Health Ad
YouTube Link

आईपीएल क्रिकेटमा किङ्गस इलाभेन पन्जाबद्वारा सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स १४ रनले पराजित

Khanepani Dhal
Facebook Link

काठमाडौं: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स पराजित भएको छ । सोमबार भएको खेलमा दिल्ली किङ्गस इलाभेन पन्जाबसंग १४ रनले पराजित भएको हो ।

बिन्द्रा स्टेडियममा घरेलु टोलि पन्जाबले दिएको एक सय ६७ रनको लक्ष्यसहित ब्याटिङ गरेको दिल्ली १९ ओभर २ बलमा अलआउट हुँदै एक सय ५२ रनमा समेटियो । दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३९ तथा कोलिन इन्ग्रामले ३८ रन बनाए । यस्तै शिखर धवनले ३० तथा कप्तान श्रेयस आयर २८ रनमा आउट भए । दिल्लीलाई सस्तैमा समेट्न पन्जाबका साम करणले ह्याट्रिक सहित ४ विकेट लिए ।

जारी सिजनको यो पहिलो ह्याट्रिक विकेट हो । सामले १७ औं ओभरको अन्तिम बल र १९ औं ओभरको सुरुवाती २ बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरे । सामले १७ औं ओभरको अन्तिम बलमा हर्सल पटेललाई सुन्य रनमा पेभेलियन फर्काएका थिए । त्यसपछि १९ औं ओभरको पहिलो बलमा कागीसो राबडा र दोस्रो बलमा सन्दीप लामिछानेलाई बोल्ड आउट गरे । दुवै खेलाडी सुन्य रनमा पेभेलियन फर्किए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ९ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । खराब सुरुवात गरेको पन्जाबका लागि डेभिड मिल्लरले ४३ तथा सर्फराज खानले ३९ रन बनाए । यस्तै मन्दिप सिंहले अविजित २९ , साम करणले २० रन जोड्दा लोकेश राहुलले १५ रन बनाए । दिल्लीका क्रिस मोरिसले २ तथा कागीसो राबडा र सन्दीपले २/२ विकेट लिए ।

पन्जाबविरुद्ध सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै उनले २ विकेट लिए । सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर २ विकेट लिए । पन्जाबविरुद्ध सन्दीपले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिन सफल भएका थिए । सन्दीपले पहिलो ओभरमा साम करणलाई २० रनमा एल्बिडब्ल्यु आउट गरे । यस्तै सन्दीपले चौथो ओभरमा सर्फराज खानलाई ३९ रनमा आउट गरेका थिए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

३६ वर्षपछि सिंगापुरमाथि नेपालको ऐतिहासिक जित, उसैको मैदानमा जिलेस्पी जंग कार्की बने नायक

वि.सं.२०८१ चैत ९ शनिवार ०६:५८

काठमाडौं: नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाइ

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाइ

वि.सं.२०८१ चैत ५ मंगलवार १७:०७

काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्नका...

म्याटले बोलाए राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी

म्याटले बोलाए राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३० खेलाडी

वि.सं.२०८१ फागुन २० मंगलवार १४:२६

काठमाडौं: नवनियुक्त प्रशिक्षक म्याट रसले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको...

तस्बीरमा केपी ओली कपः जियानलुजी बफोन प्रमुख अतिथि, उपाधिमाथि मच्छिन्द्रको ह्याट्रिक

तस्बीरमा केपी ओली कपः जियानलुजी बफोन प्रमुख अतिथि, उपाधिमाथि मच्छिन्द्रको ह्याट्रिक

वि.सं.२०८१ फागुन २० मंगलवार ११:३६

काठमाडौं: त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले हराउँदै मच्छिन्द्र एफसीले...

केपी ओली कपको उपाधिका लागि आज आर्मी र मच्छिन्द्र भिड्दै

केपी ओली कपको उपाधिका लागि आज आर्मी र मच्छिन्द्र भिड्दै

वि.सं.२०८१ फागुन १९ सोमवार ०८:१९

काठमाडौं: तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि...

पहिलो सेमिफाइनलमा आज आर्मी र संकटा भिड्दै

पहिलो सेमिफाइनलमा आज आर्मी र संकटा भिड्दै

वि.सं.२०८१ फागुन १६ शुक्रवार १६:१३

काठमाडौं: दशरथ रंगशालामा आज केपी ओली कप फुटबल प्रतियोगिताको पहिलो...