सिभिल बैंकको संस्थापक शेयर लिलामीमा
वि.सं.२०७७ असोज १६ शुक्रवार १३:१६
1.7K
shares
काठमाडौं: सिभिल बैंक लिमिटेडले संस्थापक समूहको शेयर लिलामी मार्फत शुक्रबारबाट बिक्री खुल्ला भएको छ । बैंकको ८ लाख ६७ हजार ६ सय ४ कित्ता संस्थापक सेयर लिलामीको लागि आवहान गरेको छ ।
शुक्रबारबाट बिक्री खुला गरेको संस्थापक शेयरमा सर्वसाधारण, शेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आजबाट असोज ३० गतेभित्र बोलपत्र पेश गर्नुपर्ने छ । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।
आवेदकहरूले न्युनतम १० हजार कित्ताकालागि आवेदन दिन सक्नेछन् । अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छैन । कम्पनीको शयरमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गरेको छ ।
वि.सं.२०७७ असोज १६ शुक्रवार १३:१६




















