YouTube Link

शिखा बुक्सले विभिन्न विधाका सात पुस्तक बजारमा ल्यायो

Facebook Link

काठमाडौं: साहित्यिक पुस्तक प्रकाशनमा अग्रणी शिखा बुक्सले विजया दशमीको उपलक्ष्यमा पाठकहरुको बिदाको समय उपलब्धीमूलक होस् भनेर विभिन्न विधाका सात पुस्तक बजारमा ल्याएको छ ।

 

हालसालै मात्र शिखा बुक्सको प्रकाशन ‘महारानी’ मदन पुरस्कारबाट सम्मानित भएको छ भने उनै महारानी–लेखक चन्द्रप्रकाश बानियाँको अर्को कृति भौज्याहा पनि बजारमा आइसकेको छ ।  त्यस्तै पुरूषोत्तम बस्नेतको ‘नेपाली कांग्रेसको इतिहासको प्रारूप’, डा बद्री नारायण गौतमको ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’, डा शोभाकर पराजुलीको ‘समाजबाद र बी.पी. कोइराला’ र साहित्यकार भीष्म उप्रेतीको निबन्धसंग्रह ‘हिमाल शेर्पा र यती’ ले पुस्तक–बजारमा उपस्थिति जनाइसकेको छ । त्यस्तै टंक चौलागाईंको आख्यान कृति ‘उबडखाबड’ र शान्ति शर्माको कथासंग्रह ‘ग्रिन टावेल’ ले पनि पाठकहरुको मन जितिरहेको छ ।

 

फरक साहित्यिक रंग र स्वादका यी सात पुस्तकले पाठकहरुलाई पुस्तक–इन्द्रेणीको महसुस गराउनेमा ढुक्क छौँ । शिखा बुक्सका प्रोप्राइटर पुष्पराज पौडेलले बताए । पुस्तकहरु पाठकका हातहातमा पुगिसकेकाले निकै सकारात्मक प्रतिक्रियाहरु पनि आउन थालिसकेका छन्, हामी निकै उत्साहित छौँ ।’ पौडेल हौसिएका छन् ।

 

यससँगै केही दिनमा नै वरिष्ठ गीतकार स्व. रत्नशमशेर थापा को ‘घुम्तीमा नआऊ है’ र वरिष्ठ साहित्यकार पुस्कर लोहनीको उपन्यास ‘अदृश्य मान्छे’ का साथमा प्रमोद प्रधानको अनुसन्धनात्मक कृति ‘बालसाहित्यको इतिहास’ प्रेसमा जाने अन्तिम तयारीमा छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

वि.सं.२०८३ असार २३ मंगलवार १२:२२

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...