YouTube Link

बारा र पर्सामा आएको हावा हुरी पूर्वानुमान प्रविधि आफूसँग नभएको मौसम पूर्वानुमान महासाखाको भनाई

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: आईतवार बारा र पर्सामा ठूलो जनधनको क्षति हुने गरि आएको हावाहुरीको पूर्वानुमान गर्न नसकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन सहित बर्ष हुने पूर्वानुमान गरे पनि उपकरण र प्रविधिको अभावमा हावाहुरीको पूर्वानुमान गर्न नसकिएको महाशाखाले स्पष्ट पारेको छ ।

अहिले प्रि मनसुनको सिजन भएकोले मौसम पूर्वानुमान महाशाखाले यो समयमा सामान्य हावाहुरी सहितको बर्षा र मेघगर्जन हुनुका साथै चट्याङ पर्नुलाई सामान्य रुपमा लिदै आएको र सोही अनुसार मौसम पूर्वानुमान गर्दै आएको महाशाखाले जनाएको छ ।

महाशाखाले प्रत्येक दिन आगामी तीन दिनसम्मको मौसमी अवस्थाको पूर्वानुमान गर्दै आएको छ । आईतबार पनि महाशाखाले तीन दिन सम्मको मौसमको अवस्थाको पूर्वानुमान गरेको थियो । महाशाखाले गरेको मौसमको पूर्वानुमान मध्य र पूर्वी नेपालका केही स्थानमा मेघगर्जन सहित पानी पर्ने प्रक्षपण गरेको थियो । तर धेरै स्थानमा महाशाखाले भने जस्तै मौसमी अवस्था रहेपनि बारा र पर्सामा भने अचानक ठूलो हावाहुरी आयो र ठूलो जनधनको क्षति भयो ।

यति ठूलोजनधनको क्षति हुने गरि हावाहुरीका बिषयमा महाशाखाको पूर्वानुमान गर्न नसकेको र भारतले नेपालसँग सिमा जोडिएका राज्यहरुमा ठूलो हावाहुरी आउने प्रक्षेपण गरेको अवस्थामा समेत उक्त सूचनालाई व्यवस्था गरेको आरोप समेत लागेको छ । तर महाशाखाले भने हावाहुरीको पूर्वानुमानका लागि आवश्यक उपकरण र मोडलको अभावमा आईतबारको मौसमी अवस्थाको आकलन गर्न नसकिएको दाबी गरेको छ ।

ठूलो हावाहुरी आएको बारा र पर्सामा हावाको गति कति थियो अहिले पनि महाशाखा भन्न सक्ने अवस्थामा नरहेको जनाएको छ । कति गतिमा हावाहुरी आएको हो भन्न आधिकारिक डाटा नभएपनि प्रति सेकेण्ड २० मिटर हावाको गति रहेको अनुमान गरेको छ ।

महाशाखाले अनुमान गर्न नसके पनि आखिर यति ठूलो हावाहुरी के कारणले आयो त भन्ने धेरैको चासो छ । वारा र पर्सामा यस्तो अवस्था आउनुमा वायुमण्डलको माथिल्लो भागमा न्यूनचापीय रेखा देखा परेको र तल्लो तहमा एक डेढ किलोमिटर सम्म बंगालको खाडीबाट आएको तातो हावाको सहयोगमा स्थानीय हावा बिकसित भएर एक्कासी ठूलो हुरी आएको हुन सक्ने अनुमान गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...