कोरोना महामरीसँग जोगिएर बाँच्ने शिक्षा आवश्यक


देशभर कोरोना भाईरसको संक्रमण फैलने क्रम तिव्र रुपमा बढिरहको छ भने उतिकै संक्रमणबाट निको हुनेको संख्या पनि बढिरहेको हामीले समाचारमा सुन्न, हेर्न र पढ्न पनि पाईरहेका छौ । बढ्दो संक्रमणलाई कसरी नियन्त्रण गर्ने भन्ने सरकारसँग कुनै कार्य योजना देखिएको छैन । निषेधाज्ञ जारी गरेर आम नागरिकलाई घरमै थुनेर राख्दा उल्टो भोकले मर्ने अवस्था सिर्जना भएको छ । राजधानीमा यसको प्रभाव दिनप्रतिदिन बढिरहेको अवस्था छ ।

कोरोना कहरले भारतबाट आत्तिएर नेपाल फर्किएका पश्चिम नेपालतिरका नेपाली मजदुरहरु चाडबाडको मुखैमा पनि पेट पाल्नैका लागि आफ्नो लालाबाला च्यापेरै रोजगारीका लागि भारत जान बाध्य छन् । अर्कातिर कोरोना नियन्त्रण गर्न लकडाउन तथा निषेधाज्ञ सफल पार्नेतर्फ मात्र सरकारको ध्यान केन्द्रित हुँदा सुत्केरी, गर्भवती तथा अत्यावश्यक सेवा नभई नहुने अन्य वर्ग समस्यामा परेका छन् ।

देशभर फेरि पनि निषेधाज्ञाको नाममा आम नागरिकलाई घरभित्रै थुन्ने प्रवृत्तिलाई बढावा दिने हो भने विद्रोहको नयाँ रुप देखिन सक्छ । बालबालिकाको शिक्षामा र आम नागरिकको भोको पेटले खानै नपाउने अवस्था आए नागरिकहरु बाध्य भएर सडकमा ओर्लन सक्छन् । सर्वसाधारण सडकमै ओर्लने अवस्था आयो भने संक्रमण अझै भयावह हुन सक्छ । 

कोरोनाको बहानामा समयमै उपचार नपाउँदा बन्दाबन्दीको अवधिमा दर्जनौं सुत्केरीको अनाहकमै ज्यान गुमाउनु परेको विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन तथा प्ररशारण भएको हामीले सुनेका छौं । गर्भवती महिलाहरुले नियमित स्वास्थ्य सेवा नपाउँदा कष्टकर जीवन व्यतित गर्न विवश छन् ।

हुन त कोरोना संक्रमणले विश्वमा त्रास बढिरहेको छ । दैनिकजसो हजारौले ज्यान गुमाई नै रहेका छन् । त्यसकै जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले निषेधाज्ञ अर्थात् बन्दाबन्दी त गर्यो तर खेती किसानी गर्ने, व्यापार व्यवसायमा संलग्नहरुका लागि थप आम्दानी र कारोबारमा समस्या बढेको छ । ज्याला मजदुरी गर्नेहरुका हकमा भने साँझ विहान के खाने भन्ने मै चिन्ता थपिएको छ । ज्याला मजदुरी गरेर मात्र पेट भर्ने मजदुरका लागि रोगको संक्रमण भन्दा पनि भोककै पिरले आत्महत्यासम्मको बाटो रोजेका छन् ।

देशभर बन्दाबन्दीले बालबालिकाहरुको शिक्षामा पनि अन्यौलता थपिएको छ । कोरोना भाइरसका कारण शिक्षा क्षेत्रमा ठूलो असर पुगेको छ । लकडाउनले स्थगित भएका परीक्षा सञ्चालन हुन सकेका छैनन् । कोरोना महामारीले धेरै विद्यार्थीको मनस्थितिमा खलल पुर्याएको छ । अबको शिक्षा क्षेत्र के हुने भन्दै विद्यार्थीहरु चिन्तित छन् । कतिपय विद्यालयहरूले अडियो भिडियो मार्फत कक्षा त सञ्चालन गर्दै आएको छन् । त्यस प्रकारको पद्धतिलाई दुरदराजका विद्यार्थीहरुलाई कसरी शिक्षामा समेट्ने भन्ने पनि थप चुनौति देखिन्छ ।

ईन्टरनेटको पहुँच नपुगेका दुरदराजका विद्यार्थीहरुका लागि पनि थप व्यवस्थित गरेर अनलाइन भिडियो कक्षा मार्फत पठनपाठनमा जोड दिनुपर्ने बेला आएको छ । त्यसका लागि स्थानीय तहका निकायले आफ्ना विद्यालय र विद्यार्थीको तथ्यांक संकलन गरी उनीहरूको सूचना प्रविधिमा पहुँच भएको वा नभएको पहिचान गर्नुपर्ने देखिन्छ । यस्तै, इन्टरनेट पहुँच भएका विद्यार्थीका लागि सोही अनुरूप पठन–पाठन गर्न सकिने हुँदा त्यसलाई पहिचान गर्न स्थानीय निकायले शीघ्र रूपमा त्यस तर्फ कदम चाल्नु आवश्यक देखिन्छ ।

देशभर फेरि पनि निषेधाज्ञाको नाममा आम नागरिकलाई घरभित्रै थुन्ने प्रवृत्तिलाई बढावा दिने हो भने विद्रोहको नयाँ रुप देखिन सक्छ । बालबालिकाको शिक्षामा र आम नागरिकको भोको पेटले खानै नपाउने अवस्था आए नागरिकहरु बाध्य भएर सडकमा ओर्लन सक्छन् । सर्वसाधारण सडकमै ओर्लने अवस्था आयो भने संक्रमण अझै भयावह हुन सक्छ । आम नागरिकलाई विस्तारै कोरोनासँगै जोगिएर बाँच्ने शिक्षा आवश्यक छ । कोरोनाविरुद्ध खोप तयार नभएसम्म कोरोनासँग सचेतनाका साथ जोगिनुको विकल्प छैन ।

यो पनि पढ्नुहोस्ः निषेधाज्ञको रणनीति र विकल्प अपनाउनु आवश्यक

यो पनि पढ्नुहोस्ः लकडाउन वर्तमान समस्याको समाधान हो त ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *


%d bloggers like this: