खिम्ती जलबिद्युत आयोजना र एमसिसि खतरनाक मिसाइल

२०७७, १३ श्रावण मंगलवार १२:०९


खिम्ती जलबिद्युत आयोजना नेपालको पहिलो निजी त्यो पनि नर्वेजियन बिदेशी ठुलो हाइड्रो पावर कम्पनी हो । नेपाल बिद्युत प्राधिकारणलाई कंगाल बनाउनमा यहाँका भ्रष्ट कर्मचारी र नेता मात्रै काफी छैन नर्वे अर्थात पश्चिमाको पनि ठुलो हात छ भन्ने कुरा कसैले बिर्सनु हुँदैन । यदि कुलमान घिसिङ जस्तो बौद्धिक र इमान्दार इन्जिनियरलाई कार्यकारी महानिर्देशक नबनाएको भए खिम्ती जलबिद्युत आयोजनाले नै आज नेपाल बिद्युत प्राधिकरणका कर्मचारीहरुलाई तलव खुवाउन र सामान्य तरिकाले चलाउन पनि (भ्रष्टचार गर्दै संचालन गर्न) नेपाल सरकारसँग अनुदान माग्नु पर्थ्यो, धन्न माओवादी नेतृत्वको सरकारले कुलमान घिसिङलाई चिनेछन । कुलमान घिसिङको बारेमा यहाँ मैले परिचय दिईराख्नु पर्दैन उनी नेपालका सुपरस्टर इन्जिनियर अर्थात नेबिप्राका एमडी हुन् ।

राधा ज्ञावाली जस्तो भ्रष्ट मन्त्रीले कुलमान घिसिङ जस्तो इमान्दार मानिसलाई चिन्न नसकेर चिलिमे हाईड्रो पावर रसुवाबाट सरुवा गर्दा रसुवाबासीले लामो समय हड्ताल नै गरेका थिए । तत्कालिन एमाले र कांग्रेसको पार भएको भए र माओवादी नेता प्रचण्ड र जनार्दन शर्माले कुलमान नचिनेको भए आज नेबिप्राको हालत झण्डै चितवन नारायण घाटमा रहेको भृकुटी कागज कारखाना जस्तो बन्नु पर्ने स्थितिमा पुग्न बेर लाग्दैनथ्यो ।

नेपालीहरुको सौभाग्य र जनार्दन शर्माको प्रयासले कुलमान जस्तो इमान्दार र बौद्धिक इन्जिनियर त्यहाँ पुगेर आज देश झलमल्ल छ । माओवादीले जनयुद्ध पश्चात गरेका एउटै मात्र उदाहरणीय काम भनेकै कुलमान घिसिङलाई चिनेर देशमा बाइस घण्टा सम्मको लाडसेडिङ घटाएर देशमा उर्जा आपुर्ती बढाएको हो भन्दा फरक नपर्ला । एमसिसि (मल्टिमिलिनियम च्यालेन्ज कर्पोरेसन) पनि भण्डै उस्तै र अझ खिम्ती जलबिद्युत आयोजना भन्दा पनि कयौ गुणा खतरनाक योजना हो भन्ने कुरा अहिलेका नेता तथा सरकारले कतिको कुरा बुझेका छन ? यो प्रश्न सबैले मनन गर्नुहोला ।

कुरो के भन्दा कसैको जय जय र कसैको बिरोध गर्नु छैन । खिम्ती जलबिद्युत अयोजना र एमसिसिको बारेमा चर्चा गर्नुभन्दा पहिला युरोपिएन वा पश्चिमाहरु को हुन यिनका चरित्र र योजनाहरु कस्ता हुन्छन भन्ने कुराहरु बुझ्न जरुरी छ । खिम्ती जलबिद्युत आयोजना कसले कसरी बनाएको हो ? सबै नेपाली जनतालाई थाह नहुन सक्छ । खिम्ती जलबिद्युत आयोजना बन्नुभन्दा पहिला नेपालमा इसाईहरु बाइवल बोकेर छिरेको धेरै लामो समय भई सकेको थियो । बाइवल कसरी र किन छि¥यो त नेपालमा ? भन्ने पनि कतिलाई थाह नहुन सक्छ ।

