YouTube Link

राष्ट्र बैंकका गभर्नरद्वारा तरलतालाई अवसरमा रुपान्तरण गर्न आग्रह

Facebook Link

काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रणालीमा अधिक तरलता हुनु सहजताको संकेत रहेको उल्लेख गर्दै यसलाई अवसरमा रुपान्तरण गर्न बैंकका सीइओहरुलाई निर्देशन दिनु भएको छ ।

 

राष्ट्रबैंकले जारी गर्न लागेको एकीकृत निर्देशनअघि वाणिज्य बैंक, विकास बैंक र बित्त कम्पनीका सीइओहरुसँग भर्चुअल छलफल गरेका गभर्नर अधिकारीले अधिक तरलता सहजताको सूचक रहेको उल्लेख गर्दै नआत्तिन आग्रह गरेका हुन् ।

 

गभर्नर अधिकारीले कोभिडको बेला यदि तरलता नभएको भए डामाडोल अवस्था आउथ्यो र दक्षिण एशियामै हाम्रो फाइनान्सियल इण्डीकेटरहरु राम्रा छन् । हाम्रो उद्योगको निक्षेप नै जीडीपी बराबर छ र यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनु भयो ।

 

उनले अहिले बैंकहरुसँग अधिक तरलता रहेको र भोलिका दिनमा राम्रोसँग लगानी बढाउन सकिने अवसर रहेको उल्लेख गर्दै पहाडी जिल्लाहरुमा विकास निर्माणका काम भइरहेका र त्यस्ता क्षेत्रहरुमा कर्जा प्रवाहका लागि बैंकहरुले गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

 

अधिक तरलता भई ब्याजदर तल झरेको अवस्थामा बैंकहरुले आफू नजिकका र चिनेजानेका ठूलाहरुको मात्र हित हुने गरी काम गर्न नहुने र अहिलेको बेलामा साना ऋणिहरुले पनि फाइदा लिनसक्ने अवस्था बन्नुपर्ने गभर्नर अधिकारीले बताउनु भयो ।

 

गभर्नर अधिकारीले अनावश्यक ठाउँमा कर्जा नजाओस् भन्ने आग्रह गर्दै यस्तो बेलामा कर्जाको दुरुपयोग धेरै हुनसक्ने र यसलाई रोक्ने काम गर्न आग्रह गर्नु भयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...