाएर सम्पूर्ण नागरिकलाई प्रोत्साहित गर्नु जरुरी छ । हजुर, इन्टरनेटको पहँुच नभएका भूगोलकालागि भने सानो आयतनका नोटहरुको प्रयोगलाई निरन्तरता दिनु भने पक्कै आवश्यकीय हुन्छ ।

लगानीकै सवालमा नेपाली नागरिकले विदेशमा लगानी गर्ने अवसर भने पाएका छैनन् र शायद राज्यको लगानी नबारियोस् भन्ने मनसायले यसो गरिएको हुनु पर्दछ । तर योभन्दा एक कदम अगाडि गएर सोच्ने हो भने यो नीति कतिको सही भन्ने सवालको जवाफ सहजै प्राप्त हुन्छ । यदि विदेशका सफल कम्पनीमा नेपालीले लगानी गर्ने अवसर प्राप्त भएमा पहिलो चरणमा निश्चित रुपमा लगानी बाहिरिन्छ तर दोश्रो चरणदेखि मुनाफा त हाम्रै देशमा भित्रिने हो नि । ठीक छ, मुनाफा भित्रिन्छ भन्ने अनिश्चितताको पक्षधर भइ लगानी गर्न दिने जोखिम लिन सकिँदैन भने इच्छुक नागरिकलाई आफ्नै जिम्मेदारीमा न्युनतम रकमबाट वैदेशिक लगानी गर्न दिँदा पनि त हुन्छ । जस्तो कि सन् २०१० मा एक इकाइँ बिट्क्वाइन्को विनिमय दर ०.०००८ देखि ०.०८ डलरसम्म अर्थात् तत्कालीन नेपाली करीब ०.५ पैसादेखि रु. ५.६० सम्म थियो । त्यतिखेरको सरकारले सरकारी तवरबाट नभइ इच्छुक नागरिकले आफ्नै व्यक्तिगत जिम्मेवारीमा मात्र १ डलर (तत्कालीन नेपाली रु. ७०) सम्मको बिट्क्वाइन् लिन पाउनु हुनेछ भनेर अवसर दिएको भए इच्छुक नेपालीले त्यतिखेर रु. ७० मा किनेको १२.५ बिट्क्वाइन्को वर्तमान विनिमयदर अनुसार १३८००० डलर अर्थात् रु. १,६४,००,००० भन्दा माथि रकम प्राप्त गर्ने अवसर १० वर्षमै आइसक्थ्यो । यहाँ कुरा प्रलोभनको नभएर अवसर तथा प्रतिफलको हो । अभैmपनि ढिला भइसकेको छैन, विश्वव्यापी रुपमा अत्यन्तै सफलतम अनि प्रतिष्ठित व्यक्ति तथा कम्पनीले यो अवसर प्रदान गरीरहेका छन् । सरकारले अहिले पनि आफ्नै जिम्मेवारीमा आफ्नै छनौटमा न्युनतम रकम लगानी गर्न पाउने वातावरण बनाउने हो भने अबको १० वर्षपछि पक्कै पनि हामी नेपालीले नेपालमै हाम्रो आफ्नो काम गर्दागर्दै डिजिटल प्लेटफर्मको अविश्वसनीय प्रतिफल लिन पाउनेछौँ । लगानीको यो पक्षका लागि सरकारले नीति परिमार्जन गर्नपर्ने सम्मको झञ्झट पनि आवश्यक पर्दैन, मात्र मार्ग प्रशसत गरे पुग्छ, थोरै लोचकता अपनाए पुग्छ ।


र यो पनि...

उपत्यकामा अतिआवश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द, नीजि सवारीमा जोर-बिजोर प्रणाली लागू गर्न माग

नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

विज्ञानदेव पाण्डे नेपाली सेनाका सहायक रथीबाट उपरथीमा बढुवा

भदौ १५ गतेसम्म पुनः यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णय, सीमा नाकामा थप कडाई गरिने

राष्ट्रिय वाणिज्य बैंकको खाँदबारीमा एक्सटेन्सन काउन्टर शुरु

पानीको माग गर्दै रुद्री पुजा

इसेवा एपबाट रकम पठाउँदा ५५ रुपैयाँ क्यासब्याक

देशभर कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुग्यो

गत २४ घण्टामा राजधानीमा थप ४४ जना कोरोना संक्रमित


One response to “पुस्तकको ज्ञानभन्दा साक्षात्कारीताको ज्ञान अनुभवबाट प्राप्त हुन्छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: