YouTube Link

अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाद्वारा राजीनामा दिने तयारी

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी: आफ्नो सरकारविरुद्ध प्रदर्शन बढ्दै गएपछि अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाले राजीनामा दिने तयारी गरेका छन् । अल्जेरियाका सञ्चारमाध्यमले श्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारमा बोटेफ्लिकाले यसै साता राजीनामा दिने सम्भावना छ ।

यसअघि उनले आफ्नो सरकार पुनर्गठन गरेको समाचार सार्वजनिक भएको थियो । समाचारमा उनले हाल सरकारमा रहेका २७ मध्ये २१ मन्त्रीलाई पदबाट हटाएर नयाँ ‘कामचलाउ’ सरकार गठन गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका थिए । बोटेफ्लिका सन् १९९९ यता अल्जेरियाको सत्तामा छन् ।

यसअघि ८२ वर्षे बोटेफ्लिकाले आफ्नो पाचौँ कार्यकालका लागि आगामी अप्रिल १८ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिएपछि उनीविरुद्ध व्यापक आन्दोलन शुरु भएको थियो । त्यसको केही समयपछि बोटेफ्लिकाले राष्ट्रिपतिको उम्मेद्वारी फिर्ता गरेको घोषणा गरेपनि उनले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै अल्जेरियाभर भएको प्रदर्शन रोकिएको थिएन ।

प्रदर्शनकै क्रममा उनको समर्थनमा रहेको भनिएको त्यहाँका सेना प्रमुखले पनि राष्ट्रपतिले तत्काल पद त्याग्नुपर्ने धारणा राखेपछि उनी संकटमा परेको बताइएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...