एनआईसी एशिया बैंकद्वारा ‘कर्जा सहायता केन्द्र’ को स्थापना
वि.सं.२०७७ असोज ८ बिहीवार १५:११
2K
shares
काठमाडौं: एनआईसी एशिया बैंकले कर्जा उपभोग गर्नु भईरहेको तथा भविष्यमा यस बैंकसँग जोडिने ग्राहकहरूको सहजता तथा आवश्यकतालाई महशुस गरी एकद्वार प्रणालीको व्यवस्था अनुरुप ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ ।
यस ‘कर्जा सहायता केन्द्र’ को स्थापना पश्चात् बैंकका ग्राहकहरूले कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधान घरमै बसी सहज तरिकाले लिन सक्ने बैंकले जनाएको छ ।
बैंकका ग्राहकहरूले HELP टाइप गरी ३४४८८ मा एसएमएस मार्फत वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।
ग्राहकहरूले कर्जा सहायता केन्द्रमा सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ् मार्फत् बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ । एनआईसी एशिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।
वि.सं.२०७७ असोज ८ बिहीवार १५:११



















