इण्डियन प्रिमियर लिग क्रिकेटमा किंग्स इलाभेन पञ्जाबको पहिलो जित
वि.सं.२०७७ असोज ९ शुक्रवार ०९:४५
1.8K
shares
एजेन्सी: इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा किंग्स इलाभेन पञ्जाबले पहिलो जित दर्ता गरेको छ ।
आफ्नो दोस्रो खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो ।
युएईको दुबई इन्टरनेसनल मैदानमा सम्पन्न खेलमा पञ्जाबले दिएको २०७ रनको लक्ष्य पछ्याएको बैंग्लोर १७ ओभरमा १०९ रनमा अलआउट भयो । रवि विस्नोइ र मोरुगन आश्विनले तीन तीन विकेट लिएपछि बैंग्लोर सस्तोमा समेटियो ।
बैंग्लोरका वासिन्टन शुन्दरले सर्वाधिक ३० रन बनाए । यस्तै एभि डेभिलियर्सले २८ र एरोन फिंचले २० रन बनाए । शिभव दुबेले १२ रन बनाउँदा कप्तान विराट कोहली, देवदत्त पाडिकल, जोस फिलिपे लगायतले दोहोरो स्कोरको अंक बनाउन सकेनन् ।
पञ्जाबका विस्नोइ र मोरुगन आश्विनले समान तीनतीन विकेट लिए । यस्तै सेल्ड्रोन कोट्रेलले २, मोहमद सामीले १ र ग्लेन म्याक्स्वेलले १ विकेट लिए ।
युएईएको दुबई इनटरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले पुरै २० ओभर खेल्दै ३ विकेटको क्षतीमा २०६ रन बनायो । पञ्जाबका लागि कप्तान केएल राहुलले अविजित १ सय ३२ रन बनाए । शतकिय पारि खेलेका ओपनर राहुलले ६९ बलमा १४ चौका र ७ छक्का हाने ।
पञ्जाबका लागि मयंक अग्रवालले २६ रन बनाए । यस्तै निकोलस पुरनले १७, ग्लेन म्याक्स्वेलले ५, करुन नायरले अविजित १५ रन बनाए । बैंग्लोरका शिभव दुबेले २ तथा युज्बेन्द्र चाहलले १ विकेट लिए ।
जितसँगै पञ्जाबले यो सिजनको आईपीएलमा पहिलो जित हात पार्यो भने बैंग्लोरले पहिलो हारको सामना गर्यो ।
वि.सं.२०७७ असोज ९ शुक्रवार ०९:४५


