युनाईटेड मिसन टु नेपाल भन्ने आईएनजिओ जुन क्रिश्चियन धर्म प्रचारक सस्था १९५४ देखि नै सक्रिय रुपमा नेपालमा पसेका थिए । यो धर्म प्रचारक आईएनजिओको मुल मक्सत भनेको धर्म प्रचारक मात्रै थिएन नेपालका बिभिन्न जातजाति र धर्मलम्बीहरुलाई धर्म परिवर्तन गर्न लगाएर एक आर्कामा भेदभावको खाडल देखाएर जाति जातिबीच धर्म धर्मबीच फुट ल्याएर जातिय र धर्मिक द्वन्द्व फैलाई अफ्रिकामा जस्तै गृहयुद्ध गराइ नेपाललाई तहन नहस गरी यहाँको प्रकृतिक श्रोत कब्जा गर्नु र उनीहरुको गुलाम बनाउनु थियो ।

युनाईटेड मिसन टु नेपाल भन्ने आईएनजिओ जुन क्रिश्चियन धर्म प्रचारक सस्था १९५४ देखि नै सक्रिय रुपमा नेपालमा पसेका थिए । यो धर्म प्रचारक आईएनजिओको मुल मक्सत भनेको धर्म प्रचारक मात्रै थिएन नेपालका बिभिन्न जातजाति र धर्मलम्बीहरुलाई धर्म परिवर्तन गर्न लगाएर एक आर्कामा भेदभावको खाडल देखाएर जाति जातिबीच धर्म धर्मबीच फुट ल्याएर जातिय र धर्मिक द्वन्द्व फैलाई अफ्रिकामा जस्तै गृहयुद्ध गराइ नेपाललाई तहन नहस गरी यहाँको प्रकृतिक श्रोत कब्जा गर्नु र उनीहरुको गुलाम बनाउनु थियो । यिनिहरु मिसनरीले नेपालको गरिबीलाई हतियार बनाएर जहाजहाँ गरिब बस्तीहरु छन तिनै तिनै ठाउँहरुमा आफ्नो योजनाहरु अघि सार्दै र पढेलेखेका जतिलाई तिनको मुख्य नाइके बनाएर ब्यापक धर्म परिवर्तन गर्न लगाए । उनीहरुले नेपालका पढेलेखेका, बाठो, र लोभी मानिस कस्ता छन भन्ने कुरा अनुसन्धान गरि पत्ता लगाएका थिए । नेपालमा क्रिश्चियन धर्मलाई बिकास गर्न छिरेर ब्यापक धर्म प्रचार प्रसार गरेर हिन्दु र बौद्ध धर्मप्रति नराम्रो घृणा फैलाउने प्रयत्न गरे । तर यो भगवान जन्मिएको देवभूमिका मानिसहरु उनीहरु जस्तो राक्षवी प्रबृतिका थिएनन र यहाँ तेस्तो कुनै जातिय र धार्मिक गृहयुद्ध रतmपात हुन र गराउन सकेनन । नेपालमा पश्चिमाहरुले द्वन्द्व र गृहयुद्ध गराउन अनेकौ प्रयास र प्रयत्न गरेको कतिलाई बुझेका छन त ? सम्भवत नेपालका रानितिक पार्टीहरुलाई पनि यिनैको कठपुतली बनाईरहेका छन । यिनिहरुको देखाउने दाँत र चपाउने दाँत भिन्दाभिन्दै हुन्छ ।

अमेरिकन र पश्चिमा को हुन ? यो जान्न पनि जरुरी छ अमेरिकीहरु नै युरोपियन हुन् १४९२ मा क्रिष्टोफर कोलोम्बसले अमेरिका पत्ता लगाएपछि युरोपियन देशका तानाशाही र निरंकुस साशकहरुको अत्यचार सहन नसकेर युरोपबाट भागेर अमेरिका पुगेका खैरा छाला भएका अपराधि र पापिष्ट मनुवा नै आजका अमेरिकन हुन । आजका अमेरिकन कालाजातिहरु भने पशुजसरी किनेर काम गर्नका लागि अमेरिका पु¥याइएका दाशहरु नै काला जातिका आजका अमेरिकन निग्रोहरु हुन ।

