YouTube Link

पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप

Facebook Link

काठमाण्डौ: नेपाल राष्ट्र बैंकले एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप गरेको छ ।

 

राष्ट्र बैंकले सोमबार सूचना प्रकाशित गर्दै पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद असोज ३० गतेसम्म पुर्याइएको जानकारी गराएको हो।

नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ मा भएको व्यवस्था अनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन आह्वान गरिएको हो। पुनर्कर्जाका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले असोज १४ गतेसम्म आवेदन भनिएको थियो।

विभिन्न सरोकारवालाहरुबाट कोभिड–१९ को रोकथामका लागि विगतमा भएका लकडाउन, निषेधाज्ञाजस्ता कारणले समय बढाइदिन अनुरोध भई आएकोले उक्त आवेदन पेस गर्ने समय असोज ३० गतेसम्म पुर्याइएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले प्रति ग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, र ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा उपलब्ध गराउनेछ। यसरी उपलब्ध गराइने पुनर्कर्जाको ब्याजदर कम्तीमा ३ देखि बढीमा ५ प्रतिशत हुनेछ।

राष्ट्रबैंकका अनुसार यस्तो पुनर्कर्जा कोभिड १९ बाट अति प्रभावित, मध्य प्रभावित क्षेत्रका लागि उपलब्ध गराइनेछ।

 

 

 

 

 

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...