नेपाल राष्ट्र बैंकले इन्जिनियर र सवारी चालकका लागि आवेदन माग
वि.सं.२०७७ असोज ८ बिहीवार १५:५८
1.3K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै करार सेवाका लागि ३ जना सिभिल इन्जिनियर र १० जना सवारी चालकका लागि आवेदन माग गरेको छ ।
बैंकले सिभिल इन्जिनियरका लागि सिधै अन्तरवार्ताबाट नियुक्त गर्नेछ भने चालकका लागि भने प्रयोगात्मक र अन्तरवार्ता हुने राष्ट्र बैंकले जनाएको छ ।
सिभिल इन्जिनियरका लागि मासिक ५९ हजार ७ सय रुपैयाँ र त्यसमा अन्य सेवा सुविधा साथै चालकका लागि मासिक २८ हजार तलव र २ हजार खाचा खर्चका अतिरिक्त अन्य सेवा सुविधासमेत उपलक्ध हुने सूचना मार्फत बताइएको छ ।
वि.सं.२०७७ असोज ८ बिहीवार १५:५८



















