बैंक तथा वित्तीय संस्थाबाट अन्याय भएको छ भने अब न्याय पाईने
वि.सं.२०७७ असोज १३ मंगलवार १५:३२
2K
shares
काठमाण्डौ: कुनै बैंक तथा वित्तीय संस्था वा वित्तीय सेवाप्रदायक जुनसुकै संस्थाबाट तपाईलाई अन्याय भएको छ भने अब न्याय पाउने अवस्था बनेको छ ।
नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेबारी, लापरवाही, झुठो, गलत सूचना संप्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई न्युनीकरण गर्ने उद्देश्यले ‘नेपाल राष्ट्रबैंक वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७’ लागू गरेको छ ।
यो कार्यविधिले वित्तीय सेवा प्रदायकले आफूलेले प्रदान गर्ने सेवा सम्बन्धमा न्यूनतम मापदण्ड पूरा गरी वित्तीय ग्राहकलाई निष्पक्ष र समान वित्तीय मध्यस्थता सेवा प्रदान वा प्राप्त गर्न वा गराउन प्रोत्साहन गर्नेछ ।
यस्तै, वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकवाट नीति निर्देशन विपरीत निक्षेप संकलन, कर्जा प्रवाह, कर्जा असुली लगायत अन्य वित्तीय मध्यस्थता सेवा प्रवाहमा गरिने विभेद तथा क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्य समेत रहेको बताइएको छ ।
वित्तीय कारोवार गर्ने ग्राहकको मनोबल उच्च राखी वित्तीय क्षेत्र प्रतिको विश्वास कायम राख्नका लागि यो कार्यविधि बनाइएको राष्ट्रबैंकले दाबी गरेका कारण अब बैंक तथा वित्तीय सेवा प्रदायकले कुनै ग्राहकमाथि अन्याय गरेमा उनीहरुविरुद्ध उजुरी गर्न सकिनेछ । उजुरी सुन्ने छुट्टै इकाई नै बनाइएको छ, जसले उजुरीको विषयमा आवश्यक छानबिन गरी पीडितलाई न्याय दिनेछ ।

वि.सं.२०७७ असोज १३ मंगलवार १५:३२




















