YouTube Link

एनआईसी एशिया बैंकमा अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने

Facebook Link

काठमाडौं: एनआईसी एशिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ । बैंकले कोरोना भाइरस महामारीकाबीच सामाजिक दुरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै ग्राहकमैत्री एवं सुरक्षित रुपले https://loanapplication.nicasiabank.com मार्फत अनलाइन कर्जा आवेदन प्रणालीको सुरुवात गरेको हो ।

बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट ग्राहक महानुभावहरूले मुक्ति पाउने बैंकले विश्वास लिएको छ ।

यसमार्फत ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सक्नेछन् । ग्राहक महानुभावहरूले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सकिने व्यवस्था गरिएको छ भने कर्जा लिनका लागि योग्य भए नभएको देखाउनेछ र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहक महानुभावहरूले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसपछि ग्राहक महानुभावहरूले सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ ।  साथै आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्था (Status) बारेमा समेत यस बैंकले एसएमएस (SMS) मार्फत जानकारी गराउँदै आएको छ र ग्राहक महानुभावहरूले बैंकको वेबसाइटमा गई Loan Status समेत आफै त्चबअप गर्न सक्नुहुनेछ ।

बैंकको कुनै पनि कर्जा सम्बन्धी जानकारी लिनको लागि LOAN टाइप गरी ३४४८८ मा एसएमएस (SMS) वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्डकल गरी वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने बैंकले जनाएको छ ।

साथै ग्राहक महानुभावहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै वहाँहरूको कर्जासम्बन्धी गुनासो एवं जिज्ञासा बुझ्ने उद्देश्यअनुरुप बैंकले स्थापना गरेको ‘कर्जा सहायता केन्द्र’ मा ग्राहक महानुभावहरूले पहिलो पटक सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैंकले जनाएको छ ।

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...