YouTube Link

आईपीएल क्रिकेटमा किङ्गस इलाभेन पन्जाबद्वारा सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स १४ रनले पराजित

Facebook Link

काठमाडौं: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स पराजित भएको छ । सोमबार भएको खेलमा दिल्ली किङ्गस इलाभेन पन्जाबसंग १४ रनले पराजित भएको हो ।

बिन्द्रा स्टेडियममा घरेलु टोलि पन्जाबले दिएको एक सय ६७ रनको लक्ष्यसहित ब्याटिङ गरेको दिल्ली १९ ओभर २ बलमा अलआउट हुँदै एक सय ५२ रनमा समेटियो । दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३९ तथा कोलिन इन्ग्रामले ३८ रन बनाए । यस्तै शिखर धवनले ३० तथा कप्तान श्रेयस आयर २८ रनमा आउट भए । दिल्लीलाई सस्तैमा समेट्न पन्जाबका साम करणले ह्याट्रिक सहित ४ विकेट लिए ।

जारी सिजनको यो पहिलो ह्याट्रिक विकेट हो । सामले १७ औं ओभरको अन्तिम बल र १९ औं ओभरको सुरुवाती २ बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरे । सामले १७ औं ओभरको अन्तिम बलमा हर्सल पटेललाई सुन्य रनमा पेभेलियन फर्काएका थिए । त्यसपछि १९ औं ओभरको पहिलो बलमा कागीसो राबडा र दोस्रो बलमा सन्दीप लामिछानेलाई बोल्ड आउट गरे । दुवै खेलाडी सुन्य रनमा पेभेलियन फर्किए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ९ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । खराब सुरुवात गरेको पन्जाबका लागि डेभिड मिल्लरले ४३ तथा सर्फराज खानले ३९ रन बनाए । यस्तै मन्दिप सिंहले अविजित २९ , साम करणले २० रन जोड्दा लोकेश राहुलले १५ रन बनाए । दिल्लीका क्रिस मोरिसले २ तथा कागीसो राबडा र सन्दीपले २/२ विकेट लिए ।

पन्जाबविरुद्ध सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै उनले २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर २ विकेट लिए । पन्जाबविरुद्ध सन्दीपले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिन सफल भएका थिए । सन्दीपले पहिलो ओभरमा साम करणलाई २० रनमा एल्बिडब्ल्यु आउट गरे । यस्तै सन्दीपले चौथो ओभरमा सर्फराज खानलाई ३९ रनमा आउट गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...