YouTube Link

ग्लोबल आइएमई बैंकको थप २ वटा शाखारहित बैंकिङ् सेवा संचालन

Facebook Link

काठमाडौं:  ग्लोबल आइएमई बैंकले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ् सेवा सञ्चालनमा ल्याएको छ । बैंकको थप २ वटा शाखारहित बैंकिङ् सेवा संचालनमा आएसँगै शाखारहित बैंकिङ् सेवा संख्या २२९ पुगेको छ ।

 

बैंकले रोल्पा जिल्लाको गंगादेव गाँउपालिका वडा नं. ७, ताप्लाबजारमा खोलिएको शाखारहित बैंकिङ् सेवाको प्रतिनिधिको रुपमा कमला ओली र सिराहा जिल्लाको कल्याणपुर गाँउपालिका वडा नं. ६, कल्याणपुरमा खोलिएको शाखारहित बैंकिङ् सेवाको प्रतिनिधिको रुपमा किरण कुमारी साहलाई नियुक्त गरेको छ ।

 

शाखारहित बैंकिङ् सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ् सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ ।

 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ् सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ् सेवा शुरु गरेको छ । बैंकले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३५ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २२९ शाखा रहित बैंकिङ् सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

महालक्ष्मी विकास बैंकका कार्डबाट दराजमा सामान किन्दा २० प्रतिशतसम्म छुट

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:३३

काठमाडौं: महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानका अवसरमा...