YouTube Link

कोरोना कहर: चेपाङ गाउँमा सचेतना कार्यक्रम यसरी सञ्चालन हुँदै

World Cup 2026
Facebook Link

चितवनः लगभग दुई हजार मिटरभन्दा माथिको चुरेपहाडले घेरेको समथर भू-भाग छ । चारैतिर चुरेपहाडले घेरेको छ । जहाँ आफूलाई भूमिपुत्रको रुपमा चिनाउन रुचाउने अल्पसंख्यक चेपाङहरुको बस्ती रहेको छ ।

पहिलो पटक यहाँ पुग्ने जोकोहीलाई लाग्न सक्छ यो सुन्दर भूमिमा बस्ने मानिस कति सुखी होलान । तर, त्यो कुरालाई फिक्का बनाईदिन्छ यहाँको चेपाहरुको रहनसहनसँग भिजेपछि । फिक्का यस मानेमा कि चेपाङ जातिको जीवनस्तर देखेर र उनीहरुको दैनिकीका दुःख कष्ट देखेर ।

सामाजिक मूल्य र मान्यता आफ्नै खालको भएपनि जीवनको भोगाई र स्तर हेर्दा दयनीय देखिन्छ । समाज रुपान्तरण भएर धेरै अगाडी बढेपनि चेपाङ बस्तीमा भने त्यस्तो परिवर्तन भएको देखिदैन । किनभने चेपाङ जातिको आर्थिक अवस्था अझै माथि उठ्न सकेको छैन । उनीहरुको चेतनास्तरमा केही सुधार भएपनि आर्थिक रुपमा अझै सवल हुन सकेको छैन ।

यो विडम्वना भन्ने कि विवशता । चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ र तनहूँमा मुख्य बसोबास रहेको चेपाङहरुको हाल लगभग १ लाख जनसंख्याको हराहरिमा रहेको छ ।

यही विवशताकाबीच अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) अर्थात् कोरोनाले चेपाहरुलाई पनि आक्रान्त पारेको छ ।

यही कुरालाई मध्यनजर गर्दै काठमाडौस्थित किंस कलेजमा एमबिए नन प्रोफिट प्रोग्राम् अन्तर्गत विद्यार्थीहरु र कलजकै सहप्राध्यापक विश्वास चेपाङ र कौशल सापकोटाको अग्रसरतामा चेपागाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

त्यसबाट चेपाहङरु अति नै उत्साहित हुनुका साथै यस कार्यक्रमबाट आफूहरुलाई धेरै फाइदा भएको बताउँछन् । स्थानीय अम्बरबहादुर चेपाङले दशैं जस्तो महत्वपूर्ण चाडपर्वको बेला आफूहरुलाई यस्तो खालको सचेतना कार्यक्रमले धेरै फाइदा भएको बताए । कोरोनाको बारेमा थोरै जानकारी भएपनि आफ्नै गाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदा यसले धेरै शिक्षा मिलेको उनले बताए ।

स्थानीय संयुक्त युवा क्लबका साथै चितवनमै रहेको जे.पी. युवा क्लब र लिओ क्लव अफ भरतपुर युथ क्लवको सहयोगमा कार्यक्रम सुचारु भएको हो । चितवनस्थित राप्ती नगरपालिकाको वडा १०, ११ र १२ मा रहेका चेपाङ गाउँमा संचालन भईरहेको उक्त सचेतना कार्यक्रम १० दिनसम्म चल्ने संयुक्त युवा क्लवका अध्यक्ष आकाश चेपाङले जानकारी दिए ।

जनचेतना कार्यक्रममा माक्स र साबुन वितरण गरिएको छ । जुन क्लव मार्फत संकलन गरेपनि पर्याप्त मात्रामा पुग्न नसकेको प्राध्यापक विश्वास चेपाङ बताउँछन् । उक्त जनचेतना कार्यक्रम चेपाङहरुको मातृभाषा मै कोरोनाबाट बच्ने उपाहरुको जानकारी गराउने गरिएको छ । जुन कुरा बालबच्चादेखि बृद्धबृद्धाले चाखपूर्ण तरिकाले सुन्ने र ग्रहण गर्ने गरेका छन् ।

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...