मार्टिन लुथर र अब्राहम लिंकन नजन्मिएको भए आजसम्म अमेरिकी काला जातिको हालत र हबिगत आजको हैसियतमा हुदैनथ्यो । संसारका अपाराधि र पापिष्ट चरित्रका यो धर्तीका मावन जाति भनेकै युरोपिएनहरु हुन् । १९९० पछि अलिक सभ्य भएका हुन संसार भरका संपुर्ण युद्धका प्रमुख कारक र डिजाईनर युरोपिएन र अमेरिकन हुन भन्ने कुरा संसारका कुनै पनि देशले भुल्नु हुदैन । यो शब्द लेखिरहँदा पनि मध्य पुर्वमा अमेरिकीहरुले मानिस मारिरहेका छन यो पनि बिर्सनु हुँदैन । युद्ध, शिक्षा र सभ्यताका कारण मात्रै तिनिहरु केही हदसम्म संयम भएका हुन नत्र यिनिहरु राक्षवी चरित्रकै हुन्छ हिटलर त एक प्रतिनिधि पात्र हुन भन्ने सबै विस्वलाई थाह होला ।

खिम्ती जलबिद्युत आयोजना त्यसै बनेको हैन यिनिहरुको अर्कै मक्सत थियो । खिम्ती जलबिद्युत आयोजना नर्वेजियन कम्पनी स्टेकट क्राफ्ट र नरफण्ड भन्ने नर्वेको निजी र सरकारी स्वामित्वमा रहेको एक बहुराष्ट्रिय हाईड्रोपावर कम्पनी हो । यो कम्मनी युनाइटे मिसन टु नेपाल भन्ने आईएनजिओले सुरु गरेका हुन । युनाइटेड मिसन टु नेपालले प्रबिधिक शिक्षा तालिम केन्द्र बुटवल टेक्निकल स्कुल भन्ने एउटा ईन्सचिच्युट बुटवलमा खोलेको छ जुन श्रम शोषण गर्ने ईन्सचिच्युट हो यसका अन्य कम्पनी र सस्थाहरु पनि थुप्रै छन ति मध्ये एनएचई भन्ने कम्मनी र बुटवल पावर कम्पनी पनि एक हो । यि दुइवटा कम्पनी यिनै मिसनले खोलेको कम्पनी हो । यही बुटवल पावर कम्पनीले काम सुरु गरेर स्टेटक्राफ्ट र नर फण्डलाई मुख्य लगानी गर्न लगाई हाईड्रोपावरबाट नेपालमा ठुलो ब्यापार गर्ने उद्देश्य स्वरुप हिमाल पावर लिमिटेड भन्ने कम्पनी खोलेर खिम्ती एक जलबिद्युत आयोजना बनाएका हुन ।

खिम्ती एक जलबिद्युत आयोजनाबाट यो हिमाल पावर लिमिटेड कम्पनीले नर्वेमा नेबिप्राको बर्षेनी करिब चार अरब रुपैया नर्वे पठाउँछ । पत्याउन बिश्वास लाग्दैन खिम्ती एक जलबिद्युत आयोजना जम्मा ६० मेघावटको हो । बर्षा याममा ६० हिँउदमा जम्मा १६ मेघावाटसम्मको मात्रै यस आयोजनाबाट बिद्युत उत्पादन गर्दछ तर यस कम्पनीले भने १४० मेघावाटको भन्दा बढी पैसा नर्वे लैजान्छ । यो कसरी भयो त ? खेल अर्कै छ देखाउने र चपाउने दाँत बेग्ला बेग्लै छ । यि अपराधिले अमेरिकी डलरमा सम्झौता गरेका थिए र अझै पनि उही छ ।

