Texas College
YouTube Link

चुनावमा संगठित अपराध भएको आशंका रहेको राष्ट्रपति एर्दोगानको भनाई

Facebook Link

एजेन्सी: टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानले हालै भएको स्थानीय निर्वाचनमा मुलुकको सबैभन्दा ठूलो शहर इस्तानबुलमा भएको मतदानका क्रममा मतपेटिकामा ‘संगठित अपराध’ भएको हुनसक्ने जनाएका छन् ।

रुस भ्रमणमा जानुअघि पत्रकार सम्मेलनमा राष्ट्रपति एर्दोगानले मतपेटिका संगठित अपराधको सिकार भएको हुनसक्ने बताएका हुन् । इस्तानबुल शहरमा एर्दोगानको जस्टिस एण्ड डेभलोपमेन्ट पार्टी एकेपीका तर्फबाट मेयर पदका उम्मेद्वार पूर्व प्रधानमन्त्री बिन्याली यिल्द्रिम विपक्षी रिपब्लिकन पिपुल्स पार्टी सीएचपीका उम्मेद्वार एक्रम इमामोग्लुसँग २५ हजार भन्दा धेरै मत अन्तरले पराजित भएका थिए ।

आफ्ना उम्मेद्वार पराजित भएपछि एकेपीले त्यहाँ पुनः मतगणना गर्न भन्दै निर्वाचन बोर्डसमक्ष उजुरी दिएका थिए । उजुरीपश्चात शहरका केही जिल्लामा दोहोर्याएर गरिएको मतगणनामा दुई उम्मेद्वारबीचको मत अन्तर १६ हजारमा झरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एकेपीले भने शहरका सबै जिल्लामा दोहोरयाएर मतगणना हुनुपर्ने माग गर्दै आएको छ ।

राष्ट्रपति एर्दोगानले भने एक करोडभन्दा धेरै जनसङ्ख्या रहेको शहरमा कुनै उम्मेद्वार केबल २० हजार भन्दा कम मत अन्तरले पराजित हुँदा त्यसमा षड्यन्त्र भएको हुनसक्ने आशंका पैदा हुने जनाएका छन् । अर्कोतर्फ इस्तानबुलको चुनाव जितेको सीएचपीले भने एर्दोगानको भनाइको निन्दा गर्दै एर्दागानको मागबमोजिम निर्वाचन बोर्डले दोहोरयाएर मतगणना गराए वा दोश्रो चरणको निर्वाचनको मिति घोषणा गरे त्यसले निर्वाचन बोर्डको विश्वसनीयता तथा निष्पक्षतामा प्रश्न उठ्ने भन्दै त्यसो नगर्न आह्वान गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...