YouTube Link

कुमारी बैंकले यस वर्ष १४ प्रतिशत लाभांश दिने

World Cup 2026
Facebook Link

काठमाडौं:  कुमारी बैंकले यस वर्ष शेयरधनीहरुलाई कुल १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को लागि १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपश्चात मात्र वितरणयोग्य हुनेछ ।

 

कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ती गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गरेको हो । प्राप्ती प्रकृया पुरा गरेको यस बैंकले यस वर्ष बोनस शेयरमा लाग्ने कर वापतको रकममा छुट पाउनेछ । यसर्थ कुमारी बैंकले शेयरधनीहरुले १४ प्रतिशतनै लाभांश हात पार्नेछन् ।

 

हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ५२ करोड ४९ हजार रहेको छ । गत असार मसान्तसम्म बैंकले रू. १ अर्ब २२ करोड ६५ लाख ५९ हजार खुद नाफा गरेको छ । सो अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ७१ करोड २८ लाख ८३ हजार थियो । कुमारी बैंकको गत वर्ष भन्दा यो वर्ष लाभांशमा बृद्धि भएको छ । गत वर्ष यस बैंकले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...