नेपालका भ्रष्ट बुद्धिहिन राष्ट्रघाती नेताले खिम्ती जलबिद्युत आयोजनालाई करोडौं कमिशन खाएर अमेरिकी डलरमा सम्झौता गर्दाखेरी यस्तो हुन गएको हो भन्ने हल्ला गरेता पनि नर्वेले नै नेपाललाई फसाएका हुन । यो आयोजना सम्झौता गर्ने बेलामा नेपालमा अमेरिकी डलरको भाउ करिव अमेरिकी एक डलार बाराबर नेपाली ४७ रुपैया जति थियो तर पछि यो बढेर ११२ को हाराहारीमा पुग्न गयो भने सम्झौता अनुसार डलरमा पैसा तिर्नु पर्दा नेबिप्रालाई कति घाटा लाग्यो त ? नेबिप्राले जनतासँग असुल्ने शुल्क भन्दा कयौ गुण बढी भण्डै प्रतियुनिट २३ रुपैयासम्म तिर्नु परेको छ खिम्तीले भने हामी आफै हिसाब गरौं ६० मेघावट क्षमताको आयोजनाले कति पैसा असुल्छ ? यो आयोजना नेपालमा कसरी पस्यो यिनको मुख्य मक्सत के हो नेपालीहरुलाई कसरी किन्यो र फसायो ? किन यस्तो सम्झौता भयो खिम्ती बाहेक अन्य योजना यिनिहरुले किन बनाएनन् यसका पनि थुप्रै कारणहरु छन तर ति सबै कारण यहाँ उल्लेख गर्न सम्भव छैन राम कहानी थुप्रै छन यि अपराधिहरुका ।

खिम्ती जलबिद्युत आयोजना र एमसिसिभित्रका दालमा कुछकाला केही तत्वहरु हुन कि भन्ने शंका, खिम्ती जलबिद्युत आयोजनाका तत्कालिन पल्लान्ट मेनेजर खडग बहादुर बिष्ट नै अहिलेका एमसिसि मल्टिमिलेनियम च्यालेन्ज कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छन । कुछ काला हे यो भित्र पनि ठुलो रहस्य छ, यो रहस्य पनि खै कस्ले खोतल्ने त ? मानिसहरु भेडा झै कराउँछन र उफ्रन्छन तर रहस्यहरु केही जानेका हँुदैनन नेपालका नेतालाई त म नेता मान्दिन यि दलालहरु हुन ।

यिनले न दूरदर्सिता जन्दाछन न त रहस्य नै बुझ्दछन बस यिनलाई टिकट पाउनु प¥यो, चुनाव धाँधली गरेर, किनेर भएपनि जिन्तु प¥यो अनि सत्ता कुर्सी र पैसा पाए भयो । यिनले जनता भुलाउन राष्ट्रियताका नक्कली बब्दहरु रच्न त जान्दछन तर बुद्धि र राष्ट्रवाद भने यिनको केही छैन । यिनै नेताले कुरा बुझेको भए आज खिम्तीले नेपालबाट तेत्रौ लुटन सक्दैनथे । पश्चिमाहरुको चरित्र र नेपाली नेताको बौद्धिकता र राष्ट्रियता कस्तो भन्ने कुरा खिम्ती त एक सानो उदाहरण मात्रै हो यस्ता त कयौ उदाहरणहरु थुप्रै छन ।

यिनले न दूरदर्सिता जन्दाछन न त रहस्य नै बुझ्दछन बस यिनलाई टिकट पाउनु प¥यो, चुनाव धाँधली गरेर, किनेर भएपनि जिन्तु पर्यो अनि सत्ता कुर्सी र पैसा पाए भयो । यिनले जनता भुलाउन राष्ट्रियताका नक्कली बब्दहरु रच्न त जान्दछन तर बुद्धि र राष्ट्रवाद भने यिनको केही छैन । यिनै नेताले कुरा बुझेको भए आज खिम्तीले नेपालबाट तेत्रौ लुटन सक्दैनथे । पश्चिमाहरुको चरित्र र नेपाली नेताको बौद्धिकता र राष्ट्रियता कस्तो भन्ने कुरा खिम्ती त एक सानो उदाहरण मात्रै हो यस्ता त कयौ उदाहरणहरु थुप्रै छन ।

एमसिसिमा खडग बहादुर बिष्ट नै किन सिइओ बने रहस्यमाय कुरा हो । उनले र एक सन्दिप शाह भन्ने माफियाले खिम्ती जलबिद्युत आयोजनाका सयौ स्थानीय मजदुर कर्मचारीहरुको जागिर खाईदिएका थिए । ओभर स्टफिङ्ग भयो भनेर त्यहाँका स्थानीय मजदुरहरुलाई सित्तैमा एकै चोटी सयौको संख्यामा मजदुरहरुलाई लखेट्न खोज्दा लगातार ७२ दिनरात चौबिसै घण्टाको ठुलो र लामो समयको आन्दोलन भएको थियो । सायेद मलाई लाग्छ यो आन्दोलन नेपालको मजदुर आन्दोलनको ईतिहासमा सबैभन्दा लामो समयसम्म भएको एक ऐतिहासिक मजदुर आन्दोलन थियो तर मुजदुरहरुको अथक प्रयासपछि थोरै पैसा दिएर सबै स्थानीय मजदुरहरु निकालेका थिए त्यसैले पनि प्रमाणित गर्छ कि यो चोर कम्पनी हो भन्ने ।

यस आयोजनाले नेपाललाई यतिसम्म लुट्यो कि पिपिए नै ५० बर्षको बनाउन लगाएको रहेछ बल्ल २० बर्ष पुग्न लाग्यो अझै यिनले नेपाललाई ३० बर्षसम्म लुटिरहन्छ यो २० बर्षमा नेबिप्राबाट झण्डै ७० देखि ८० अरब रुपैया नेपालबाट नर्वे लगि सकेका छन् । यतिको लुट्दा पनि यिनले न त स्थानीयस्तरमा कुनै प्रभावकारी विकास गरे न त स्थानीय जनतालाई रोजगार र अवसर नै दिइएका छन । केही मानिसहरलाई जागिर दिएपनि सानो सानो पदमा मात्रै राखेका छन । पश्चिमाहरु र अमेरिकीहरुले टाठाबाठ चलाख र धुर्त नेपालीहरु सबैको बायोडेटा संकलन गरिसकेका हुन्छन जुन स्वयम् उसैलाई नै थाह हुँदैन ।

उनीहरुलाई राम्रो थाह हुन्छ कि कुन नेपालीलाई प्रयोग गर्दा उनीहरुको उद्देश्य पुरा हुन्छ भन्ने कुराहरु ? खडग बाहदुर बिष्ट एक संयोग हैन प्लान हो उनी जस्ता हजारौ नेपालीहरुलाई अहिले पनि बिभिन्न संघ सस्थामा प्रयोग गरिरहेका छन जुन नौलो कुरा हैन । बिष्टले यस आयोजनामा सबै अन्य ठाउँका कर्मचारीहरु मात्रै राखे स्थानीयहरुलाई आन्दोलन र हडताल गर्छ भनेर रोजगार नै दिएनन । स्थानीय कर्मचारी राख्यो भने बिभिन्न माग राख्छ र शोषण गर्न सकिदैन भन्ने यिनलाई राम्रोसँग थाह छ । खिम्ती आयोजनाले न त स्थानीयलाई फाईदा पु¥यायो न त देशलाई नै, नेबिप्रा त झन कंगाल बनाएको छ । अहिले पो थुप्रै आयोजना बनिसके, भारतबाट पनि बिद्युत निर्यात गर्दछन र, नत्र खिम्ती कै कारण नेबिप्रा टाठ पल्टि सक्थ्यो ।

नर्वेले नेपालमा थुप्रै कुराहरु देखेर यो देश लुटनका लागि धेरै योजना बनाइ सकेका थिए तर १० वर्षे माओवादी जनयुद्धका कारण यिनिहरुले आफ्नो मिसन अघि सार्न सकेनन । खिम्ती एक बनाएपछि तामाकोशी नदीमा करीब ८ सय मेघावाट क्षताको टि ए थ्रि आयोजना बनाउ स्टेटक्राफ्ट र नरफण्ड (एसएन पावर) भन्ने कम्पनीले धेरै कसरत ग¥यो तर नेपालीहरु बाठ भइ सकेको देखेर करोडौ सर्च गरेर बितृत योजाना रिर्पोट बनाई सकेको योजना पनि बिचैमा छोडेर एसएन पावर भाग्यो अर्थात तिनै शन्दिप शाह भन्ने र बिष्टको सल्लाह बमोजिम उनीहरुले त्यो ८ सय मेघावाटको योजना छोडेर भागेका हुन ।

