नेपाल क्रेडिट एण्ड कमर्स बैंक संस्थापक शेयर विक्री खुल्ला
वि.सं.२०७७ असोज २ शुक्रवार १५:१९
1.7K
shares
काठमाडौं: नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले बिक्री गर्न लागेको संस्थापक समूहको शेयर आजबाट विक्री खुल्ला भएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको एनसीसी बैंकको ५ लाख कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य १ सय १० रूपैयाँमा बिक्री गर्न लागेको जनाएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक, सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरूले आजबाट कार्तिक ६ गतेसम्म न्युनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
आवेदकहरूले बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

वि.सं.२०७७ असोज २ शुक्रवार १५:१९



