नेपालका उच्चपदस्थ निजी वा सरकारी कर्मचारी, राजनितिज्ञ र पत्रकारहरु कुनै न कुनै जासुसी संस्थाका दालाल बनाएकै हुन्छन । यहाँ कुनैपनि बिदेशीका दलाल बन्न नपाएकाहरुको नत बढुवा हुन्छ न त आर्थिक हैसियत नै बलियो हुन्छ । यो देशका सबै जसो टाठा बाठा र पढेलेखेकाहरुलाई भारत युरोपियन युनियन वा युरोपेली र अमेरिकीहरुले चिनेका र किनेका हुन्छन । यसैको आधारमा के शंका गर्न सकिन्छ भने कतै खडग बहादुर बिष्ट पनि उनिहरुबाटै परिचालित ब्यतिm त हैन शंका छ ।

उनको खिम्ती एक जलबिद्युत आयोजनामा हुँदाको चरित्र र अहिले एमसिसिको कार्यकारी अधिकृतको भूमिका उस्तै देखिन्छ । उनको केही टेलिभिजनका अन्तरवार्ता सुन्दा लाग्यो उनी कर्मचारी भएर बोलेका छैनन उनी अमेरिकी बनेर बोलेका छन । यो देशका अलिक पढेलेखि टोपलेकाहरु अपबाद बाहेका सबै जसो बिकिसकेका छन । यो देशमा घर घरमा कार्यालय कार्यालयमा बिदेशीका दलालहरु नियुक्त भईसकेका छन ।

अहिले खिम्तीको पिपिए २० बर्ष पुरा गरी अर्को अध्यायमा जान लागेको छ नेबिप्राले मैले यो लेख लेख्दैको मितिसम्म पुनः पिपिए गरेका छैनन रिभिउ हैन पुनः पिपिए गर्न सकेन भने खिम्ती (नर्वे)ले अझै नेपाललाई ३० बर्ष डुबाउनेछ तर भाग्य बस कुलमान घिसिङ जि जस्तो एमडि रहेका बेला तेस्तो नराम्रो सम्झौता नहोला । यिनि पश्चिमाहरु खासगरी युरोपियन, अमेरिकी र भारतीयहरु नेपालमा बिकास गर्न हैन यहाँका प्रकृतिक श्रोत र मावन श्रोत तहस नहस गर्न र धर्म सस्कृती र शिक्षा पद्दती बिखण्डन गर्न आउने हुन । यिनै ३ वटा दिशाबाट आएका कुनैपनि आयोजना वा अभियान नेपालको हितमा कहिले पनि हँुदैन र बिरुद्धमा हुन्छ । बच्चालाई चकलेट खुवाएर किड्नी निकाल्ने जस्तो धुर्तहरु नै युरोपियन, अमेरिकन र भारतीयहरु हुन । आजको पिँढिले यो कुरा बुझेनन् भने भविष्यमा नेपालमा सधै अन्याय हुने छ ।

(लेखकको  निजि बिचार हो । –सम्पादक)


र यो पनि...

उपत्यकामा अतिआवश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द, नीजि सवारीमा जोर-बिजोर प्रणाली लागू गर्न माग

नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

विज्ञानदेव पाण्डे नेपाली सेनाका सहायक रथीबाट उपरथीमा बढुवा

भदौ १५ गतेसम्म पुनः यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णय, सीमा नाकामा थप कडाई गरिने

राष्ट्रिय वाणिज्य बैंकको खाँदबारीमा एक्सटेन्सन काउन्टर शुरु

पानीको माग गर्दै रुद्री पुजा

इसेवा एपबाट रकम पठाउँदा ५५ रुपैयाँ क्यासब्याक

देशभर कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुग्यो

गत २४ घण्टामा राजधानीमा थप ४४ जना कोरोना संक्रमित


2 responses to “खिम्ती जलबिद्युत आयोजना र एमसिसि खतरनाक मिसाइल”

  1. धरै धेरै धन्यवाद जानकारी गरिदिनु भएको मा।सम्भंदित निकाय ले ध्यान पुर्याओस।

  2. Ekdam sahi satya b4 ani lekh ho , yo salute xa,
    Yo khadak Bahadur Bishta, deshghatak manxe ho,
    Khimti jabidhyaut dumabayo nai ani feri desh nai dubaune, bechne khelma xa,

Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: